×

NMB BANK
NIC ASIA

नयाँ आईजीपीसामु ४ चुनौती, कहाँबाट शुरू गर्दैछन् प्रहरीको शाख जोगाउने काम ?

फागुन १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रहरी महानिरीक्षक (आईजीपी) को दज्र्यानी चिह्न लगाउने कार्यक्रममा महानिरीक्षक ठाकुर ज्ञवालीलाई ५ वर्षमा हुन नसकेका काम इच्छाशक्ति भएको खण्डमा ५ महिनामा गर्न सकिने बताए ।

Sagarmatha Cement
Muktinath Bank

‘राज्यले विश्वास गरेर जिम्मेवारी दिएको छ । त्यसलाई इमान्दारितापूर्वक निर्वाह गर्नुहुनेछ भन्ने विश्वास छ । चुनौतीहरू थुप्रै छन् । कतिपय काम पूरा गर्न बाँकी छन् । ती सफलतापूर्वक सम्पन्न गर्नुहुनेछ, गृहमन्त्रीको रुपमा तपाईंलाई पूर्ण सहयोग हुनेछ । सहकर्मीहरूलाई साथमा लिएर एकतावद्ध भएर काम गर्नुहुनेछ,’ गृहमन्त्री थापाले भने, ‘तपाईंको कार्यकालको समय थोरै छ तर इच्छाशक्ति देखाउनुभयो भने ५ वर्षमा हुन नसकेका काम ५ महिनामा गर्न सकिन्छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

छोटो समयका लागि प्रहरी महानिरीक्षकको रुपमा पदोन्नति भएसँगै अघिल्ला आईजीपीले गर्न नसकेका काम गर्नुपर्ने चुनौती ज्ञवालीसामु छ । प्रहरी संगठनका कतिपय महत्त्वपूर्ण विभाग र निकाय कुशल नेतृत्वको पर्खाइमा छन् ।


Advertisment
Nabil box
Kumari

१ नम्बर प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश प्रहरीको नेतृत्व खाली छ भने अन्य प्रदेशका प्रमुख पनि पदोन्नति हुने भएकाले सबै प्रदेश प्रमुख खाली हुनेछन् । प्रहरी प्रधान कार्यालयका डीआईजी र एआईजी पनि खाली छन् ।

Vianet communication
Laxmi Bank

प्रहरी संगठन नियम र नीति अनुसार चल्ने भएकाले कुनै पनि काममा चुनौती नभएको आईजीपी ज्ञवाली बताउँछन् । ‘संगठन जीवन्त हो । निरन्तर हुने काम त छँदैछ । व्यक्ति परिवर्तन हुँदा संठगनलाई केही पनि असर पर्दैन, हिजोदेखि नै प्रहरीले गर्दै आएका काम मैले गर्ने हो,’ आईजीपी ज्ञवालीले लोकान्तरसँग भने ।

संगठनको नियमित प्रक्रिया नियम र नीतिसंगत हुने भएकाले सबै कुरा हुने आईजीपी ज्ञवालीले बताए । 

विवादरहित बढुवा गर्नुपर्ने चुनौती

प्रहरी संगठनमा तत्कालै गरिहाल्नुपर्ने काम हो – अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) र प्रहरी नायव महानिरीक्षक (डीआईजी) को । आईजीपी ज्ञवालीसामु बढुवालाई विवादरहित बनाउनु नै पहिलो चुनौती देखिएको छ ।

निवर्तमान आईजीपी सर्वेन्द्र खनालसँगै ३ जना एआईजी र २५ डीआईजीले अवकाश पाएका छन् । जसले गर्दा प्रदेश प्रमुख र प्रहरी प्रधान कार्यालयमा प्रत्यक्षरुपमा सहयोग गर्ने डीआईजीहरू खाली छन् ।

आईजीपी ज्ञवालीको कार्यकालको शुरूमै हुने बढुवाले आगामी प्रहरी संगठनको नेतृत्वबारे समेत संकेत गर्ने भएकाले निष्पक्ष निर्णय गर्नु चुनौतीपूर्ण रहेको प्रहरी अधिकारी बताउँछन् । व्यक्तिगत निकटता, आन्तरिक दबाब र राजनीतिक भनसुनबाट मुक्त रहेर निष्पक्ष रुपमा निर्णय लिँदै बढुवालाई विवादरहित बनाउनु पहिलो चुनौती रहेको एक प्रहरी अधिकारीले बताए । प्रहरीमा हाल ८ जना डीआईजी मात्र बाँकी छन् । 

प्रहरीका पूर्व एआईजी नवराज ढकाल प्रहरी संगठनमा विज्ञ जनशक्तिले अवकाश पाएसँगै अनुभवी जनशक्तिको अभाव रहेको बताए । ‘प्रहरीमा देखिएको विभाजनलाई एकीकृत गर्न समेत आईजीपी ज्ञवालीले महत्त्वपूृर्ण भूमिका खेल्न सक्छन्,’ ढकालले लोकान्तरसँग भने ।

दोस्रो चुनौती – प्रहरी समायोजन

आईजीपी ज्ञवालीका लागि दोस्रो चुनौती प्रहरीको समायोजन रहेको प्रहरी अधिकारी बताउँछन् । प्रहरी समायोजन ऐन आउने चरणमा रहेकोे अवस्थामा ८० हजार प्रहरीलाई प्रदेश प्रहरीमा समायोजन गर्ने चुनौती रहेको पूर्व एआइजी ढकालले बताए । ‘समायोजनमा जाने प्रहरीलाई कसरी कमान्ड गर्ने भन्ने कुरा पनि ठूलै चुनौतीका रुपमा देखिने छ,’ ढकालले भने ।

निर्मला हत्या प्रकरण अर्काे चुनौती

आईजीपी ज्ञवालीसामु अर्काे चुनौतीको रुपमा निर्मला हत्या प्रकरण रहेको छ, जुन लामो समयदेखि सुल्झन सकेको छैन । वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हुँदा पहिलो पटक अनुसन्धानका लागि कञ्चनपुर जाने प्रहरी अधिकृत ठाकुर ज्ञवाली नै हुन् । निवर्तमान आईजीपी खनालले जाँदाजाँदै सबै अनुसन्धान उल्ट्याएर सीआईबीको शुरू अनुसन्धानलाई मान्ने निष्कर्ष निकालेको अवस्थामा अदालतसम्म मुद्दा खेपिरहेका अनुसन्धान अधिकृतलाई कसरी संरक्षण गर्ने भन्ने चुनौती समेत ज्ञवालीसामु छ ।

‘उहाँ आफैं फिल्डमा खटिनु भएकाले निर्मला हत्या प्रकरणलाई टुंगोमा पुर्‍याउनुपर्ने चुनौती छ,’ प्रहरीका उच्च अधिकारीले लोकान्तरसँग भने ।

निर्मला हत्या प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको बताउँदै आईजीपी खनालले छानबिन टुंगिने कुनै ‘टाइमलाइन’ नहुने बताए । ‘निर्मला हत्या प्रकरणको निरन्तर अनुसन्धान गरिरहेका छौं । यो आजै पनि हुन सक्छ, अथवा १ वर्ष पनि लाग्नसक्छ । प्रहरीले अनुसन्धान गरिरहेको छ,’ ज्ञवालीले लोकान्तरसँग भने ।

‘इन्काउन्टर’ गर्ने प्रहरीमाथि कारवाही गर्ने पत्र !

प्रतिबन्धित विप्लव नेकपाका नेता कुमार पौडेलको ‘इन्काउन्टर’ प्रकरणमा राष्ट्रिय मानव अधिकार आयोगले गृह मन्त्रालयमार्फत प्रहरी कर्मचारीलाई कारवाही गर्न पत्राचार गरेको छ । प्रहरी प्रधान कार्यालयमा घटनामा संलग्न प्रहरी अधिकृतलाई कारवाही गर्न पत्र पठाइसकेको अवस्थामा आईजीपीले कति सक्रियता देखाउने भन्ने चुनौती पनि छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x