कात्तिक २२, २०८०
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
बेलौरी नगरपालिका–७ पौलाहा, कञ्चनपुरकी ३१ वर्षीया सुनिता चौधरी 'सानु'ले आफ्नो जीवनमा आएको निकै उतारचढावलाई स्मरण गर्दा क्षणभरमै भावुक हुन्छिन् ।
पतिको देहन्तपछि काखे छोराको पालनपोषणको पूर्ण जिम्मेवारीसँगै वियोगको पीडा र दोस्रो विवाहपछि झेलेको घरेलु हिंसालाई स्मरण गर्दा उनको आँखा रसाएर आउँछ । तर जीवन नै संघर्ष हो भन्ने यथार्थ बुझेकी सुनिताले कुनैपनि चुनौतीसँग हार मानेकी छैनन् । परिवार, समाजको मन जित्दै क्रमिक रूपमा सफलता हासिल गर्दै गएकी छन् ।
उनी आफ्ना २ बच्चासहित ११ बच्चाको आमा बन्न सफल भएकी छन् । २०७० सालदेखि परिवार बालगृह सञ्चालन गर्दै आएकी उनी आफ्ना २ र ९ जना अनाथ बालबालिकाहरूलाई आमाको माया र ममता दिई हुर्काइरहेकी छन् । भवितव्य र हिंसाबाट विक्षिप्त बनेकी उनै सुनिता आज समाजकी रोल मोडल हुन् ।
विस २०७० सालदेखि परिवार बालगृह सञ्चालन गरेकी उनी उच्च मनोवलका साथ अनाथ बालबालिकाहरूलाई माया र ममता दिई हुर्काइरहेकी छन् ।
‘छोरा जन्मिएको चार महिनापछि पहिलो श्रीमानको मृत्यु भयो । मेरो छोरो टुहुरो भयो । म विधुवा भएँ । म सोच्थेँ- म हुँदा त मेरो छोरोको यो अवस्था छ । जुन बालबालिकाको त कोही पनि हुन्न, उनीहरूको के हालत हुन्छ ? पछि मेरो यही सोचले मलाई बालगृह सञ्चालनसम्मको यात्रामा डोहोर्यायो,' उनी भन्छिन् ।
सुनिताको माइती राप्ती सुनारी गाउँपालिका–३ बाँके हो । उनको पहिलो विवाह मानपुर, दाङका कालुराम थारुसँग १३ वर्षको उमेरमा भयो । नाचगानमा उत्तिकै रुची राख्ने उनीहरूको नाचगानकै क्रममै माया बस्यो । अन्ततः उनीहरूको प्रेम सम्बन्ध कलिलै उमेरमा विवाहमा परिणत भयो ।
शुरूआती दिन साह्रै रमाइला थिए उनीहरूको । ४ महिनाको छोरा हुर्किरहेको थियो । सांस्कृतिक कार्यक्रम भनेपछि हुरुक्कै हुने उनीहरू नाचगानमै रमाइरहेका थिए । तर एक दिन कालुराम नाच्दानाच्दै भुँईमा बजारिए । त्यसपछि उनी कहिल्यै उठेनन् । उनको हृदयघातको कारण निधन भयो ।
अनि शुरू भयो सुनिताको कहालीलाग्दा दिनहरू । उता छोराको जन्म भयो । छोराको आगमनले खुसियाली मनाउनुपर्नेमा उनी पतिको वियोग र अभावमा विक्षिप्त बनिन् । उसो त उनको ससुरालीमा अपुग केही पनि थिएन । परिवारजनको राम्रो व्यवहार भएपनि उनी श्रीमानकै अनुपस्थितिले बरालिन थालिन् ।
‘सासु, ससुरा, जेठाजु, जेठानीले मलाई छोरी झैं माया गर्थे । कहिलेकाहिँ त भन्ने गर्थे राम्रो केटा खोजेर यहाँबाटै विवाह गरी दिन्छौं,' उनले विगत सम्झिइन्, 'तर मैले विवाहवारे सोचिनँ । छोराकै मुख हेरेरै बसेँ ।’
दिन बित्दै जाँदा पश्चिम नेपालकी थारु चेली छोरासहित पूर्वी नेपालको काँकरभित्ता पुगिन् । नोट पोइन्ट बोडिङ स्कूलको होस्टेलमा काम गर्न गएकी उनी छोरासँगै सोहही स्कूलमा कक्षा ७ कक्षामा भर्ना भइन् । २ वर्षपछि पुनः उनी फर्किइन् गृह जिल्ला । तर उनी न माइती बसिन् न घरमा । बर्दियाको बाँसगढीमा उनी साथीको घरमा बस्न थालिन् । त्यहाँबाट एसएलसी र प्रवीणता प्रमाणपत्र तहको अध्ययन पनि पूरा गरिन् । त्यसलगत्तै जीविकोपार्जनको लागि नेटवर्किङ व्यवसायमा जोडिइन् ।
नेटवर्किङ व्यवसायमा राम्रो व्यावसायिक सफलता हासिल पनि गरिन् । व्यवसायको क्रममा उनी बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुरसम्म पुग्न थालिन् ।
कञ्चनपुर उनको मामा घर पनि हो । जुनकारण कञ्चनपुरमा नेटवर्किङ व्यवसायमा उत्तिकै सफलता हासिल गरेको सुनिता बताउँछिन् । यसैबीच उनको कञ्चनपुरको बेलौरी गाउँपालिका–७ पौलाहाका आफ्नै ठूली आमाको नाती दिलेन्द्र चौधरीसँग भेट भयो ।
सुनिताको कार्यशैली, काममा निपूर्णताले गर्दा दिलेन्द्र निकै प्रभावित थिए । एकल महिला, त्योपनि एक छोराको आमा भएपनि दिलेन्द्रले एकाएक विवाहको प्रस्ताव राखे उनलाई । शुरूमा प्रस्तावप्रति पत्यार लागेन उनलाई । तर उनको अवस्था दिलेन्द्रले सहर्ष स्वीकार गर्दै आगामी दिन सँगै संघर्ष गर्ने बाचापछि सुनिता राजी भइन् । तर दिलेन्द्रका परिवारजनले स्वीकार गरेनन् ।
‘हाम्रो सम्बन्धलाई परिवारले स्वीकार गरेनन् । उहाँले घरमा मलाई लिएर जाँदा परिवारजनले भौतिक र मानसिक यातना समेत दिए,' परिवारजनले उखेलिएदिएको टाउको रौं देखाउँदै उनले अगाडि भनिन्, 'तर हामीले कुनै किसिमले प्रतिकार गरेनौं । विश्वासकै भरमा श्रीमान र श्रीमतीको रूपमा सँगै बस्न थाल्यौं ।’
भनिन्छ- मानवको मुस्कान, उसको स्वभावले निर्जीवको पनि मन पग्लिन्छ रे ! मान्छेलाई प्रभाव नपार्ने त कुरै भएन । उनको त्यही गुणले गर्दा उनी परिवारमा सबैभन्दा प्यारी छिन् । उनी भन्छिन्, 'आजभोलि मेरो परिवार म विना आधुरो रहन्छ । सबैले मलाई माया गर्नुहुन्छ । म पनि उत्तिकै ध्यान दिन्छु ।’
श्रीमानकै सहकार्य र काठमाडौंमा रहेको न्यू बिगेनिङ चिल्ड्रेन होमका सञ्चालक बबी अधिकारीको सहयोगमा उनी बालगृह सञ्चालन गरेकी हुन् । बालगृहमा रहेका बालबालिकाहरू धनगढीस्थित एक्सिस विद्या आश्रम इंग्लिस् बोर्डिङ स्कूलमा अध्ययन गर्दै आएका छन् ।
‘दिलु’लाई सदैव सम्मान गरिरहन पाउँ
अध्ययनप्रति औधी रुची राख्ने सुनिता सामाजिक कार्यमा पनि उत्तिकै अग्रसर छिन् । सामाजिक कार्यमा नेतृत्व लिन कहिल्यै पछि पर्दिनन् । उनी थारु कल्याणकारिणी सभा कञ्चनपुरकी उपसभापति हुन् । जन्मिनु ठूलो कुरा नभएको बताउने उनी जीवनको सार्थकता त्यतिबेला पाउने बताउँछिन्, जतिबेला समाजले त्यो व्यक्तिबाट परिवर्तनको आभाष गर्छ ।
उनका पति दिलेन्द्र पनि उत्तिकै सामाजिक कार्यमा तल्लीन छन् । उनले बीएसडब्लूसम्मका अध्ययन गरेका छन् । दिलेन्द्र र सुनिताको मजबुत र प्रगाढ सहयात्राको छहारीमुनि सो बालगृह फक्रिँदै गएको छ । मायाले ‘दिलु’को उपनाम दिँदै आएकी सुनिताले पति दिलेन्द्रलाई सधैं ठूलो–ठूलो कार्यक्रममा सम्मान गरिरहन मन लागिरहन्छ । पतिप्रतिको प्रेम अभिव्यक्त गर्दै उनी भन्छिन्, ‘जिन्दगीमा नाता अनि सम्बन्ध त धेरै नै हुने गर्छन् तर महत्वपूर्ण त त्यो हुन्छ, जुन आजीवन अनि हरपल एउटा साथी बनेर साथ निभाइरहेको हुन्छ ।’
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...