×

NMB BANK
NIC ASIA

चीनबाट नेपाली ल्याउन नेपाल एयरलायन्सको जहाज आज जाँदै

फागुन ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाको डरले स्वदेश आउन चाहेका एक सय ८५ नागरिक लिन विशेष तालिमप्राप्त टोली शनिबार जहाज लिएर चीनको हुबेई प्रान्तको वुहान सहर जाँदै छ । आन्तरिक व्यवस्थापकीय प्रयास थालेको १३ दिनपछि सरकारले उद्धार गर्न लागेको हो ।

Muktinath Bank

नेपाल वायुसेवा निगमको ३३०–२०० सिरिजको २७४ सिटे वाइडबडी जहाज अपराह्न ३ बजे त्रिभुवन विमानस्थलबाट उड्ने तालिका छ । साँझ ६:४५ मा वुहान पुग्ने र त्यसको दुई घन्टापछि नै काठमाडौं प्रस्थान गर्नेछ । नेपाली समयअनुसार आइतबार बिहान २:१५ मा नेपाल आइपुग्नेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बेइजिङस्थित नेपाली दूतावासले हुबेई प्रान्तका विभिन्न ठाउँमा रहेका नेपालीलाई वुहानमा जम्मा गर्ने प्रबन्ध मिलाइसकेको छ । ‘हुबेई प्रान्तका विभिन्न ठाउँबाट पाँचवटा बसमा हाम्रा नागरिक शनिबार साँझसम्म वुहान पुर्‍याउँदै छौँ र वुहानमा रहेकालाई पनि सामेल गरेर स्वदेश फर्काउँछौँ,’ दूतावासका उपनियोग प्रमुख सुशीलकुमार लम्सालले नयाँ पत्रिकासँग भने । लम्सालका अनुसार चीन सरकारले नेपाली जहाज वुहान जान र फर्किन अनुमति दिइसकेको पनि उनले बताए । 


Advertisment
Nabil box
Kumari

वुहान जाने स्वास्थ्यकर्मी, चालक दलका सदस्य, एम्बुलेन्सचालक, बसचालक, सरसफाइ कर्मचारीले तालिम पाइसकेका छन् । उनीहरूलाई शुक्रबार त्रिभुवन विमानस्थलमा डमीका रूपमा समेत तालिम दिइएको तालिमको नेतृत्व गरेका डा. हेमन्त ओझाले बताए । जहाजमा नेपाली सेनाका चार स्वास्थ्यकर्मी हुनेछन् । 

Vianet communication
Laxmi Bank

वुहानदेखि काठमाडौंसम्मको उडान अवधिमा चालक दलका सदस्य र स्वास्थ्यकर्मीले दिएको निर्देशन, सल्लाह र सुझाबको पूर्ण पालना गर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । जहाजभित्र ज्वरो आउने, खोकी लाग्ने, श्वासप्रश्वासमा अप्ठ्यारो हुने भए जहाज दलका सदस्य वा स्वास्थ्य टोली सदस्यलाई जानकारी गराउन भनेको छ । शंकास्पद व्यक्तिलाई स्वास्थ्यकर्मीले विमानको तोकिएको अन्तिम सिट (आइसोलेसनमा) सार्नेछन् । जहाज दलका सदस्य तथा स्वास्थ्य टोली सदस्यले नियमित रूपमा अनुगमन तथा निरीक्षण गरिरहनेछन् । काठमाडौं विमानस्थलमा जहाजबाट उत्रनुअघि सबैले दिसा तथा पिसाब गरेर निस्कनुपर्नेछ । शंकास्पदलाई जहाजको पछाडिकै ढोकाबाट बाहिर निकालिन्छ । संक्रमण नभएकालाई भने अघिल्लो ढोकाबाट निकालिन्छ । 

जहाजबाट उत्रिँदा प्रत्येक व्यक्तिलाई एक मिटरको दूरीमा राखिनेछ । जहाजबाट झरेपछि स्वास्थ्य परीक्षण हुनेछ । यसका लागि त्रिभुवन विमानस्थलमै पाँचवटा हेल्थ डेस्क राखिएको छ । त्यहाँ तालिमप्राप्त मेडिकल अफिसर तथा नर्स र प्यारामेडिक्स रहनेछन् । उनीहरूले व्यक्तिगत सुरक्षा साधन ‘फिजिकल प्रोटेक्टिभ इक्युपमेन्ट’ लगाएका हुन्छन् । हेल्थ डेस्कका स्वास्थ्यकर्मीले यात्रुलाई छुने छैनन् । 

संक्रामक रोगको आशंका गरिएका व्यक्तिलाई विमानस्थलबाटै शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, पाटन अस्पताल र सशस्त्र प्रहरी अस्पतालमध्ये एउटाको आइसोलेसन वार्डमा उपचारका लागि लगिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसका लागि तीनवटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । अन्यलाई पाँचवटा बसमा राखेर क्वारेन्टाइनसम्म पुर्‍याइनेछ । बाटोमा बस कहीँ रोकिने छैन । उनीहरूलाई १४ देखि १७ दिनसम्म क्वारेन्टाइनमा राखिनेछ । आवश्यक परे अझै बढी समय राख्न सक्ने जानकारी स्वास्थ्य मन्त्रालयले विद्यार्थी र अभिभावकलाई गराइसकेको छ । मन्त्रालयका सहप्रवक्ता सागर दाहालले स्वास्थ्य परीक्षण तथा क्वारेन्टाइनको बसाइलाई सकेसम्म सहज, व्यवस्थित र स्वस्थ बनाउन सक्दो प्रयास गरिएको बताए । 

क्वारेन्टाइनमा लगभग लगभग ६० कोठा व्यवस्थापन गरिएको छ । उचित दूरीको फरकमा एकदेखि तीनजनासम्म राख्ने गरी व्यवस्था गरिएको छ । ६ जनाले एउटा शौचालय प्रयोग गर्नुपर्नेछ । क्वारेन्टाइनमा रहँदा खाना, पानी, स्वास्थ्य उपचार सबै व्यवस्था छ । स्वास्थ्य टोली आवश्यकताअनुसार चौबिसै घन्टा सेवामा रहनेछन् । सबैको दिनमा दुईपटकसम्म तामक्रम जाँच हुनेछ । मन्त्रालयका अनुसार सबैको प्रारम्भिक जाँच क्वारेन्टाइनमा पुगेको २४ घन्टाभित्र र अर्को जाँच १४ दिनमा गरिनेछ । क्वारेन्टाइनमा अभिभावकसँग भेटघाट गर्न पाइने छैन । 

क्वारेन्टाइनका लागि भाइरस परीक्षण गर्ने नेपाली संस्था सेन्टर फर डायनामिक नेपालले ५० थान मास्क उपलब्ध गराएको छ । साथै ५० जोर व्यक्तिगत सुरक्षा साधन (फिजिकल प्रोटेक्टिभ इक्युपमेन्ट) पनि उपलब्ध गराएको छ । कोरोना भाइरसको जीवाणु परीक्षणका लागि दुई सय किटसमेत दिएको छ ।

उडेको १२ घन्टाभित्रै फर्किने
शनिबार अपराह्न ३ बजे उड्ने विमान उद्धार गरेर आइतबार बिहान २:१५ मा आइपुग्छ । जहाज पुग्नुअघि नै बेइजिङस्थित नेपाली दूतावासले हुबेई प्रान्तका विभिन्न ठाउँमा रहेका नेपालीलाई गाडीबाट उद्धार गरेर वुहानमा जम्मा गर्छ । 

शंकास्पदलाई पछाडि सिटमा राखेर ल्याइने 
उद्धारका क्रममा शंकास्पद व्यक्तिलाई विमानको तोकिएको अन्तिम सिट (आइसोलेसनमा)मा राखिन्छ । जहाज दलका सदस्य तथा स्वास्थ्य टोली सदस्यले नियमित रूपमा अनुगमन तथा निरीक्षण गर्छन् । अवतरणपछि अन्तिम ढोकाबाट निकालिन्छ ।

विमानस्थलमा परीक्षण गरेपछि क्वारेन्टाइनमा
जहाजबाट ओराल्दा एक–अर्कालाई एक मिटरको दूरीमा राखिन्छ । विमानस्थलमै स्वास्थ्य परीक्षण गरिन्छ । कोही शंकास्पद भए तोकिएको अस्पताल लगिन्छ । सामान्य सबैलाई बसमा राखेर सीधै क्वारेन्टाइनमा पु¥याइन्छ । पाँचवटा बस व्यवस्था गरिएको छ । 

क्वारेन्टाइनमा विशेष नियम 
उद्धार गरिने एक सय ८५ जनाका लागि ६० कोठा व्यवस्थापन गरिएको छ । उचित दूरीको फरकमा एकदेखि तीनजनासम्म राख्ने गरी व्यवस्था गरिएको छ । ६ जनाले एउटा शौचालय प्रयोग गर्नुपर्नेछ । क्वारेन्टाइनमा रहँदा खाना, पानी, स्वास्थ्य उपचार सबै व्यवस्था छ । स्वास्थ्य टोली आवश्यकताअनुसार चौबिसै घन्टा सेवामा रहनेछन् । सबैको दिनमा दुईपटकसम्म तामक्रम जाँच हुनेछ । सबैको प्रारम्भिक जाँच क्वारेन्टाइनमा पुगेको २४ घन्टाभित्र र अर्को जाँच १४ दिनमा गरिनेछ । क्वारेन्टाइनमा अभिभावकहरूसँग भेटघाट गर्न पाइनेछैन ।  नयाँ पत्रिकामा खबर छ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x