×

NMB BANK
NIC ASIA

हिजो दिनभर : वुहानबाट १८५ नेपालीलाई मध्यरातमा काठमाडौं ल्याइँदै, माधव नेपाल र बाबुरामसम्बन्धी रिटलाई सर्वोच्चको अग्राधिकार

फागुन ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

चित्रबहादुर केसीको दाबी : ‘भारतको अन्तिम योजना नेपाल कब्जा गर्ने रहेको छ’

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाल कब्जा गर्ने भारतको योजना रहेको दाबी गरेका छन् ।

Muktinath Bank

हालसम्म देशका ७१ ठाउँमा नेपालको सीमा मिचेको भारतको अन्तिम योजना नेपाल नै कब्जा गर्ने रहेको दाबी गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्टी निकट अखिल नेपाल महिला संघको शुक्रवारदेखि बुटवलमा शुरू भएको सातौं राष्ट्रिय सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै उनले नेपालका ठूला नदीनाला भारतले कब्जा गरिसकेको बताए । 


Advertisment
Nabil box
Kumari

उनले सत्ता सञ्चालकको कमजोरीका कारण संसारमै जलस्रोतको धनी देशका नेपाली जनता अहिले भिख मागेर खाने अवस्थामा पुगेको बताए । संविधान कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै उनले संविधान कार्यान्यनका लागि फेरि संघर्ष गर्नुपर्ने बताए ।

Vianet communication
Laxmi Bank

विकासको नाममा सरकारले एमसीसी ल्याएर जनतामा भ्रम सिर्जना गरेको दाबी गर्दै हिजो महाकाली सम्झौता गरेकाहरूले अहिले एमसीसी ल्याएर जनतालाई झुक्काउन लागेको बताए ।

एमसीसी नेपालको हितमा नभएको उल्लेख गर्दै अमेरिकाले सहयोगको नाममा एमसीसी भित्र्याएर नेपालमा अमेरिकी सेनाको अखडा बनाउन खोजेको दाबी गरे ।

सञ्चारमन्त्री बाँस्कोटाको प्रश्न : सूचना प्रविधि विधेयकमाथि गलत ब्याख्या भयो कि ?

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधि विधेयकका केही असमझदारीलाई किनारा लगाएर छिट्टै संसद्बाट पारित हुने बताएका छन् ।

क्यान इन्फोटेक मेलाको २६ औं संस्करणको शुक्रवार उद्घाटन गर्दै सञ्चारमन्त्री बाँस्कोटाले डिजिटल क्षेत्रमा सुशासन, पारदर्शिता र डिजिटल कारोवारको वैधता आदि विषयलाई ध्यान दिएर सरकारले विधेयक ल्याएको उल्लेख गरे ।

डिजिटलको दुरुपयोग रोक्न र यसबाट हुने अपराध नियन्त्रण गर्न सरकारले नीतिगत सुधारको प्रक्रिया अघि बढाएको उनको भनाइ थियो ।

अभिव्यक्ति स्वतन्त्रता भनेर बेस्सरी कराउने तर, डिजिटल क्षेत्रमा हुन खोजेका सुशासन पारदर्शिता र डिजिटल कारोबारका वैधतालाई बेवास्ता गर्न नमिल्ने भन्दै सञ्चारमन्त्री बाँस्कोटाले भने, ‘सूचना प्रविधि विधेयक अभिव्यक्ति स्वतन्त्रतासँग मात्रै जोडिएको छैन ।’

उनले भने, ‘सूचना प्रविधि विधेयकमाथि गलत ब्याख्या भयो कि भन्ने लाग्छ ।’ उनले प्रश्न गरे, ‘प्रविधिको पहुँच, हस्तान्तर र प्रविधिको पहुँच र अभावबीचको खाडलको पूरा गर्ने भनेर ‘डिजिटल इकोनोमी’ को कुरा गर्ने तर कानूनी व्यवस्था, सुरक्षित कारोबार, सदुपयोगजस्ता विषयलाई ख्याल नगर्ने ?’

सञ्चारमन्त्री बाँस्कोटाले सूचना प्रविधि विधेयकमा पहिलाको विद्युतीय कारोबार ऐनका भन्दा बढी स्वतन्त्रताका विषयहरू रहेको भन्दै अभिव्यक्ति स्वतन्त्रताका नाममा हल्लाको पछि नलाग्न आग्रह गरे । ‘सामाजिक सञ्चालका केही कुरा जोडिएको छ । त्यो मिडियासँग जोडिएको विषय होइन । विधेयकमा रहेका दण्ड, सजाय बढी भएमा त्यसलाई कम गराएर पारित गर्छौं,’ उनले भने ।

उनले डिजिटल नेपालको संकल्पको व्यावहारिक कार्यान्वयनका लागि सरकारले पर्याप्त लगानी गरेको र गाउँका कुनासम्म इन्टरनेटको पहुँच विस्तारमा लागेको बताए । उनले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको सूचना प्रविधि विधेयक हाल संघीय संसदमा विचाराधीन अवस्थामा रहेको जानकारी दिए । उनले संसद्को विकास समितिको बैठकले सूचना प्रविधि विधेयकको प्रतिवेदन फरकमतसहित पारित गरेको उल्लेख गरे ।

माधव नेपाल र बाबुरामसम्बन्धी रिटलाई सर्वोच्चको अग्राधिकार, १५ दिनभित्र जवाफ पेश गर्न आदेश

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै परेको रिटलाई अग्राधिकार दिँदै सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले शुक्रवार पूर्वप्रधानमन्त्रीद्वय डा. भट्टराई र नेपालविरुद्ध मुद्दा चलाउनु नपर्नाको कारणसहित १५ दिनभित्र लिखित जवाफ पेश गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।

'यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिम आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुनु नपर्ने कानूनबमोजिमको आधार कारण भए सो समेत साथै राखी यो आदेश प्राप्त भएको मितिले बाटाको म्यादबाहेक १५ दिनभित्र अन्य विपक्षीहरूबाहेक अख्तियार दुरूपयोग अनुसन्धान आयोगका हकमा महान्यायाधीवक्ताको कार्यालयमार्फत लिखित  जवाफ पेश गर्नू,' प्रधान न्यायाधीश जबराको इजलासले दिएको आदेशमा भनिएको छ ।

मन्त्रिपरिषद्कै निर्णयको जगमा टेकेर ललिता निवासको जग्गा हिनामिना भएको दाबी गर्दै तत्कालीन प्रधानमन्त्रीहरू नेपाल र डा. भट्टराईविरुद्ध पनि मुद्दा चलाउन मागसहित वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले बुधवार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

भूमाफिया, कर्मचारीदेखि प्रस्ताव लैजाने मन्त्री समेत गरी १७५ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपनि तत्कालीन प्रधानमन्त्रीहरूविरुद्ध मुद्दा चलाइएको छैन । मन्त्रिपरिषद्का नीतिगत निर्णयमा मुद्दा चलाउन पाउने अधिकार अख्तियारलाई छैन ।

'निर्णयमा संलग्न प्रधानमन्त्री र मन्त्रीलाई र जग्गा फिर्ता दिएको हुनाले अभियोग दर्ता नगरेको भन्ने आधार उत्प्रेषणको आदेशले बदर गरी माथि उल्लेखित निर्णयमा संलग्न सबैलाई भ्र.नि.ऐन २०५९ को दफा ५९ (ग) र फौजदारी कार्यवीधिसंहिता २०७४ को दफा ३५ बमोजिम अभियोग पत्र दर्ता गर्नु भन्ने परमादेशको आदेश वा अन्य जो चाहिने आज्ञा आदेश वा पूर्जी जारी गरी पाउँ,' वरिष्ठ अधिवक्ता न्यौपानेले बुधवार सर्वोच्चमा दायर गरेको रिटमा भनिएको छ ।

वुहानबाट १८५ नेपालीलाई भोलि मध्यरातमा काठमाडौं ल्याइँदै, लिन जाने पाइलटको नाम गोप्य

कोरोना भाइरस प्रभावित चीनको हुबेई प्रान्तस्थित वुहानमा रहेका नेपाली नागरिकलाई स्वदेश फिर्ता ल्याउन नेपाल वायु सेवा निगमको वाइडबडी विमान भोलि त्यसतर्फ प्रस्थान गर्ने भएको छ ।

निगमकी प्रवक्ता अर्चना खड्काले कोरोनाप्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकलाई स्वदेश फिर्ता ल्याउन शनिवार दिउँसो पौने ३ बजे विमान चीनको वुहान प्रस्थान गर्ने जानकारी दिइन् ।

विमानमा चालक दलका ३ सदस्य, ६ जना क्रुज मेम्बर र ४ जना चिकित्सक रहने र उनीहरूको पहिचान गोप्य राखिएको प्रवक्ता खड्काले बताइन् ।

चीनस्थित नेपाली दूतावाससँगको समन्वयमा त्यहाँ रहेका नेपालीलाई लिएर विमान तत्काल काठमाडौं प्रस्थान गर्ने उनले बताइन् ।

विमान पर्सि बिहान सवा २ बजे काठमाडौं अवतरण गर्नेछ । विमानस्थलमा उत्रिएपछि उनीहरूलाई बसमा राखेर सिधै खरिपाटी लगिनेछ ।

खरिपाटीमा क्वारेन्टाइन तयार

वुहानबाट ल्याइने नेपाली विद्यार्थीलाई राख्न भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन तयार पारिएको छ ।

चीनबाट ल्याइने १८५ जनालाई क्वारेन्टाइनमा राख्ने गरी तयारी भएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता सागर ढकालले जानकारी दिए । उनीहरूलाई प्रोटोकलअनुसार मिलाएर राखिने पौडेलको भनाइ छ ।

कोरोना प्रभावित क्षेत्रबाट ल्याउन लागिएका नेपाली नागरिकलाई १४ दिन क्वारेन्टाइनमा राखिने छ । त्यहाँ उनीहरूलाई चिकित्सकले निरन्तर निगरानी गर्नेछन् ।

वुहानबाट ल्याउन लागिएकाहरूमा कोरोना भाइरसको संक्रमण पाइएको छैन, तर १४ दिनसम्ममा संक्रमण देखिन सक्ने सम्भावना पनि हुने भएका कारण उनीहरूलाई क्वारेन्टाइनमा राख्न लागिएको हो ।

हेर्नुहोस्, खरिपाटीस्थित क्वारेन्टाइन:

खरिपाटीमा त्रास!

वुहानबाट ल्याउन लागिएका नेपाली नागरिकलाई खरिपाटीमा राखिने भएपछि त्यस क्षेत्रमा भने त्रास फैलिएको छ । आफूहरूलाई पनि कोरोनाको संक्रमण हुनसक्ने त्रास स्थानीयमा छ ।

चीनबाट ल्याउन लागिएका नेपाली नागरिकहरू कोरोना प्रभावित नभएको र सजगता अपनाउनका लागि नै उनीहरूलाई क्वारेन्टाइनमा राख्न लागिएको कुरा सरकारले स्थानीयलाई बुझाउन सकेको छैन ।

चीनबाट ल्याइने नागरिकलाई राख्न खरिपाटीमा क्वारेन्टाइन तयार पार्ने निर्णय भएपछि शुरू भएको विरोध केही मत्थर भएपनि स्थानीयमा त्रास भने उस्तै छ ।

१४ सय पुग्न लाग्यो मृत्यु

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ हजार ३ सय ८३ पुगेको हङकङ डेटलाइनमा सीएनएनले लेखेको समाचारमा उल्लेख छ । ६४ हजार भन्दा बढी प्रभावित भएका छन् ।

कोरोना भाइरसबाट चीनको वुहान सबैभन्दा बढी प्रभावित छ । कोरोनाबाट समग्र प्रभावितमध्ये ८० प्रतिशतभन्दा बढी वुहानकै छन् ।

कांग्रेस सांसदको निधनका कारण रोकियो संसदमा प्रधानमन्त्रीको सम्बोधन 

राष्ट्रियसभाका सदस्य नेपाली कांग्रेसका सांसद दुर्गाप्रसाद उपाध्यायको निधनका कारण प्रतिनिधिसभामा हुने भनिएको प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन स्थगित हुने भएको छ ।

शुक्रवार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सरकारका दुईवर्षे कामको उपलब्धीबारे जानकारी गराउन सम्बोधन गर्ने तयारी गरेका थिए । 

नेपाली कांग्रेसले उपाध्यायको निधनको संसद सचिवालयमा पुर्‍याएका कारण प्रधानमन्त्रीको सम्बोधन भोलिका लागि सरेको हो । ‘बहालवाला सांसदको निधनको सूचना आएपछि नियमित सूचीमा प्रवेश गर्न मिल्दैन, आज शोक प्रस्ताव पारित भएर बैठक स्थगित हुन्छ,’ सचिवालयका एक अधिकारीले लोकान्तरसँग भने । 

शुक्रवारको सम्बोधन भोलि बस्ने बैठकमा हुने सचिवालयका एक अधिकारीले जानकारी दिए । प्रतिनिधिसभाको बैठक शनिवार बिहान ११ बजेका लागि राख्ने तयारी भएको छ । ओली नेतृत्वमा सरकार गठन भएको भोलि २ वर्ष पूरा हुँदैछ । 

प्रणय दिवसमा ४७८ कैदीबन्दीलाई गुलाफ र चकलेट उपहार ! 

हरेक वर्ष फेब्रुअरी १४ तारिखका दिन मनाइने प्रणय दिवसको अवसरमा शुक्रवार कैलाली कारागारका कैदीबन्दीलाई गुलाफ उपहार दिइएको छ ।

सामाजिक कार्य सक्रिय संस्था ‘हेल्फ फर ह्याप्पीनेस’ सुदूरपश्चिमले कैलाली कारागारका कैदीबन्दीसँग प्रणय दिवस मनाउँदै गुलाफ उपहार दिएको हो ।

कारागारमा रहेका ४७८ कैदीबन्दीलाई गुलाफको फूल र चकलेट उपहार दिँदै संस्थाले प्रणय दिवस मनाएको छ ।

कार्यक्रममा बोल्दै संस्थाका सुदूरपश्चिम संयोजक घनश्याम भण्डारीले प्रेम रुपलाई नभई मानवतालाई गर्नुपर्ने मान्यताका साथ कैदीबन्दीसँग दिवस मनाइएको बताए । ‘कारागारमा रहेका सबैलाई एक्लो छु भन्ने महसूस हुन नदिन प्रेम स्वरुप रातो गुलाफ उपहार दिइएको हो,’ उनले भने ।

कार्यक्रमका प्रमुख अतिथि कैलाली कारागारका जेलर वीरेन्द्रबहादुर बोहोराले कैदीबन्दीको पीडा बुझेर प्रणय दिवसका केही क्षणमा सामिप्तयता दिएकोमा संस्थालाई धन्यवाद दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x