×

NMB BANK
NIC ASIA

बालुवाटार प्रकरणमा विष्णु पौडेल निर्दोष छन् : डा. सुन्दरमणि दीक्षित

फागुन ३, २०७६

NTC
Sarbottam
तस्वीर सौजन्य : रिपोर्टर्स नेपाल
Premier Steels
Marvel

नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले ललिता निवास जग्गा प्रकरणमा विष्णु पौडेल निर्दोष भएको टिप्पणी गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

बिहीबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भ्रष्टाचार नियन्त्रणमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली असफल भएको उनको आरोप छ । उनले भने,‘भ्रष्टाचार नियन्त्रण गर्न पनि ओली असफल भए ।’


Advertisment
Nabil box
Kumari

बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा जसरी मुद्दा हालियो त्यसमा पनि विभेद भएको उनको टिप्पणी छ । उनले भने,‘अख्तियारले गर्नै नहुने काम गर्‍यो । विजय कुमार गच्छदारलाई मुद्दा हाल्दा तत्कालिन प्रधानमन्त्रीलाई किन मुछिएन ? बदमासी गच्छदारको होला तर, त्यतिवेला प्रधानमन्त्री त माधव नेपाल हुनुहुन्थ्यो, उनले किन रोकेनन् । अख्तियारले छोड्नै नहुने थियो ।’

Vianet communication
Laxmi Bank

उनले यो प्रकरणमा नेकपाका महासचिव विष्णु प्रसाद पौडेल निर्दोष भएको बताए । उनले भने,‘राजनीतिक रुपमा पनि उनी त्यतिवेला शक्तिमा थिएनन्, उनले पावर लगाउने कुनै कुरै थिएन । उनलाई त दलालले जग्गा देखाए, उनले किनिदिए । म त विष्णु पौडेलका छोरा नवीन पौडेल पनि दोषी भन्दिन । तर, उनीहरुले अहिले जसरी जग्गा फिर्ता गरेर सरकारीकरण गराए, यो त आत्तिएर दिए । मुद्दा लडेको भए हुन्थ्यो । महाबदमासी त्यही क्याविनेटबाट भएको हो ।’

तत्कालीन प्रधानमन्त्री नेपाल दाेषी भएको बताउँदै उनले उनलाई अख्तियारले त्यसै छाड्न नहुने तर्क गरे ।

उनले वर्तमान सरकार गठन भएको दुई वर्ष पूरा भएको सुनाउँदै यो अवधिमा सरकारले जनताले देखिनेगरि खासै काम गर्न नसकेको आरोप लगाए । उनले भने,‘सरकारले काम गर्न सकेन् । यो सरकार सफल होईन ।’

दुई तिहाई बहुमत प्राप्त सरकारले काम गर्न नसक्नुमा उनले प्रधानमन्त्री ओली स्वयम रोगले ग्रसित हुनुलाई देखाए । उनले भने,‘ओली त मिर्गौला रोगले ग्रस्त भैसकेका रहेछन्। आँट त गरे, तर फिजिकल्ली गर्न सकेनन् । रोगी भएर काम गर्न सकेनन् । अर्को कुरा पार्टीकै अर्का अध्यक्ष पुष्पकमल दाहालले अढाई वर्षको तरवार झुण्ड्यार्ईएकोले काम गर्न सकेनन् । प्रचण्डसँग ओलीले केही न केही वाचा गरेका होलान् । प्रचण्डले अनि त अढाई वर्षको कुरा बारबार भने । ओली त यो अवधिमा असफल नै भए । जुन गतिमा काम हुनुपर्दथ्यो, त्यो भएन् ।’

उनले मुलुक संघीयतामा गैसकेकोले केन्द्र र प्रदेशबीच समन्वय नभएको सुनाए । उनले भने,‘केन्द्र र प्रदेशबीच खिचातानी भयो । आज एउटै पार्टीको हुँदा त यस्तो अवस्था छ । भोलि अर्को पार्टीको भए के होला । जनताले न मेलम्ची पाउन सके, न त विकास नै पाए । पर्यटन वर्षलाई कोरोनाले खाईसक्यो । देखिनेगरि सफलता ओलीको भएन । अब भित्रभित्र भए त म भन्न सक्दिन ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x