×

NMB BANK
NIC ASIA

२ नम्बर प्रदेशसभा पदाधिकारीदेखि सांसदमाथि ९३ लाख रुपैयाँ बेरुजु देखिएको छ ।

Muktinath Bank

आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षणका क्रममा महालेखा परीक्षकको कार्यालयले बेरुजु देखाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सभामुख, उपसभामुख र सांसदले पाउने सुविधा बापतको रकममा करकट्टि नगरिएपछि करीब ९३ लाख रुपैयाँ रकम बेरुजु भएको छ ।


Advertisment
Nabil box
Kumari

प्रदेशसभा सचिवालयका लेखा अधिकृत नबिनकुमार मिश्रले महालेखा परीक्षकको कार्यालयको स्थलगत परीक्षण टोलीको प्रारम्भिक प्रतिवेदनमा बेरुजु ठहर भएको बताए ।

Vianet communication
Laxmi Bank

‘प्रदेशसभा सांसददेखि सभामुखसम्मले पाउने गरेको सुविधा बापतको रकममा समेत करकट्टि गर्नु पर्थ्यो,’ मिश्रले लोकान्तरसँग भने, ‘तर सुविधाको करकट्टि नगरेको हुँदा सबै जनाबाट असूलउपर गर्नु भनेर निर्देशन आएको छ ।’

यद्यपि पूर्ण प्रतिवेदन आइसकेको छैन । त्यसमा अन्य रकम समेत बेरुजु हुनसक्ने सम्भावना छ । सांसद र पदाधिकारी बेरुजु ठहरिएको छुट्टाछुट्टै रकमबारे भने मिश्रले बताउन मानेनन् ।

प्रदेश सभाले तलबबापत र सुविधाबापत गरी २ किसिमको भुक्तानी सांसद र पदाधिकारीलाई गर्दै आएको छ । तलबमा करकट्टि गर्ने गरिएपनि सुविधामा करपट्टि नगर्दा बेरुजु देखिएको उनले बताए ।

‘प्रदेशसभा स्थापना भएको वर्ष सुविधा बापतको रकममा पनि करकट्टि गरिएको थियो,’ लेखा अधिकृत मिश्रले भने, ‘तर सुविधामा कर काट्न मिल्दैन भन्दै सांसदज्यूहरूले आपत्ति जनाएपछि गत आर्थिक वर्षमा कर काटिएको छैन ।’

सांसददेखि पदाधिकारीलाई पारिश्रमिकबाहेक आवास सुविधा, सञ्चार सुविधा, फर्निचर सुविधा, सवारी इन्धन, बिजुली धारा, अतिथि सत्कार लगायतका सुविधा दिने गरिएको छ । सुविधाबापत पाउने गरेको रकमको कर नतिरेपछि बेरुजु ठहर भई असूलउपर गर्नुपर्ने देखिएको छ । २०७६ कात्तिकमा मलेपको डोर खटेको थियो भने पुस १६ गते प्रारम्भिक प्रतिवेदन दिएको मिश्रले बताए ।

सचिवालयको रकम आफ्नै खातामा

सभामुख, उपसभामुख, संसदीय दलका नेता, प्रमुख सचेतक, सचेतक, प्रतिपक्षी दलका नेता, सांसद लगायतले पाएको निजी सचिवालयको सुविधा बापतको पारिश्रमिक रकम आफ्नै खातामा बुझ्ने गरेका छन् । सचिवालयमा कार्यरत कर्मचारीको खातामा सोझै रकम पठाउनुपर्ने भएपनि सांसदको खातामा रकम जम्मा गर्ने गरिएको छ ।

‘निजी सचिवालयका कर्मचारीको पारिश्रमिक सांसद र पदाधिकारीहरुकै खातामा एकमुष्ठ पठाउने गरेका छौं,’ लेखा अधिकृत मिश्रले भने, ‘पटक–पटक सचिवालय र कर्मचारीको छुट्टै खाता नम्बर दिनुभन्दा पनि उहाँहरूले हालसम्म दिनुभएको छैन ।’ सचिवालयको तलब पठाउँदा पदाधिकारीको भरपाई भने गर्ने गरिएको छ ।

प्रदेश सभामा रहेका १०७ जना सांसदमध्ये ४ जना सांसदले मात्र सचिवालयको छुट्टै खातामा रकम पठाउने गरेका छन् । समाजवादी पार्टीका सांसद रामअशिष यादव, करिमा बेगम, प्रह्लाद गिरी र चमेलीदेवी दासको सचिवालयको मात्रै छुट्टै खातामा पारिश्रमिक जाने गरेको छ । बाँकी कुनै पनि पदाधिकारीले सचिवालयका कर्मचारीको छुट्टै खाता प्रदेश सभामा उपलब्ध गराएका छैनन् ।

सभामुख सरोजकुमार यादवले मासिक २ लाख ७३ हजार ८९० रुपैयाँ सचिवालयबापत पारिश्रमिक आफ्नै खातामा बुझ्दै आएका छन् । निजी सचिवालयबापत उपसभामुख उपमाकुमारी देव, प्रमुख प्रतिपक्षी दलका नेता सत्यनारायण मण्डल, समाजवादी पार्टीका प्रमुख सचेतक शैलेन्द्रकुमार यादव र राजपाका प्रमुख सचेतक परमेश्वर साह सुडीले १ लाख १० हजार ७० रुपैयाँ मासिक रुपमा बुझ्दै आएका छन् ।

नेपाली कांग्रेसका प्रमुख सचेतक उपेन्द्रकुमार सिंह, नेकपाका प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्माले पनि मासिक रुपमा ७६ हजार ८८१ रुपैयाँ आफ्नै खातामा बुझ्दै आएका छन् । प्रदेश सभाका सदस्यले पनि सचिवालयबापत मासिक रुपमा ३५ हजार ३९१ रुपैयाँ आफ्नै खातामा बुझ्दै आएका छन् ।

सचिवालयको छुट्टै खाता उपलब्ध गराउन भनेपनि पदाधिकारीले वास्ता नगरेको संसद सचिवालयको गुनासो छ । सचिवालय बापतको रकम पठाउँदा १ प्रतिशत सामाजिक सुरक्षा कर कट्टा गरेर पठाउने गरिएको लेखा अधिकृत मिश्रले बताए ।

कर छल्दै सांसद 

प्रदेशसभा सांसददेखि पदाधिकारीले पारिश्रमिक तथा सेवा सुविधाबापत ठूलै रकम मासिक रुपमा पाउने गरेका छन् तर आयकर छल्नका लागि हालसम्म सांसददेखि पदाधिकारीले व्यक्तिगत स्थायी लेखा नम्बर (पान) उपलब्ध गराएका छैनन् ।

‘व्यक्तिगत पान नम्बर दिनुस् भनेर भन्दाभन्दै थाकिसकें,’ मिश्रले भने, ‘तर कसैले पनि मेरो सुनिरहनुभएको छैन ।’ एकदमै न्यून संख्यामा केही मात्र सांसदले व्यक्तिगत पान नम्बर उपलब्ध गराएको उनले बताए ।

निजी सचिवालयको रकम समेत आफ्नै खातामा बुझ्दै आएका सांसददेखि पदाधिकारीको व्यक्तिगत आयमै सबै रकम जोडिने हुनाले पछि थप कर तिर्नुपर्ने उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x