कात्तिक २५, २०८०
कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...
हिमालयन बैंक लिमिटेडको सत्ताइसौं वार्षिक साधारणसभा बुधवार सम्पन्न भएको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न साधारण सभाले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र १२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
बोनस शेयरको वितरणपश्चात बैंकको चुक्ता पूँजी ९ अर्ब ३७ करोड २२ लाख ८१ हजार ४ सय २८ पुग्ने जानकारी अध्यक्ष श्रेष्ठले गराए ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष मनोजबहादुर श्रेष्ठले आर्थिक वर्ष २०७४/७५ को प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही अवसरमा अध्यक्ष श्रेष्ठले ग्राहक वर्गले बैंकप्रति गरेको विश्वास तथा व्यवस्थापनको सिर्जनात्मक क्रियाशीलताबाट बैंकले निरन्तर प्रगति गरिरहेको जानकारी सभालाई दिए ।
अध्यक्ष श्रेष्ठले २७ वर्षदेखि सेवारत हिमालयन बैंक नेपालको वित्तिय क्षेत्रको अग्रणी मध्येको सुरक्षित र भरपर्दो बैंक भएको उल्लेख गरे । उनले नवीन, सुरक्षित तथा स्वस्थ बैंकिङ प्रणालीको विकास गर्दै जनताको विश्वास अनुरुप अझ सुलभ तथा स्तरीय सेवा पुर्याउने लक्ष्यमा बैंक सदाझैं प्रतिबद्ध रहेको बताए ।
अध्यक्ष श्रेष्ठले बैंकले आव २०७५/७६ अन्त्यसम्म १ खर्ब १३ अर्ब ९ करोड निक्षेप संकलन र ९८ अर्ब २० करोड ६३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको जानकारी गराए । जुन अघिल्लो वर्षको तुलनामा क्रमशः १३.३८ र १३.०८ प्रतिशतले बढी हो ।
सभामा हिमालयन बैंकको सञ्चालक समितिमा संस्थापक शेयरधनीबाट प्रतिनिधित्व गर्ने ५ जना सञ्चालक पदमा प्रचण्डबहादुर श्रेष्ठ, फैजल एन ललानी, तुलसीप्रसाद गौतम, सुनिलबहादुर थापा र आशिष शर्मा निर्विरोध निर्वाचित भएका निर्वाचन अधिकृत रमेश सापकोटाले जानकारी दिए ।
नवनिर्वाचित सञ्चालकलाई बधाई दिँदै बैंकका विभिन्न क्रियाकलापका सम्बन्धमा प्रकाश पर्दै अध्यक्ष श्रेष्ठले चालू आर्थिक वर्षमा कम्तीमा १२ स्थानमा नयाँ शाखाको स्थापना गर्ने जानकारी दिए ।
अध्यक्ष श्रेष्ठले बैंकको सेवा तथा सुविधालाई समयानुरुप आकर्षक एवं गुणस्तरीय बनाउनेतर्फ बैंक निरन्तर प्रयासरत रहने पनि बताए ।
कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...
एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...
ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...
एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...