दक्षिण एसियामा आउँदै ट्रम्प

तस्वीर : हिन्दूस्थान टाइम्स

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबाट फागुन १२-१३ गते भारतको भ्रमण हुँदैछ । दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गरेपछि ट्रम्प दम्पत्ती गुजरातको अहमदाबादको यात्रामा रहने छ । गुजरात मोदीको जन्मस्थल मात्र नभई महात्मा गान्धीसँग सम्बन्धित भूभाग पनि हो ।

ट्रम्प र मोदीबीच गत सप्ताहान्त फोन-वार्ता भएपछि सोमवार ह्वाइट हाउसले भ्रमणबारे सूचना जारी गरेको हो । ‘सामरिक साझेदारी’ लाई अझ मजबुत बनाउन भ्रमण उपयोगी हुने ट्रम्प प्रशासनको अपेक्षा छ । यता दिल्ली पनि प्रस्तावित भ्रमणबारे उत्साहित देखिन्छ । ट्रम्पको भ्रमण ‘राजकीय’ हुने जानकारी सार्वजनिक भए तापनि दिल्ली रुस र चीनसँगका सम्बन्धहरू नखल्बल्याउन सजग रहने अपेक्षा गर्नु अनुचित हुँदैन । पाकिस्तानसँगको सम्बन्ध कश्मीर समेतको कारणबाट तनाउयुक्त छँदैछ । 


Advertisement

केही साताअघि डावोसको आर्थिक मञ्चको सेरोफेरोमा प्रधानमन्त्री इमरान खानलाई ट्र्म्पले आफू छिटै पाकिस्तानको यात्रामा पनि आउने आश्वासन दिएको अवस्था छ ।

हालै मात्र महाभियोगको सामना गरेका ट्रम्पलाई अति उत्साही भएर स्वागत गर्दा मोदी सरकारले अमेरिकामा यो चुनावको वर्ष हो र त्यसमा ट्रम्पका डेमोक्र्याटिक प्रतिद्वन्द्वी विजयी भएमा भारतलाई अप्ठ्यारो पर्न सक्छ भन्ने यथार्थको मूल्याङ्कन पनि गरेको होला । अमेरिकाको अर्थतन्त्रमा केही सुधार देखिएको सन्दर्भमा ट्रम्प नै पुन: विजयी हुने अनुमान पनि गरिएको छ। त्यसो भएमा भने मोदीले अहिले लिएको जोखिम उनको सरकारकै हितमा हुने अड्कल गर्न सकिन्छ । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्