झुप्री भण्डारीको पहिलो गीत 'सम्झी रुना रुना' सार्वजनिक

रियालिटी शो 'द भ्वाइस अफ नेपाल २' बाट चर्चामा आएकी अछामकी झुप्री भण्डारी अब गायिका बनेकी छन् ।

उनको स्वरमा रहेको 'सम्झी रुना रुना' गीत सार्वजनिक भएको छ। 


Advertisement

आफ्नै जीवन कथामा आधारित उक्त गीतमा भण्डारी र कमल संघर्षको शब्द रहेको छ । गीतमा लय भर्नेमा काम भने पाण्डव विष्टले गरेका छन् । 

विनोद बाजुरेलीको एरेन्ज रहेको उक्त गीतलाई विनोद याक्खा र विरेन तितुङ्ग खिचेका हुन् ।


Advertisement

दृश्यमा झुप्रीको अलवा उनका बुबा आमा क्रमश बलराम भण्डारी नामसरा भण्डारीलाई पनि देख्न सकिन्छ । गीतको निर्देशन भने कमल संघर्ष र बरुण रिजाल गरेका हुन् ।

भिडियो हेर्नुहोस् : 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्