
संविधान कार्यान्वयन एवम् विकास र समृद्धिको राष्ट्रिय आकांक्षासाथ केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको दुई वर्ष पूरा भएको छ ।
सरकार आरम्भ वर्षका रूपमा सुशासन र विकासलाई तीव्रता दिंदै समृद्धिमा अग्रसर भएको छ ।
संविधानले निर्दिष्ट गरेका कानुन निर्माण, राष्ट्रिय गौरवका आयोजनाको थालनीसहित सरकारले पहिलो वर्षलाई विकास र समृद्धिको आधार वर्षका रूपमा अगाडि बढाएको थियो । गोरखापत्र दैनिकमा खबर छ ।