एनआइसी एशिया बैंकका सञ्चालक रामचन्द्रलाई 'सीआईपी' सम्मान

एनआइसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघई महत्वपूर्ण व्यावसायिक व्यक्ति सम्मानबाट सम्मानित भएका छन् । 

मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पु–याएवापत सरकारले उनलाई सम्मान गरेको हो । 


Advertisement

नेपाल सरकारको तर्फबाट उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले गत मंगलवार आयोजना गरेको एक विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकका सञ्चालक संघईलाई सम्मान गरेका थिए । 

उनी अध्यक्ष रहेका त्रिवेणी स्पिनिङ मिल्स प्रा.लि. (बारा) नेपालबाट तेस्रो मुलुकमा सबै भन्दा बढि रकमको वस्तु ९धागो० निर्यात गर्ने अग्रणी उद्योगको रुपमा रहेकोले उक्त सम्मान प्रदान गरिएको हो । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्