चैत २, २०८०
त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...
भोजपुर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी भ्रमणमा हिँडेपछि सेवा प्रवाहमा समस्या भएको छ ।
नगर प्रमुख कैलाशकुमार आले, उपप्रमुख ममिता राई, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, लेखा प्रमुख सुरेन्द्रकुमार श्रेष्ठ, ४ जना वडाध्यक्ष, प्राविधिक, कम्प्युटर अपरेटर गरी १७ जनाको टोली भ्रमण हिँडेपछि दैनिक कामकाजमा समस्या भएको हो ।
वडा नम्बर ६ का वडाध्यक्ष शैलेन्द्र कार्कीले नगर कार्यपालिकाको बैठकमा भ्रमणका विषयमा कुनै पनि निर्णय नभएकाले आफूलाई कुनै पनि जानकारी नभएको बताए । वडाध्यक्ष कार्कीले भने, ‘मेयर, उपमेयर, प्रमुख प्रशाकिय अधिकृत, लेखा अधिकृत ४ जना वडाध्यक्ष प्राविधिकलगायत १७ जना भ्रमणमा हुनुहुन्छ तर भ्रमणको विषयमा कार्यपालिका बैठकबाट निर्णय भएको मलाई जानकारी छैन, उहाँहरू नहुँदा सेवा प्रवाहमा समस्या त धेरै नै छ ।’
गत आइतवारदेखि भ्रमणमा गएको भएपनि कहिले फर्कने भन्ने थाहा नभएको कार्यालयका एक कर्मचारीले बताए । कार्यालयमा सेवा लिनका लागि आएका आङपासाङ शेर्पाले भने, ‘जनप्रतिनिधि तथा कर्मचारी काम नै ठप्प पारेर जानु भनेको लापरवाही हो, भ्रमणमा गएको विषयमा अन्य कर्मचारीलाई समेत थाहा छैन, यस्तो पनि हुन्छ ?’
कार्यालयका अधिकांश शाखा कर्मचारीविहीन छन् । कार्यालयमा सम्झौताको काम भइरहेको भएपनि आर्थिक कारोबार भने ठप्प रहेको छ । इन्जिनीयर अरुण हमालले भने, ‘मलाई काम गर्दै गर्नु भनेर मौखिक रुपमा भनेकाले काम गरिरहेको छु तर लिखित रुपमा प्रमुख प्रशासकीय अधिकृतले जानकारी दिनुभएको छैन ।’
नगर प्रमुख, प्रशाकीय अधिकृत तथा अन्य जिम्मेवार कर्मचारीबाहिर गएको विषयमा सामाजिक सञ्जालबाट थाहा पाएको कर्मचारीले बताएका छन् । साथै उनीहरूले कति दिने भ्रमण हो भन्ने समेत थाहा नभएको बताए । कार्यालयका कर्मचारी शुक्रबहादुर राईले भने, ‘कति दिने भ्रमण हो त्यो थाहा छैन, भ्रमणमा रहेको विषयमा मलाई पनि सामाजिक सञ्जालबाट मात्र थाहा भएको हो, अरू कुरा मलाई केही थाहा छैन । – युवराज विष्ट/रासस
त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ । ट...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...
नेपालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...
यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...
नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...