‘ए’ डिभिजन लीग फूटबल : हिमालनय शेर्पाद्वारा एनआरटी पराजित

शहीद स्मारक ‘ए’ डिभिजन लीग फूटबल प्रतियोगितामा हिमालयन शेर्पा क्लबले न्यूरोड टीम (एनआरटी) लाई पराजित गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रवार सम्पन्न खेलमा हिमालयन शेर्पाले एनआरटीलाई २–१ गोलअन्तरले पराजित गर्दै जित हासिल गरेको हो ।


Advertisement

खेलमा पहिलो अग्रता भने एनआरटीले लियो । खेलको ३० औं मिनेटमा एनआरटीका खेलाडी राजेश परियारले गोल गर्दै एनआरटीलाई पहिलो अग्रता दिलाए । हिमालयन शेर्पाले खेलको पहिलो हाफमा १ गोल फर्काउँदै खेललाई १–१ गोलको बराबरीमा ल्यायो ।

हिमालयन शेर्पाका विदेशी खेलाडी स्टेफन समिरले खेलको ४१ औं मिनेटमा १ गोल फर्काउँदै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।


Advertisement

खेलको पहिलो हाफको अत्तिरिक्त समयमा हिमालयन शेर्पाले १ गोल थप्यो । हिमालन शेर्पाका खेलाडी त्रिदेव गुरुङले गोल गर्दै हिमालयनको अग्रता दोब्बर बनाए । खेलको दोस्रो हाफमा गोल हुन नसकेपछि अन्ततः हिमालनय शेर्पाले २–१ को जित हात पार्‍यो ।

जितसँगै हिमालयन शेर्पा १४ अंक जोड्दै तालिकाको दशौं स्थानमा रहेको छ । १५ अंक जोडेको पराजित एनआरटी नवौं स्थानमा छ ।

कमेन्ट गर्नुहोस्