भारतीय मुलका ऋषि बने बेलायती अर्थमन्त्री

भारतीय मुलका बेलायती नेता ऋषि सुनक अर्थमन्त्री नियुक्त भएका छन्।

बेलायतका अर्थमन्त्री साजिद जाविदले ३९ बर्षीय सुनकलाई अर्थमन्त्री बनाएका हुन्।


Advertisement

व्यापारीक पृष्ठभूमिका सुनकले यसअघि बेलायतको राजस्व हेर्ने मुख्य सचिवको जिम्मेवारी सम्हालिसकेका छन्।

सुनक आइटी कम्पनी इन्फोसिस ग्रुपका सहसंस्थापक नारायण मूर्तिका ज्वाइँ समेत हुन्। सुनककी पत्नी अक्षता नारायणकी छोरी हुन्।


Advertisement

बेलायतका अर्थमन्त्री साजिद जाविदले आफ्नो पदबाट बिहीबार राजीनामा दिएपछि नयाँ अर्थमन्त्री नियुक्त भएका हुन्।

बेलायतमै जन्मिएका सुनक गत वर्ष  रिचमन्ड  सीटबाट दोस्रो पटक  सांसदमा  चुनिएका थिए।  उनी यसअघि सन् २०१८ मा  आवास मन्त्री पनि बनेका थिए। 

उनका पिता चिकित्सक थिए। सुनकका मातापिता र उनका हजुरबुवा हजुरआमा  भारतबाट बेलायत गएका थिए।  

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्