कात्तिक २३, २०७८
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
बानेश्वरका एलिना अधिकारी बाथरुममा नुहाउन जाँदाको घटना कहिल्यै बिर्सनु हुन्न । त्यही समय ठूलो पाठ सिकाएको छ उनलाई ।
अधिकारी भन्छिन्, 'जाडो मौसमको बिहान सोलारको तातो पानीले नुहाउन भ्यालढोका बन्द गरेँ । तातो पानी खोलेँ । सानो बाथरुम भएकाले त्यसमा धेरै बाफ जम्मा भएर म त नुहाउँदा नुहाउँदै निसास्सिएँ, त्यसपछि केही पत्तो भएन ।'
धन्न उनकी बहिनी पनि नुहाउन हतार भएकाले बाथरुममा आइपुगिन् र बाहिरबाट ढोका खोलेर एलिनालाई निकाल्ने काम भयो । समयमै बाहिर आएकाले ज्यान पनि बच्यो, नत्र जे पनि हुन सक्थ्यो ।
राजधानीका धेरैजसो घरमा बाथरुम सानो हुने र भेन्टिलेसनसमेत नहुने भएकाले यस्तो समस्या आउने गरेको छ । अधिकारीले थपिन्, 'त्यो घटनापछि बाथरुमको झ्यालमा पर्दा हालेर भेन्टिलेसन हालेको छु ।'
बाथरुममा लडेपछि गणित पढाउने शिक्षक रामनाथ चापागाईंलाई प्यारालाइसिस भयो । छ महिनापछि अलिअलि हिँडडुल गर्न सक्ने भएपछि उनले विद्यार्थीलाई घरमै बोलाएर पढाउन थालेका छन्। उनी भन्छन्, 'हामीले सामान्य सुरक्षामा ध्यान नदिँदा ठूलो घटना निम्त्याउन सक्छ । त्यसैले बाथरुम, ट्वाइलेट सधैँ सफा र सुरक्षित राख्न जरुरी छ ।'
चिकित्सक डा. मनिष श्रेष्ठ बाथरुममा अक्सिजनको अभावमा निसास्सिएर मृत्यु भएको हुनसक्ने बताउँछन्। चिसो पानीमा नुहाउँदा उच्च रक्तचापका बिरामीलाई हृदयाघात हुनसक्छ तर तातो पानीमा त्यस्तो समस्या नहुनुपर्ने हो । उनले भने, 'ढोका पूर्ण रूपमा बन्द हुने खालको भएकाले पनि अक्सिजनको अभावमा निसास्सिएर मृत्यु हुनसक्छ ।'
चिसोको समयमा झ्यालढोका बन्द गरेर हिटरलगायत विभिन्न सामग्री प्रयोग गरेर सुत्दा मानिसको ज्यान जाने गरेको डा. श्रेष्ठ बताउँछन् । कोठामा जम्मा भएको ग्यास बाहिर जान नपाउँदा मानिसको ज्यान जाने गरेको उनले बताए।
झ्याल खोलेर मात्र हिटरलगायत विद्युतीय सामान प्रयोग गर्न उनको सुझाव छ । सुरुमा टाउको दुख्ने र केही समयपछि निसास्सिएर मानिसको मृत्यु हुने भन्दै उनले थपे, 'बाथरुम अँध्यारो हुनु, साबुन र सेम्पुको चिप्लो रहनु, बाथरुममा पानी चिसो हुनु, खस्रो सोल भएको चप्पल प्रयोग नगर्नु, राति ब्यूँझिएर अर्धहोशमै बाथरुम जानु जस्ता कारणले दुर्घटना बढिरहेको छ ।'
'बाथरुममा लड्दा अपाङ्गता भई मृत्युसमेत हुनसक्छ”, हाडजोर्नी विशेषज्ञ डा. प्रकाश द्वारे बताउँछन् । उनले बाथरुममा लड्दा जुन अङ्गमा ठोकिन्छ, त्यही अङ्ग र सँगै रहेको हड्डीमा असर पर्ने हुँदा आँखा गुम्ने, दाँत भाँचिने, करङ भाँचिने, मेरुदण्ड भाँचिने, हातखुट्टा भाँचिने, शरीरका भित्री अङ्गमा रगत जम्ने, भित्री अङ्गमा चोट पुग्ने, गर्भवतीको गर्भ पतन हुनेलगायत धेरै अकल्पनीय स्वास्थ्य समस्या बेहोर्नुपर्ने जानकारी दिए।
त्यसैले बाथरुम सफा राखी कारणवश लडेमा कम क्षति हुने प्रकारले बनाउनुपर्छ । खस्रो सोल भएको चप्पल प्रयोग गर्नु राम्रो हुने जानकारी दिँदै डा. द्वारेले बाथरुममा प्रकाशको पर्याप्त व्यवस्था गर्नुपर्छ भने।
भिजेका कपडा नराख्ने, मिल्ने ठाउँमा खस्रो कार्पेट राख्ने, बाथरुममा खस्रो टायल लगाउने, सकभर ट्वाइलेट र बाथरुम अलग अलग बनाउने सुझाव पनि उनले दिए। चस्मा प्रयोग गर्ने व्यक्तिले बाथरुम जाँदा पनि चस्मा प्रयोग गर्नुपर्छ । राति उठेर केही मिनेट बसेपछि अर्थात् पूर्ण होशमा आएपछि मात्र बाथरुममा जानु राम्रो हुन्छ । डा. द्वारेले निद्रा लाग्ने औषधिसेवी, मादक पदार्थसेवी र उच्च रक्तचाप भएका तथा वृद्धवृद्धाले विशेष ख्याल गर्नुपर्ने जानकारी दिए।
बाथरुम सफा हुनुपर्छ
बाथरुम तथा ट्वाइलेट व्यक्तिले नियमित समय बिताउने स्थान हुन् । घरको बैठक कोठाभन्दा बढी कतिपयले बाथरुम या ट्वाइलेटमा बिताउने गरेका छन् । हरेक पटक नुहाइसकेपछि बाथरुमको भित्ता तथा ढोकामा लुगाले पुछ्नुपर्छ । यसले गर्दा त्यहाँ लागेको बाफ तथा पानी जान्छ र सफा भइरहन्छ । यस्तै बाथटब पनि त्यसैगरी सफा गर्नुपर्छ ।
कम्तीमा हप्ताको एक पटक फ्लोर क्लिनर तथा ट्वाइलेट क्लिनर प्रयोग गरेर बाथरुम, ट्वाइलेटको भुइँ तथा बेसिनहरू ब्रस लगाएर सफा गर्नुपर्छ । बाथरुममा प्रयोग हुने टाबेल, म्याट हप्ता–हप्तामा सफा गर्नुपर्छ । बाथरुम तथा ट्वाइलेटको कुनाकाप्चा पनि हप्ता दिनमा सफा गर्नुपर्छ । बाथरुम तथा ट्वाइलेटमा प्रयोग भएका पर्दाहरू महिनाको एक पटक धुनुपर्छ । यसो गर्दा बाथरुम–ट्वाइलेट सफा रहन्छ ।
बाथरुममा लडेर मृत्यु
शिक्षासेवी डा. बाबुराम पोखरेलको बाथरुममा लडेर मृत्यु भएको थियो । नेपाल क्रिकेट सङ्घ क्यानका पूर्वअध्यक्ष तथा पूर्वराष्ट्रिय क्रिकेट खेलाडी जयकुमारनाथ शाहको बाथरुममा लडेर मृत्यु भयो । त्यस्तै भारतका चर्चित बाबा राम कृपाल महाराजदेखि माइकल ज्याक्सनको पनि बाथरुममै लडेर मृत्यु भएको थियो ।
बाथरुममा अनेक जोखिम
पछिल्लो समय ट्वाइलेट–बाथरुममा हुने यस्ता दुर्घटनाको दर बढिरहेको छ । तर अस्पतालदेखि प्रहरी कसैले पनि यस्ता दुर्घटनामा ज्यान गुमाउने र घाइते हुनेको आँकडा राखेका छैनन् ।
हड्डीरोग विशेषज्ञ डा. श्रीकृष्ण गिरी बाथरुममा लडेपछि हेड इन्जुरी (टाउकोको चोट) मृत्युको मुख्य कारण बन्ने गरेको बताउनुहुन्छ । त्यसरी लड्दा हुने स्पाइनल इन्जुरी (मेरुदण्डको चोट)ले दुर्घटनापछि गम्भीर खालको अपाङ्गता हुने गरेको उनले उल्लेख गरे।
शौच गर्दा कहिलेकाहीँ अचानक रक्तचाप घटबड भएर बेहोश हुने समस्या आउने र त्यो अवस्थामा समेत दुर्घटनाको जोखिम रहने न्युरो सर्जन डा. गोपाल सेढाईंले बताए । सेढाईंका अनुसार त्यसबाहेक धेरैमा ‘पोस्टुरल हाइपोटेन्सन’ (बसेर उठ्दा रिँगटा लाग्ने समस्या) हुने र मधुमेह तथा रक्तचापका बिरामीको रक्तचाप अचानक घटबड हुँदा रिँगटा लागेर लड्न सक्ने खतरा अधिक रहन्छ । गोरखापत्र दैनिकमा खबर छ ।
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...