पुस २८, २०८०
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
राजनीति समाजसेवा हो । राजनीति सबै नीतिको मूल नीति पनि हो । राजनीतिकै कारणले देश कता जाँदैछ भन्ने कुराको निर्धारण हुन्छ ।
अझ भन्ने हो भने जबसम्म देश राजनीतिक रूपमा बलियो हुँदैन तबसम्म समाज कमजोर नै रहन्छ । गरीब निमुखा जनतामाथि शोषण, दमन अत्याचार भइरहन्छ । समाजको प्रगति सोचेअनुसार हुन सक्दैन र समाजको रुपान्तरणमा बाधक बनिरहन्छ । यस्तै कुराको सिकाइबाट, अग्रजको प्रेरणाबाट अहिले कर्णाली प्रदेशसभामा सदस्य, प्रदेश सरकारमा कर्णालीका जनताको प्रतिनिधित्व गर्दै राजनीतिमा होमिएकी महिला नेतृ हुन् विमला केसी ।
हाल उनी कर्णाली सरकारको प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री हुन् ।
विसं २०३८ सालको मंसिर महिनामा रुकुम पश्चिमको सानीभेरी नगरपालिका वडा नं. ९ मा जन्मिएकी विमला २०५२ फागुन एक गते नै भूमिगत भएकी थिइन् । ६ वर्षको बाल्यकालमा बुवा गुमाएकी मन्त्री केसीको बाल्यवस्था संघर्षपूर्ण रह्यो ।
*****
सानै उमेरमा क्रान्तिकारी नाटक, गीत संगीतमा रुचि राख्ने विमला नाटक लेखनमा पनि उत्तिकै अब्बल थिइन् । आफूले लेखेको नाटकले दर्शकको मन जितेर रुवाएको समेत उनी स्मरण गर्छिन् । उनले लेखेका करीब दुई दर्जन नाटकमध्ये बदला र आक्रोश चर्चित नाटकमा पर्छन् ।
जब उनका बुवाको २९ वर्षकै उमेरमा निधन भयो । त्यतिबेला उनकी आमाले पनि ज्यान दिने प्रयास गरिन् । ‘आमाले आफू केही गर्न सक्दिनँ, चार वटा सन्तानको कसरी हेरचाह गर्ने भन्ने तनावले मृत्यु रोज्न पुगेतापनि गाउँलेले आमालाई बचाएछन्,’ मन्त्री केसी भन्छिन्, ‘गाउँले/ छिमेकीले उतिबेला बचाएपनि पछि भने हेप्ने काम गर्ने गर्थे । आमाले होटल सञ्चालन गर्ने भएकाले भात बेचेर छोराछोरी पढाउने महिला भन्दै खिसिट्यूरी गर्ने गर्थे ।’ तर पनि उनकी आमाले हिम्मत भने नहारेको उनको भनाइ छ ।
पिता गुमाएपछि उनले आमाको पीडा र संघर्षलाई नजिकबाट नियालिन् । '८ महिनाको भाइलाई स्याहार्नु कम्ता चुनौतीपूर्ण थिएन उतिबेला,' उनी स्मरण गर्छिन्, ‘बुवाले र हजुरबुवाले दुई वटा पसल सञ्चालन गरिरहनुभएको थियो । पसल राम्रै चलेको थियो रे ! तर पछि अंकल टोपबहादुर केसीले होटल चलाउनुभयो ।’
आमाले दुई कक्षासम्म मात्र पढेका कारण हिसाबकिताब गर्न गाह्रो हुने भएकाले बुवाको निधनपछि अंकललाई पसल चलाउन आग्रह गरेको र होटल भने आमा आफैंले सञ्चालन गरेको उनले बताइन् ।
दिनभरि खेतीपातीको काम गर्ने र साँझ विहान होटलमा आएका ग्राहकलाई घरकै जस्तो मीठो खाना खुवाउने तथा चौरजहारी विमानस्थल जाने बाटोमै भएका कारण होटल सरकारी कर्मचारीहरूले खाना खाने ठाउँको रूपमा स्थापित भयो ।
उनले होटलमा विभिन्न किसिमका मानिसहरू आउने, कुराकानी गर्ने गर्दा सही र गलतबारे बोल्नुपर्छ भन्ने कुरा बुझिसकेकी थिइन् । उनले आमाबाट समाजमा रहेका कुरीती, कुसंस्कारविरुद्ध लड्नुपर्छ भन्ने ज्ञान सिकिसकेकी थिइन् । अर्कोतिर विद्यालयमा अध्यापन गराउने शिक्षकबाट पनि उनले राजनीतिमा लाग्ने प्रेरणा पाइन् । उनको कान्छा बुवा तत्कालीन नेकपा मसालका एरिया इन्चार्ज भएका कारण पनि उनलाई राजनीतिमा लाग्ने प्रेरणा मिल्यो ।
उनी ६ कक्षामा पढ्ने बेलामा बहुदल आयो । बहुदल आएको भन्ने खबर चारैतिर आउँदा उनको मनमा पनि कौतुहलता बढेको थियो । उनी आफू बच्चैदेखि विद्रोही स्वभावको भएको बताउँछिन् । ‘बहुदल लठ्ठी टेकेर आउँछ कि कसरी आउँछ भन्ने हुटहुटी भइरह्यो,' उनले भनिन् । बहुदल आएकै बेलामा उनले विद्यालयमा पहिलो पटक अनेरास्ववियु छैठौंको सदस्यता लिइन् । ‘सदस्यता पाउँदा मलाई संसार जितेको महसूस भयो । सदस्यता पाएको बेलामा मुक्ति पाएजस्तो लाग्यो । मेरो भुँईमा खुट्टा थिएन । ११ वर्षमै साधारण सदस्यता पाउनुमा मलाई संसारमै विजय प्राप्त गरेको महसूस हुन्थ्यो,’ विगत स्मरण गर्दै उनले भनिन्, ‘घाँस काट्ने बेलामा पनि मेरो मनमा त्यही सदस्यताको झल्को आउने गर्थ्यो । उक्त सदस्यता धित मरुञ्जेल मैले हेरिरहेँ ।’
अखिलको सदस्यता पश्चात उनी इकाई सदस्य, महिला संगठनको एरिया अध्यक्ष बनिन् । उनले आफैंले महिला संगठनको ईलाका सम्मेलन गराएर आफैं अध्यक्ष बनिन् । विसं २०५० सालमा यस्तो अवस्था आयो कि विद्यार्थी संगठन, महिला संगठन र कलाकार संगठनको उनी एरिया कमिटी अध्यक्षका रूपमा सशक्त भूमिका खेलिरहिन् । भूमिगत हुनुअघि उनी आफू मानसिक तथा शारीरिक रूपमा तयार थिइन् । झोला रेडी अवस्थामा थियो । २०५२ फागुन १ गते उनी भूमिगत हुँदा आमाले केही परसम्म पुर्याउन गएकी थिइन् । उनी राजनीतिमा होमिनुको अर्को कारण पनि छ । त्यतिबेला उनको गाउँमा रहेका अधिकांश महिला घरेलु हिंसाको शिकार हुन्थे । घरपरिवारका सदस्यबाट पिटाइ खाएकी महिलाहरूको अवस्था देख्दा पनि उनलाई साह्रै दु:ख लाग्थ्यो । उनी सोच्थिन्- के महिला भएर जन्मिनु ती महिलाको दोष हो र ?
*****
केसी विसं २०५१ सालको अन्तिममा पार्टीको आधिकारिक सदस्य भइन् । उनलाई तत्कालीन रुकुम पश्चिम सेक्रेटरी हरिबहादुर रोकाले सदस्यता दिएका थिए । ‘सदस्यता दिनुपूर्व मेरो धेरै स्थानमा परीक्षण गरियो । गोपनियताको कक्षा दिइयो । लामो प्रक्रिया पार गरेपछि मात्रै मैले पार्टी सदस्यता पाएकी थिएँ,’ उनी भन्छिन्, ‘त्यसपछि पार्टीको पोलिटब्यूरो सदस्यसम्म भइसकेको थिएँ ।'
अहिले उनी नेपाल कम्युनिस्ट पार्टीको प्रदेश कमिटीमा छिन् । आफू कार्यकारी पदमा पुग्ने अवसर प्राप्त महिलाको संख्या कम भएको भन्दै पार्टीले माथिल्लो कमिटीमा आफूलाई लैजाने गरेको उनले बताइन् ।
*****
उनी आफूलाई मरेर बाँचेको भन्छिन् । विसं २०५५ सालको कुरा हो । जनयुद्धकै क्रममा उनको घर नजिकै रहेको प्रहरीले उनलाई खोजी गरिरहेको थियो । उनलाई खोज्ने बहानामा गाउँलेलाई प्रहरीले कानको जाली फुटने गरी हिर्काउने, अश्लील गाली गर्ने, धम्की दिने गरेको थियो । ढुंगा बोकाउने, निर्मम यातना दिने गर्दथ्यो । त्यही अवधिमा एक दिन उनी अलायाचौरदेखि गरैंला जाँदै थिइन् । रात परिसकेको कारण अलायाचौरमा नै रोकिइन् । उतै बसिन् । विहानपख ओसी झकविर ढकाल र उनी गइन् । ढकाल उनीभन्दा २५ मिटर अघि थिए । उनी पछि थिइन् । त्यतिबेला प्रहरीको निशानाबाट बच्न उनले धोती लगाइन् । अघिपछि उनी कुर्ता लगाउँथिन् । आफूसँग भएको झोलालाई कुम्लो पारेर टाउकोमा बोकिन् । गाउँका सर्वसाधारण महिलाकै जस्तो गरी लजाउँदै मुख छोपिन् । यो सबै उनले प्रहरीबाट बच्नका लागि गरेकी थिइन् । किनकि त्यता प्रहरीले माओवादीलाई खोजिरहेको थियो । 'म अब मर्छु होला जस्तो महसूस भइरहेको थियो । तरपनि अगाडि बढने निर्णय गरें । ढकाललाई प्रहरीले सोधिरहेको थियो तर ढकाल भने जात्रा हेर्न जाने भन्दै बहाना बनाइरहेका थिए । उनको झोलामा पर्याप्त दस्तावेज पनि थियो । झोला खोलेको भए प्रहरीले उनलाई र मलाई त्यहिँ सिध्याइदिन्थ्यो,' उनले भूमिगत हुँदाका दिन सम्झिइन् ।
उनी आममहिला जसरी त्यहाँबाट नहिँडेको भए प्रहरीको फेला पर्थिन् र जीवन जोखिममा पर्थ्यो । तर उनीमाथि प्रहरीले शंका गरेन । उनी फुत्किइन् । यसरी आफू दर्जनौं पटक प्रहरीको आँखा छल्न सफल भएको उनी बताउँछिन् । बच्नको लागि उनले महिलाहरूका पुराना चोली, धोती लगाउने, डोको समाएर घाँस काट्ने बहानामा जंगल जाने काम त कति गरिन् कति ।
उनी खाराका दुई वटा लडाईं तथा म्याग्दीको बेनीमा भएको आक्रमणमा सहभागी भएकी थिइन् । यसका अलावा आफूले सयौं सानातिना मुठभेडको सामना गरेको उनी बताउँछिन् ।
उनी २०६४ सालमा संविधानसभाको सदस्य बनिन् । संविधानसभा मार्फत् जनताका अपेक्षा पूरा गर्ने भन्दै उनी कानून निर्माणमा जुटिन् । संसदको राज्य व्यवस्था परामर्श समिति र संवैधानिक समितिमा सदस्यको रूपमा कामसमेत गरिन् । नयाँ संविधान बनाउँदा पहिल्यै रहेका पाँच वटा संवैधानिक आयोगलाई बढाउनुपर्छ भन्ने अभियानमा आफू लागेको मन्त्री केसीको भनाइ छ । कांग्रेस, एमालेका नेताहरूलाई पनि सहमतिमा ल्याउनुपर्ने परिस्थिति रहेको स्मरण गर्दै उनले आफूहरू महिला आयोग, दलित आयोग, मुश्लिम आयोग, जनजाति आयोग, अपाङ्ग अल्पसंख्यक र पिछडिएका वर्गको समस्या समाधान गर्ने आयोग, थारु आयोग गठनको व्यवस्था संविधानमा लेखाउन सफल भएको बताउँछिन् ।
उनी अहिले मन्त्री भइसकेपछि महिला, दलित र पछि परेका समुदायलाई राज्यका मुलधारमा ल्याउनका लागि रूपमा आतमनिर्भर नबनाएसम्म सम्भव नहुने निष्कर्षमा पुगेकी छन् । ‘मैले लामो समय यो क्षेत्रमा काम गरेँ । राजनीति गरेँ । सबैलाई समान हैसियतमा पुर्याएको खण्डमा महिला दलित, जनजातिलाई आर्थिक रूपमा सबल बनाउन सकेको खण्डमा मात्रै समाजमा रहेका हिंसा न्यूनीकरण हुन्छन् । कसैसँग केही मागेको खण्डमा माग्ने व्यक्ति जसरी पनि हेपिन्छ । यो मेरो भोगाइ हो,’ राजनीतिक शास्त्रमा स्नातकोत्तर गरिरहेकी मन्त्री केसीले भनिन्, ‘श्रीमान कमाउने भएको घरमा श्रीमती हेपिएकी हुन्छिन् तर श्रीमतीले घरमा गरेको कामको हिसाब नदेख्ने हाम्रो समाज छ । यसकारण सबैभन्दा ठूलो कुरा आत्मनिर्भरता हो । आत्मनिर्भर बनेपछि अन्य समस्या समाधान हुँदै जाने मेरो बुझाइ हो ।’
उनले मन्त्रालयले स्वरोजगारी, आत्मनिर्भरताका लागि सीपमूलक कार्यक्रम महिला, दलित तथा लक्षित वर्गका लागि ल्याइरहेको बताइन् । यसका अलावा आगामी दिनमा महिला दिदिबहिनीलाई राज्यको मूलधारमा ल्याउनका लागि सकेसम्म अधिकतम प्रयास गर्ने उनको भनाइ थियो ।
उनले राजनीतिमा निष्ठा हराउँदै गएको महसूस भएको समेत बताइन् । ‘उतिबेला गलत काम गर्नेलाई तत्काल कारवाही हुन्थ्यो । हरेक कार्यकर्ता नेतृत्वसँग जवाफदेही हुनुपर्थ्यो । तर अहिले संस्कार फेरिएको छ । अहिले गुटउपगुटभन्दै गुटको पूजा गर्ने प्रचलन बढेको छ,' उनी भन्छिन्, ‘पार्टी विधिअनुसार चलेको छैन । जहाँ पायो त्यहिँ आफ्नालाई संरक्षण गर्ने र अरूलाई समाप्त पार्ने खेल भइरहेको छ । यसले नेकपाको भविष्य उज्जवल पार्दैन । राजनीतिक दल पनि विधिमा चल्नुपर्छ । अहिले आएर दल विधिमा नचल्दा, व्यक्ति विधिमा नचल्दा मन खल्लो भएको छ ।’ उनले दलभित्र सुशासनको आवश्यकता भएको पनि बताइन् ।
‘जनयुद्धमा होमिँदा जुन आशा र अपेक्षा लिएर म होमिएकी थिएँ, अहिले ठीक त्यसको विपरीत हुँदै गइरहेको मैले महसूस गरेकी छु,’ उनी भन्छिन्, ‘यदि यसरी विधिअनुसार दल नचल्ने भन्ने थाहा पाएको भए सायद म राजनीतिमा आउँदैन थिएँ होला ।’ यद्यपि आफू राजनीतिमा रहुञ्जेल महिलाको साथी बनिरहन प्रयास गरिरहने केसीको प्रतिवद्धता थियो ।
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...