कात्तिक २५, २०८०
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
प्लास्टिकजन्य फोहोरले नेपालको पर्यावरणमा गम्भीर असर पुर्याइरहेको छ । पोलेथिनको प्रयोग विश्वका अधिकांश देशहरूमा भएपनि उनीहरूले सही व्यवस्थापन गरेका पनि छन् । तर नेपालमा प्लास्टिकको सही व्यवस्थापन नहुँदा यसले विकराल रूप लिँदैछ । राज्यले प्लास्टिकको व्यवस्थापनमा खासै चासो पनि देखाएको पाइँदैन ।
तपाईं हामीले जथाभावी फाल्ने प्लास्टिक तथा प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा दिगो समाधान तथा असल अभ्यास अवलम्बनमा रुपन्देहीका एक युवा लागिपरेका छन् । उनी हुन्- शून्य पोलिथिन अभियन्ता ढाकामोहन अधिकारी अर्थात् निपेश ढाका ।
वातावरणविद् ढाका अहिले जिल्लाको तिलोत्तमा नगरलाई शून्य पोलिथिन बनाउन रातदिन खटिएका छन् । अध्ययनका लागि युरोप पुगेका उनलाई त्यहाँ सुखसयल र पर्याप्त अवसर हुँदाहुँदै पनि त्यसलाई चटक्कै छाडेर नेपालमै मानिसहरूले सडक, जंगल बाटोघाटो र पुल, नहरमा फालेका फोहोर संकलन गरेर देशको पर्यावरण सन्तुलनमा राख्न लागेका हुन् ।
जर्मनीको टेक्निकल युनिभर्सिटी अफ म्युनिकमा पूर्ण छात्रवृत्तिमा ‘इन्भाइरमेन्टल साइन्स’मा २०६९ मा जर्मनीबाट एएसीको पढाई सकेर उनी नेपाल फर्किए । त्यसलगत्तै नेपालको मानव सभ्यता र पर्यावरणमा पार्ने प्रभावबारे अध्ययन गर्न थाले । नेपालका ६७ जिल्ला पुगेर वातावरण प्रदुषणसम्बन्धी ८० मिनेटको ‘मिलानकोली डकुमेन्ट्री’ तयार पारे । डकुमेन्ट्रीमा एउटा गीत पनि छ । नेपालका राष्ट्रिय कलाकार (३६५) जनाले गाएको एउटा गीत गिनिज बूक अफ् वर्ल्डमा लेखिएको छ । उक्त गीतको निर्देशन उनी आफैंले गरेका हुन् ।
ढाकाले निर्माण गरेको सामग्री प्रदर्शन गर्न फ्रान्स, जर्मनी, नर्वे, डेनमार्क तथा बेल्जियमलगायतका देश पुग्दा ‘ग्लोबल वार्मिङ’ बारे उनले थोरबहुत जान्ने अवसर पाए । त्यसैपछि ढाका गतवर्ष रूपन्देही आए । अनि उनले आफ्नो ज्ञान बाँड्ने परिकल्पना गरे- प्लास्टिकमुक्त योजना ।
उनले जिल्लाका विभिन्न ५० भन्दा बढी विद्यालयमा आफूले बनाएको डकुमेन्ट्री देखाए । नयाँ र फरक काम गर्दै आएको तिलोत्तमा नगरसँग ढाकाले आफ्नो योजना अनुसार नगरलाई प्लास्टिकमुक्त बनाउने सकिने योजना देखाए । उनको योजनामा नगर पनि सहमत भएसँगै अहिले तिलोत्तमा शून्य प्लास्टिक बनाउने अभियान अन्तिम चरणमा पुगेको छ ।
उनले भने, 'नगरप्रमुख बासुदेव घिमिरे केही नयाँ काम गर्ने भिजन भएको नेता हुनुहुँदो रहेछ । मेरो योजनामा उहाँ सहमत भएपछि नगरलाई शून्य पोलिथिन बनाउनतर्फ लागियो ।’
उनका अनुसार अहिलेको परिवेशमा प्लास्टिक प्रयोग बन्देज लगाउने कुरा सम्भव छैन । भन्छन्- प्लास्टिक पनि हामीले दिशापिसाबको व्यवस्थापन गरे जसरी नै गर्ने हो । यो गर्न सम्भव छ, सकिन्छ पनि ।’
उनी बिहान सँधैं तीन बजे उठ्छन् ।
आफ्नो नित्यकर्म गरेपछि कार्यतालिका अनुसार कुन ठाउँमा फोहोर उठाउने हो, त्यहाँ पुगिहाल्छन् । उनको अभियानमा श्रीमती र छोराले पनि साथ दिएका छन् ।
तिलोत्तमाका १७ वडाहरूमध्ये हालसम्म ७ वटा शून्य प्लास्टिक घोषणा भइसकेका छन् । उनी भन्छन्, ‘अबको एक हप्ताभित्र तिलोत्तमा नगरपालिका प्लास्टिकमुक्त नगर घोषणा हुँदै छ । जुन नेपालकै पहिलो प्लाष्टिकमुक्त नगर बन्दै छ । घोषणाको क्रममा विश्वकै कीर्तिमानी कक्षा सञ्चालन गरिँदै छ । तिलोत्तमा मणिग्राममा हुने घोषणासभामा तिलोत्तमाका २० हजार विद्यार्थी तथा १० हजार अभिभावकसहितको कक्षा चल्नेछन् ।’
उनले नगरबाट जनसमुदायलाई जुटाएर ३५ हजार बोरा प्लास्टिकजन्य फोहोर उठाएका छन् । 'अब १५ हजार बोरा फोहोर उठाए नगर सुन्दर र प्लास्टिकरहित नगर बन्छ । ५० वर्ष अगाडिसम्म फोहोरो, प्लास्टिक, कन्डम देखि सिरिन्ज पनि टिपेँ । म आफैं सरसफाईमा जुटेपछि जनताले लज्जाबोध महसूस गरे । आफैं सरसफाई र फोहोर टिप्न जुटेँ,’ उनले भने ।
ढाकासँगै तिलोत्तमा ८० हजार जनताले फोहोर संकलन गरे । संकलित ‘पोलिथिन’ तिलोत्तमा वडा नम्बर ८ मा सञ्चालनमा आएको फोहोर प्रशोधन केन्द्रमा पुर्याएर प्रशोधनपछि बिक्री गरिन्छ ।
चेतनाको विकास गर्न सके सबै कुरा सम्भव रहेको उनको बुझाइ छ । उनको अभियानपछि तिलोत्तमावासीले प्लास्टिकको सट्टा जुटको झोला र अन्य फाइवरको झोलाहरू प्रयोग गर्न थालेका छन् ।
‘विश्वका सबै देशहरूमा प्लास्टिकको प्रयोग धेरै छ । तर तिनीहरूले प्रयोग गरेपछि त्यसलाई सही व्यवस्थापन गरेका छन् । हाम्रोमा त्यो छैन, कि पुन प्रयोग गर्नुपर्छ, नत्र फोहोरको रूपमा संकलन गर्नुपर्छ । त्यसलाई सही व्यवस्थापन गर्नुपर्छ ।’
उनीसँग नेपाललाई पनि पूर्ण रूपमा प्लास्टिकमुक्त देश बनाउने भिजन छ । ‘सरकारले चाहेमा म नेपाललाई तीन महिना र काठमाडौं उपत्यकालाई प्लास्टिकमुक्त बनाउन सकिन्छ,’ उनी दावी गर्छन् । मानिसमा चेतनाको विकास गर्ने र नेतृत्व वर्गले बुझन सके देशलाई पोलोथिनमुक्त बनाउन गाह्रो नभएको उनको भनाइ छ ।
तिलोत्तमा लगत्तै उनी बुटवललाई पनि प्लास्टिकमुक्त बनाउने सोचमा छन् । त्यसका लागि स्थानीय सरकार तयार हुनुपर्ने उनको भनाइ छ । नेपालको वातावरण पूर्ण रूपमा बिग्रिएको नभई विग्रिने चरणमा रहेको उनको अध्ययनको निष्कर्ष छ ।
उनी फोहोर व्यवस्थापनजस्ता वातावरणका कुरालाई विद्यालयस्तरबाटै सिकाउन जरुरी रहेको बताउँछन् ।
यो अभियानलाई टोलटोलमा लग्ने र परिवर्तन आफैंबाट शुरू गर्ने हो भने वातावरण सन्तुलनमा आउने उनको भनाइ छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका ६ अस्तोममा जन्मिएका ढाका गीत संगीतमा पनि विशेष रुचि राख्छन् । उनको सन्देश छ, 'देशमा केही सकारात्मक र राज्यलाई सन्देश दिने काम गर्न युवाले सक्छन् ।'
३८ वर्षीया ढाकाका ६ वटा विधि छन् । ती हुन् फोहोर संकलन गर्ने प्रक्रियात्मक, संघात्मक, अन्तरक्रियात्मक, सामाजिक, कानून र दण्ड जरिवाना । ‘हाम्रो वातावरण र मानिसको स्वास्थ्य एकअर्कासँग सम्बन्धित कुरा हुन् । नेपालीले त्यस कुराप्रति ध्यान दिएको पाइँदैन । हाम्रा आनीबानीले गर्दा आफू बस्ने वरपरको वातावरण बिग्रिएको हो । यही कुरा समाजमा लिएर जान पनि सहज छैन,’ ढाका भन्छन्, ‘देश र समाजको काम गर्दा के स्वार्थले गरेको छ भन्ने आरोप पनि नआएका होइनन् । तर जसले जे भने पनि म नेपालको वातावरण संरक्षणको अभियानबाट पछाडि हट्दिनँ,’ उनले थपे, ‘युरोपमा कति राम्रो अवसर थियो । तर ती सबैलाई त्याग गरी नेपालमै नयाँ काम गर्ने सोचमा म नेपाल आएर यो अभियानमा जुटेको हुँ ।’
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...