एक महिनाभित्र चीनले कोरोना भाइरसलाई नजिते भारतमा स्थिति भयावह, नेपालमा पनि प्रभाव !

प्रतिकात्मक तस्वीर

चीनमा फैलिएको कोरोना भाइरस 'कोभिड– १९' का कारण भारतमा औषधिहरूको गम्भीर संकट पैदा हुनसक्ने देखिएको छ ।

भारतीय मिडियाहरूका अनुसार अप्रिलसम्मका लागि औषधिको स्टक छ, तर अबको एक महिनाभित्र पनि चीनबाट स्पलाइ शुरू भएन भने औषधिको हाहाकार मच्चिने खतरा बढेको छ ।


Advertisement

तत्काल औषधिको हाहाकार नहोस् र मूल्य पनि नबढोस् भनेर सरकारले एक उच्चस्तरीय कमिटी गठन गरेको छ । कमिटीमा ८ महत्त्वपूर्ण प्राविधिक विभागका विशेषज्ञहरू सामेल छन् । 

सो कमिटीले प्रारम्भिक रिपोर्ट तयार गरी सरकारलाई बुझाइसकेको छ । उक्त रिपोर्टमा भनिएको छ– चीनबाट एक महिनाभित्र सप्लाइ शुरू भएन भने भारतमा गम्भीर स्थिति पैदा हुने खतरा छ ।


Advertisement

भारतले औषधि निर्माणमा प्रयोग हुने कच्चा पदार्थ एपीआईको ८० प्रतिशत हिंस्सा चीनबाट आयात गर्दै आएको छ, चीनबाट करीब ५७ प्रकारका मलिक्यूल्स भारत निर्यात् हुने गरेको छ ।

औषधि निर्माणमा प्रयोग हुने १९ प्रकारका कच्चा पदार्थका लागि भारत पूरै चीनसँग निर्भर छ ।

चिनियाँ उद्योगधन्दा जनवरीमा नयाँ वर्षको छुट्टीमा थिए, सोही कारण कच्चा पदार्थ कम आएको थियो ।

त्यसपछि तत्काल कोरोना भाइरसको संक्रमण फैलियो, जसका कारण उद्योगधन्दाहरू बन्द भएका छन् भने सप्लाइ पूर्णरूपमा ठप्प भएको छ । 

चीनमा स्थिति सामान्य भएपछि जब सप्लाइ शुरू हुन्छ, त्यसपछि पनि समुद्री बाटो हुँदै भारतसम्म औषधि र कच्चा पदार्थ पुग्न कम्तिमा २० दिन लाग्ने बताइएको छ ।

यसको प्रभाव नेपालसम्म पनि पर्ने खतरा छ । नेपालमा पनि भारतबाट औषधि आयात हुने गरेको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्