हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

प्रतिकात्मक तस्वीर

चितवन राष्ट्रिय निकुञ्जको खोरसोरमा जंगली हात्ती रोनाल्डोको आक्रमणबाट १ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा रत्ननगर–७ बद्रेनीका ९३ वर्षीय मनबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


Advertisement

रत्ननगर नगरपालिका–७ सौराहास्थित हात्ती प्रजनन केन्द्र नजिक खोरसोर संरक्षित जंगलमा भैंसी चराउन जाने क्रममा तामाङलाई हात्तीले आक्रमण गर्दा उनको शुक्रवार घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । 

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार निकुञ्जसँगैको संरक्षित जंगलमा जान सुरक्षाकर्मीले रोक्ने प्रयास गर्दागर्दै ती वृद्ध उक्त ठाउँमा गएका थिए । रोनाल्डो नामको जंगली हात्तीले उनलाई आक्रमण गरेको घिमिरेले जानकारी दिए । रोनाल्डो, धु्रवेलगायत जंगली हात्ती निकुञ्जमा आक्रामक मानिन्छन् ।


Advertisement

कमेन्ट गर्नुहोस्