×

NMB BANK
NIC ASIA

मुना हत्याकाण्ड : सामसुङको मोबाइलमा के हेर्थे विजय चौधरी ?

फागुन २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

पूर्व सचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको हत्या गरेर आत्महत्या गरेका विजय चौधरी र मुनाको मोबाइल महाराजगञ्जस्थित नेपाल प्रहरीको फेरेन्सिक ल्याबमा पठाइएको छ ।

Muktinath Bank

मोबाइलमा ‘के कस्ता गतिविधि गर्थे’ भन्ने विषयको अनुसन्धान गर्न चौधरी र मुनाको मोबाइल फरेन्सिक ल्याबमा पठाइएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) टेकप्रसाद राईले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सीसीटीभीमा विजयले नै मुनाको हत्या गरेको पुष्टि भएपनि अरु पनि कुनैको संलग्न थियो कि भन्ने आशंकाका आधारमा मोबाइललाई फरेन्सिक ल्याबमा पठाइएको एसएसपी राईले लोकान्तरलाई बताए ।


Advertisment
Nabil box
Kumari

‘फरेन्सिक ल्याबमा मोबाइलमा के–के चिजहरू थिए, फोटोहरू खिचेर डिलिट गरेको थियो कि ? कुनै भिडियो हेर्ने गर्थ्यो कि भन्ने विषयमा अनुसन्धानको लागि पठाइएको हो,’ उनले भने ।

Vianet communication
Laxmi Bank

विजय चौधरीले सामसुङको भिडियो र फोटो खिच्न मिल्ने एन्ड्रोइड मोबाइल चलाउने गरेको प्रहरीले जनाएको छ । उनले मोबाइलमा कस्ता खालमा फोटो खिच्थे, इन्टरनेटमा कस्ता फोटो भिडियो खिच्थे, कस्ता भिडियोहरू हेर्थे, कोही बाहिरी मानिसले सामाजिक सञ्जालको माध्यमबाट कुनै कुरा सिकाइरहेको छ कि भन्ने विषयमा अनुसन्धानको लागि पठाइएको एसएसपी राईले बताए ।

प्रहरीले अनुसन्धानको अधिकांश पक्ष सकिएको जनाएको छ । सीसीटीभी फूटेज लगायतका सबै पक्षलाई हेर्दा विजयले मुनाको हत्या गरेको देखिएको छ । त्यसबाहेक पनि विजयलाई कसैले सिकाएको छ कि भन्ने विषयमा अनुसन्धान चलिरहेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

विजय चौधरीका बुवा जीवन चौधरीले महानगरीय प्रहरी परिसर ललितपुरमा घटनाको सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारवाही गरिपाउँ भन्दै जाहेरी दिएका छन् भने अर्जुन कार्कीले पनि घरमा ठीकै रहेकी पत्नीको हत्याको रहस्य पत्ता लगाएर दोषीलाई कारवाही गरिपाउँ भन्दै जाहेरी दिएका छन् ।

‘दुवै तर्फबाट घटनाको अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन भन्दै जाहेरी परेको छ,’ एसएसपी राईले लोकान्तरसँग भने । बुधवार विजय चौधरीका बुवा जीवन चौधरीले शव बुझेर दाङ लगेर दाहसंस्कार गरेका छन् भने अर्जुन कार्कीका परिवारले पनि मुनाको दाहसंस्कार गरेका छन् ।

प्रहरीले मृतक दुवै जनाको पोस्टमार्टम समेत गराएको छ । मुनाको घाँटी थिचेर मृत्यु भएको पोस्टमार्टममा देखिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारी बताउँछन् । ललितपुर परिसरका प्रमुख राईले चौधरीको पोस्टमार्टमको रिपोर्ट आई नसकेकाले के कारणले मृत्यु भयो भन्ने बताउन नसकिने बताए ।

मुनाको आँखामा निलो दाग, टाउको चोर र घाँटीमा डोरीको डाम देखिएको थियो । गत सोमवार ललितपुरको सानेपामा पूर्व सचिव अर्जुन कार्कीकी पत्नीको हत्या गरी उनकै घरका काम गर्ने दाङका विजय चौधरीले आत्महत्या गरेका थिए । अचेत अवस्थामा फेला परेकी मुना अधिकारीको सानेपाकै स्टार अस्पतालमा मृत्यु भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x