×

NMB BANK
NIC ASIA

हिजो दिनभर : नराम्रो गरिएको छैन- प्रवक्ता बाँस्कोटा, जनयुद्धमा ज्यान गुमाएका एमाले कार्यकर्ताको पनि लेखाजोखा हुनुपर्छ - उपाध्यक्ष गौतम

फागुन २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

चीनको बुहानमा रहेका नेपालीलाई वाइडबडी जहाजमार्फत् शनिवार स्वदेश ल्याइँदै
सरकारले आगामी शनिवार चीनको हुवेई प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाजमार्फत स्वदेश ल्याउने भएको छ । हुवेई प्रान्तको विभिन्न शहरबाट नेपाल फर्कने विद्यार्थीलाई लिन निगमको वाइडबडी जहाज शनिवार अपरान्ह चीन पठाउन लागिएको हो ।

Sagarmatha Cement
Muktinath Bank

स्वदेश फर्कन चाहने नेपालीलाई निगमको जहाजमार्फत ल्याउने व्यवस्था मिलाइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निगमको अध्यक्षको समेत जिम्मेवारी सम्हालेका अधिकारीले निगमको वाइडबडी जहाज फागुन ३ गते चीन पठाउने निर्णय गरी आवश्यक तयारीसमेत भइरहेको बताए । चीनको वुहानमा रहेका नेपाली लिन शनिवार अपरान्ह २ः४५ बजे निगमको वाइडबडी जहाज चीन उड्नेछ । उक्त जहाज नेपाली लिएर फागुन ४ गते बिहान २ः१५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । 


Advertisment
Nabil box
Kumari

अवतरण गरेपछि जहाजलाई ४८ घण्टासम्म अन्य ठाउँमा उडान गर्न मिल्नेछैन । निगमका प्रवक्ता अर्चना खड्काले बजारमा हल्ला छाएजस्तो निगमका पाइलट चीन जान मानेनन् भन्ने समाचारमा कुनै सत्यता नरहेको भन्दै जहाजका सबै कर्मचारी इमान्दारीपूर्वक सेवामा खटिने बताए ।  

Vianet communication
Laxmi Bank

सचिव अधिकारीले पनि सरकारले गरेको निर्णयमा राष्ट्रसेवक कर्मचारीले पनि इमान्दारितापूर्वक भूमिका निर्वाह गर्नुपर्ने दायित्व भएको उल्लेख गरे । बुहान जाने टोलीमा तीन विमान चालक, छ क्याबिन क्रु, दुई इञ्जिनीयर, १–१ जना फ्लाइट डिस्प्याचर र लोडमास्टरसहित नेपाली सेनाका चारजना चिकित्सक रहने जनाइएको छ ।

पूर्वप्रधान सेनापति राजेन्द्र क्षेत्रीमाथि भ्रष्टाचारमा छानबिन गर्नुपर्ने रायसहितको प्रतिवेदन संसदीय समितिमा पेश

नेपाली सेनाका पूर्व प्रधान सेनापति राजेन्द्र क्षेत्रीमाथि भ्रष्टाचारमा छानबिन गर्नुपर्ने राय सहितको प्रतिवेदन प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा पेश भएको छ ।

फास्ट ट्र्याकसहितका विभिन्न ठेक्कापट्टा र खरिदमा क्षेत्रीले ६ अर्बभन्दा बढी अनियमितता गरेको भन्ने आरोपसहितको उजुरीका सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिले समितिमा प्रतिवेदन बुझाएको हो ।

उपसमितिमा नेकपाका रेखा शर्मा र नवराज सिलवाल तथा कांग्रेसका दिलेन्द्रप्रसाद बडु सदस्य थिए ।

उपसमितिले समितिमा प्रतिवेदन बुझाएको र त्यस सम्बन्धमा आगामी बैठकबाट छलफल हुने समिति सदस्य प्रेम सुवालले लोकान्तरलाई जानकारी दिए ।

उनका अनुसार प्रतिवेदनमा राजेन्द्र क्षेत्रीमाथि अनुसन्धान हुनुपर्छ भन्ने प्रसंग पनि उल्लेख छ ।

नराम्रो गरिएको छैन, देख्ने आँखा नराम्रा हुन् - प्रवक्ता बाँस्कोटा

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारले नराम्रो केही नगरेको तर नराम्रो देख्ने आँखाहरू नै नराम्रो रहेको प्रतिक्रिया दिएका छन् ।

मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न बिहीवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता बाँस्कोटाले नराम्रा आँखाहरूले सरकारलाई नराम्रो देखेको टिप्पणी गरे । 

'नराम्रो काम एउटा गरिएको छैन, नराम्रो देख्ने आँखा नै नराम्रा हुन्,' प्रवक्ता बाँस्कोटाले भने, 'राम्रा कुरा नदेखाइदिने, नराम्रो मात्र लेखिदिने हातहरूबारे पनि प्रश्न छ मेरो ।'

उनले सरकारले दुई वर्ष पूरा गरेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफैं सम्बोधन गर्ने बताए ।

'शायद भोलि या पर्सीतिर प्रधानमन्त्रीज्यू आफैंले सम्बोधन गर्नुहुनेछ,' उनले भने, 'त्यहाँ चाहिँ तपाईंहरूले इमान्दारीपूर्वक लिनुस् र क्रस चेक गर्नुस् ।'

बाँस्कोटाले यो दुई वर्षमा आधारभूत रूपमा देश सु–सम्पन्न भएको तर्क गरे ।

'विधिको शासन बलियो भयो भन्ने हाम्रो दाबी छ,' उनले भने, 'रुल अफ ल को इन्डेक्स २ स्थान माथि पुगेको छ । त्यसैगरी भ्रष्टाचारसम्बन्धी सूचकांकमा पनि हामी अघि आएका छौं । सुखी नेपाली समृद्ध नेपालको नाराले नतिजा देखाउन थालेका छ ।' 

उनले जनताको जीवनस्तर पनि माथि उक्लिएको बताए । उनले शान्ति सुव्यवस्था सुध्रेको तर मान्छेहरूले एउटा घटनालाई लिएर सरकारमाथि आलोचना गर्ने गरेको भन्दै असन्तुष्टि पोखे । 

'एउटा केसमात्र सम्झना हुन्छ, त्यो हजारपटक स्पष्टीकरण दिइयो,' प्रवक्ता बाँस्कोटाले भने ।

बाँस्कोटाले रेल यही वर्षभित्र कुद्ने बताए । उनले महासागरमा नेपालको झण्डा बोकेर पानीजहाज छिटै तैरिने बताए ।

'हिन्द र प्रशान्त महासागरमा पोर्टहरू लिइसकेका छौं,' उनले भने, 'यो एकैचोटी सयवटा चल्दैन होला नि त ! बिस्तारै हुने होला ।' 

उनेल प्रत्येक दिन ५ दशमलव ७ किमी सडक कालोपत्रे भएको तथ्यांक पेश गरे ।

अधिनायकवादको हौवाले हावा खायो : प्रवक्ता बास्कोटा
सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले अधिनायकवादको हौवा फैल्याउनेले हावा खाएको प्रतिक्रिया दिएका छन् ।

बिहीवार मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै प्रवक्ता बास्कोटाले प्रतिपक्षी दल नेपाली कांग्रेसले फैल्याएको अधिनायकवादको हौवा फेल भएको बताएका हुन् । 

‘जब प्रजातन्त्र सबल बनेको छ,’ बास्कोटाले भने, ‘डेमोक्रेसी इन्डेक्समा नेपाल माथि आएको छ । अधिनायकवादको हौवाले हावा खायो ।’

कांग्रेसका नेताहरूले कम्युनिस्ट सरकारले अधिनायकवाद ल्याउन खोजेको टिप्पणी बारम्बार गर्ने गरेका छन् ।

त्यसैको प्रतिक्रिया स्वरूप प्रवक्ता बास्कोटाले नेपालको डेमोक्रेसी इन्डेक्स माथि भएकाले अधिनायकवादको सट्टा नेपाल झन् लोकतान्त्रिकरण हुँदै गइरहेको टिप्पणी गरेका हुन् ।

विप्लवका प्रभावशाली नेता ढकाल काठमाडौंबाट पक्राउ
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपामा लागेर गतिविधि गरेको भन्दै प्रहरीले प्रभावशाली नेता चिरञ्जीवी ढकाललाई पक्राउ गरेको छ ।

काठमाडौंको सुन्धाराबाट ढकाललाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तम सुवेदीले जानकारी दिए ।

प्रहरीले विप्लवका गतिविधिमा संलग्नलाई विभिन्न अभियोगमा पक्राउ गर्दै आएको छ ।

जनयुद्धमा ज्यान गुमाएका एमाले कार्यकर्ताको पनि लेखाजोखा हुनुपर्छ - उपाध्यक्ष गौतम

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले माओवादी सशस्त्र जनयुद्धको समयमा मारिएका तत्कालीन एमाले कार्यकर्ताको पनि लेखाजोखा हुनुपर्ने बताएका छन ।

माओवादीले २०५२ सालमा जनयुद्ध शुरु गरेको दिनको अवसरमा नेकपा पार्टी केन्द्रीय कार्यालयमा बिहीवार आयोजित श्रद्धान्जली कार्यक्रममा उपाध्यक्ष गौतमले जनयुद्धको अवधिमा ज्यान गुमाएका पूर्व एमालेका ३ सय बढी कार्यकर्ताको योगदानको लेखाजोखा गर्नुपर्ने बताएका हुन् ।

‘आज मैले एउटा नयाँ कुरा यहाँहरु समक्ष राख्न चाहन्छु । हामीले जनयुद्ध दिवस मनाइरहदा यो जनयुद्धको अवधिमा पूर्व एमालेका ३ सय बढी नेता कार्यकर्ताले रगत बगाएका छन् । तिनका परिवार, तिनको कामको पनि त्यसको लेखाजोखा हुनुपर्ने आवश्यक छ,’ उपाध्यक्ष गौतमले भने, ‘हामील जे भोग्नु परेको छ, त्यो पर्नु हुने थिएन । तरपनि हामीले भोग्न बाध्य भएका छौं, त्यसको हामीले सही समाधान निकाल्ने छौ ।’

नेता गौतमले गणतन्त्र स्थापनाका लागि २००७ सालदेखि २०६५ सालसम्म भएको ५८ वर्षको समयमा माओवादीको जनयुद्ध नेपालको मात्र नभइ विश्व इतिहासमा समेत गन्न मिल्ने परिघटना भएको बताए ।

गौतमले गल्ती कमजोरी सच्चाउँदै समाजवादी क्रान्ति पूरा गर्ने अठोट व्यक्त गरे । ‘लोकतान्त्रिक पद्धतिको माध्ययमबाट समाजवाद स्थापना गर्ने अठोट र संकल्प नयाँ हो, हामी यसलाई पूरा गछौं,’ गौतमले भने ।

पेरु र श्रीलंकाको विद्रोही जस्तै सकिने सम्भावना देखेर शान्तिप्रक्रियामा आयौं - प्रचण्ड
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र भातृसंगठनहरूले बिहीवार देशैभर जनयुद्ध दिवस मनाइरहेका छन् ।

बिहान ९ बजे केन्द्रीय कार्यालयको आयोजनामा धुम्बाराहीमा जनयुद्ध र जनआन्दोलनका सहिदहरूप्रति श्रद्धाञ्जलीसभा आयोजना गरिएको थियो ।

प्रचण्डले जनयुद्ध र जनआन्दोलनको बलमा शान्ति प्रक्रिया हुँदै समाजवादको आधार निर्माणतर्फ मुलुक अघि बढेकाले अब जनयुद्धको नक्कल गरेर विद्रोह सम्भव नहुने बताए ।

अध्यक्ष प्रचण्डले जनयुद्ध र विद्रोह एक ऐतिहासिक तथा विशिष्ट परिस्थितिमा जनताको आवश्यकता र नेतृत्वको सही विचारका आधारमा हुने भएकाले अब जनयुद्धको नक्कल हुन नसक्ने स्पष्ट पारेका हुन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई सङ्केत गर्दै उनले भने, 'एकथरि साथीहरु फेरि विद्रोहतिर लाग्नुभएको छ, तर हामीले सबै परिस्थिति र विश्व अनुभवको समीक्षा गरेर शान्ति प्रक्रियामा आएर मौलिक तरिकाको जनवादी क्रान्तिमा सामेल भएका हौँ, जनयुद्धलाई निरन्तरता दिएको भए हामी पेरु वा श्रीलङ्काको विद्रोहजस्तै सकिने थियौँ, हामीले कम्युनिष्टहरुबीचको सहकार्यसहित बुर्जुवाको साथ लिएर गणतन्त्र स्थापना गरेका छौँ ।'

तत्कालीन नेकपा (माओवादी)ले विसं २०५२ फागुन १ गते गणतन्त्र स्थापनाको लक्ष्यसहित जनयुुद्धको आरम्भ गरेको थियो ।

विश्व कम्युनिष्ट आन्दोलनका उपलब्धि र क्षतिका अनुभवबारे चर्चा गर्दै प्रचण्डले क्रान्ति कुनै आयात या निर्यात गर्ने विषय नभएकाले यसलाई हरेक देशको ऐतिहासिक आवश्यकता र मौलिकताका आधारमा हेर्न आग्रह गरे ।

अध्यक्ष दाहालले कम्युनिष्टहरु सत्तामा पुगेपछि विचलन हुने रोगबाट माथि उठेर जनताको मनोभावनालाई आत्मसात् गर्र्दै त्याग, समर्पण र बलिदानको भावनाका साथ शान्तिपूर्ण सङ्घर्ष, विकास र समृद्धिबाट वैज्ञानिक समाजवादको दिशामा अघि बढ्न नेता–कार्यकर्तालाई आग्रह गरे ।

उनले सात राजनीति दलसँग १२ बुँदे सहमति हुनुअघि तत्कालीन नेकपा (एमाले)का नेता वामदेव गौतमलगायतसँग संविधानसभाका लागि सहमति भएको स्मरण गर्दै शान्तिपूर्ण जनआन्दोलनमा रहेका नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले समेत राजतन्त्रविरुद्ध अझ फौजी आक्रमण बढाइदिन आफूलाई आग्रह गरेको स्मरण गरे ।

तत्कालीन एमाले र माओवादी जनयुद्धका शुरुआती वर्षमा तीखो सङ्घर्षमा रहे पनि पछिल्ला समयमा कम्युनिष्ट शक्तिबीचको सहकार्यलाई जोड दिने माओवादीको निर्णयकै पृष्ठभूमिमा हाल नेकपाको एकता भएको उल्लेख गर्दै उहाँले विसं २०२९ को झापा विद्रोह (सुखानीका शहीद) र जनयुद्धका शहीदसम्मलाई जोडेर नेतृत्वले सही विचार र सोचका साथ मुलुकलाई सही गन्तव्यमा पु¥याउने दृढता पनि व्यक्त गरे ।

नेकपाका उपाध्यक्ष वामदेव गौतमले नेपालको जनयुद्धको घटना विश्व इतिहासमा विरलै हुने ऐतिहासक घटना भएको जनाउँदै जनयुद्ध र जनआन्दोलनले सामन्तवादलाई परास्त गरेको र साम्रज्यवादलाई कमजोर बनाउने उल्लेख गरे ।

उनले भने, 'जनयुद्ध बलिदानको युद्ध हो, मुक्ति र सङ्घर्षको युद्ध हो, यति ठूलो बलिदान संसारको इतिहासमा भएको थिएन, ती शहीदहरुलाई सम्मान गर्दै अब हामीले बहुदलीय प्रतिस्पर्धाका आधारमा समाजवाद स्थापनामा लाग्नुपर्छ ।'

उपाध्यक्ष गौतमले जनयुद्धका क्रममा तत्कालीन एमालेका करीब ३०० नेता–कार्यकर्ता मारिएकामा त्यसको लेखाजोखा पनि हुनुपर्ने बताए ।

कार्यक्रममा शहीदहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरिएको थियो । तत्कालीन एमाले र माओवादी केन्द्रबीच गत २०७५ जेठ ३ गते एकता भएपछि हरेक फागुन १ लाई ‘जनआन्दोलन र जनयुद्धका शहीदको स्मृतिमा आज आयोजित श्रद्धाञ्जलिसभा’ का रुपमा मनाउन थालिएको छ ।

सभामा उपाध्यक्ष गौतम, महासचिव विष्णु पौडेल, गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा 'बादल', परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतका नेताहरू उपस्थित थिए ।

सभामा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी थिएनन् । पार्टी केन्द्रीय कार्यालयले सभामा ओलीसमेत उपस्थित हुने जानकारी दिएको थियो । पोहोरको जनयुद्ध दिवसमा पनि ओली सहभागी थिएनन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x