×

NMB BANK
NIC ASIA

एसीसी पूर्वी क्षेत्रीय क्रिकेटका लागि नेपाली टोलीको घोषणा

फागुन २, २०७६

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

नेपाल क्रिकेट संघ (क्यान) ले थाइल्यान्डमा हुने एसीसी पूर्वी क्षेत्रीय पुरुष टी ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

क्यानले आगामी फागुन १५ देखि २३ गतेसम्म हुने प्रतियोगिताका लागि १४ सदस्यीय टोलीको घोषणा गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ज्ञानेन्द्र मल्लको कप्तानीमा उपकप्तान दीपेन्द्रसिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहोरा, सुशन भारी, कुशल मल्ल, पवन सर्राफ, भुवन कार्की, सन्दीप जोरा र किशोर महतो रहेका छन् । सन् २०१३ मा पहिलोपटक राष्ट्रिय टोलीमा परेका उनले पछिल्लो पटक सन् २०१७ मा बंगलादेशमा भएको इमर्जिङ एसिया कप खेलेका थिए । 


Advertisment
Nabil box
Kumari

आईसीसी विश्वकप क्रिकेट लिग २ खेलेका शरद भेषवाकर, सुवास खकुरेल, रोहितकुमार पौडेल र कमलसिंह ऐरी टोलीमा छैनन् । पवन, सन्दीप र किशोरलाई मौका दिइएको छ ।

Vianet communication
Laxmi Bank

नेपाली टोलीको प्रशिक्षकको जिम्मेवारी जगत टमाटालाई दिइएको छ । प्रतियोगितामा आयोजक थाइल्यान्डसहित नेपाल, सिंगापुर, हङकङ र मलेसियाले प्रतिस्पर्धा गर्नेछन् । 

कोरोना भाइरसका कारण चीन, भूटान र म्यान्माले नखेल्ने

कोराना भाइरसका कारण चीन, भूटान र म्यान्माले एसीसी पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा सहभागी नहुने बताएका छन् । कोरोना भाइरसको कारण देखाउँदै ३ वटै देशको सरकारले प्रतियोगिता खेल्न खेलाडीलाई अनुमति नदिएपछि तीनै देशले अन्तिम समयमा आएर प्रतियोगिता खेल्न नसक्ने आयोजक राष्ट्रसमक्ष जानकारी गराएका छन् । 

पूर्वी क्षेत्रीय सो प्रतियोगितामा पुछारका ३ देश चीन, भूटान र म्यान्मा सहभागी नहुने भएपछि बाँकी ५ देशको टोलीले मात्र प्रतिस्पर्धा गर्ने बताइएको छ । ३ वटै टोली क्रिकेटमा निकै कमजोर मानिन्छन् ।

प्रतियोगिताको फाइनल पुग्ने टोलीले आगामी अगस्तमा मलेसियामा हुने एसिया टी ट्वान्टी छनोटमा भाग लिनेछन् । छनोट प्रतियोगिताको विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया टी ट्वान्टी कप प्रतियोगिता खेल्नेछ ।

एसिया टी ट्वान्टी कपमा छनोट भएर आउने टोलीसँगै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x