सरकारका २ वर्ष उपलब्धिविहीन : उपसभापति निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारका २ वर्षको अवधि ठोस उपलब्धि विना नै सकिएको टिप्पणी गरेका छन् ।

पर्वतको सदरमुकाम कुश्माबारमा शुक्रवार अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै उपसभापति निधिले सरकारले जनअपेक्षा पूरा नगरेको आरोप लगाए ।


Advertisement

अहिलेको सरकारका मन्त्रीहरू अघिल्लो कांग्रेस नेतृत्वको सरकारले शुरू गरेका विकास निर्माणका योजनाको उद्घाटन गर्ने गरेको हिँडेको दाबी गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका निधिले जनताले ठूलो अपेक्षा लिएर दुईतिहाइ मत दिए पनि वर्तमान सरकारले घोषणा पत्रमा उल्लेख गरेका काम गरेर देखाउन तत्पर नरहेको आरोप लगाए ।

सरकारले नयाँ नयाँ मुद्दा सिर्जना गर्ने र चर्चामा रहेको मुद्दालाई ओझेलमा पार्ने षड्यन्त्र गरिरहेको पनि उनले आरोप लगाए । उनले पार्टी महाधिवेशनको तयारीमा लागेको भन्दै पार्टीभित्र विभाग र संगठनले पूर्णता पाइसकेकाले अब पार्टीले गति लिने विश्वास पनि व्यक्त गरे ।


Advertisement

कांग्रेस केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले देशमा आर्थिक सूचक कमजोर देखिएको, परराष्ट्र नीति असन्तुलित भएको, भ्रष्टाचार बढेको, बलात्कार, हत्या हिंसा गर्ने अपराधीलाई संरक्षण गरिएको आरोप लगाए ।

कमेन्ट गर्नुहोस्