×

NMB BANK
NIC ASIA

गणित विषयमा सामुदायिक विद्यालय कमजोर

फागुन ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बाँकेको कोहलपुर नगरपालिकाभित्रका सामुदायिक विद्यालयका विद्यार्थी गणित विषयमा कमजोर रहेको पाइएको छ । 

Muktinath Bank

कोहलपुर नगरपालिका शिक्षा शाखाले सार्वजनिक गरेको शैक्षिक उपलब्धि २०७५÷०७६ मा सबैभन्दा बढी गणित विषयमा विद्यार्थी कमजोर रहेको देखाएको हो । तथ्याङ्कअनुसार यहाँका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी गणितमा सबैभन्दा बढी कमजोर देखिन्छन् । गत आव २०७५÷०७६ मा सामुदायिक स्कुलमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा अध्ययनरत विद्यार्थी अन्य विषयभन्दा गणितमा कमजोर रहेको शिक्षा शाखा प्रमुख अनन्तकुमार पौड्यालले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'सामुदायिक विद्यालयमा शिक्षकले पुरानै पद्धतिबाट अध्यापन गराउँदा यो समस्या आएको हो', उनले भनेे, 'शिक्षकले राम्रोसँग आफ्नो जिम्मेवारी पूरा गरेकोसमेत देखिँदैन ।' सामुदायिक विद्यालयका विद्यार्थी गणित विषयमा कमजोर रहेको पाइएपछि कोहलपुर नगरपालिकाको शिक्षा शाखाले अहिले ती विषयका शिक्षकका लागि ‘सिकाइ केन्द्र’ समेत स्थापना गरेको छ । 


Advertisment
Nabil box
Kumari

'विकास र समृद्धि गराउन गणित विषयको भूमिका निकै महत्वपूर्ण रहन्छ', प्रमुख पौड्यालले भने, 'गणित विषय तार्किकरुपमा अध्यापन गराउनुपर्ने देखियो ।' नगरभित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी गणितमा कमजोर नतिजा ल्याएको पाइए पनि नतिजा सुधार गर्न नगरपालिकाले शिक्षकलाई तालीम दिन शुरू गरेको छ । 

Vianet communication
Laxmi Bank

कोहलपुर नगरपालिका–१ का वडाध्यक्ष गोपीलाल खनालले शिक्षामा प्रविधिको प्रयोग नभएको कारणले गणित विषयमा कमजोर भएको बताए । 'गणितमा अध्यापन गराउन ज्यामिती, विजगणित र अङ्क गणितीयरुपमा विकास भएको हुन्छ', उनले भने, 'यसलाई व्यावहारिकरुपमा अध्यापन गराउन शिक्षक अपडेट हुनुपर्छ ।' 

यस्तै जनज्ञानज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक एकदेव पन्थीले गणित विषयमा कमजोर भएपछि गणित शिक्षकको लागि सिकाइ केन्द्र स्थापना गरेको बताए । 'कोहलपुर नगरपालिकाका विद्यार्थी गणित विषयमा एकदमै खस्कँदो अवस्थामा पुगेको छ', उनले भने, 'कमजोर विद्यार्थीको शैक्षिक विकास गर्नका लागि सबै गणित शिक्षकलाई सिकाइ केन्द्रमार्फत सिकाइरहेका छौँ ।'

विद्यालय प्रधानाध्यापक पन्थीका अनुसार प्रदेश नं ५ का गणित विषयका प्रशिक्षकबाट कक्षा सञ्चालन भइरहेका छन् । 'पुरानै तरिकाबाट अध्यापन गराउँदा विद्यार्थीले बुझेनन् कि भन्ने धारणा आएकाले यो कार्य गर्न लागेका हौँ'’ उनले भने, 'गणित विषयलाई कसरी अध्यापन गराउने, कुन सामग्री प्रयोग गर्ने, प्रविधिलाई कसरी प्रयोग गर्ने खालका विषयमा शिक्षकलाई प्रविधिकरण गरिरहेका छौँ ।' 

यस्ता कार्यले बालबालिकालाई गणित विषयमा उत्कृट नतिजा ल्याउन सक्ने उनको विश्वास छ । कोहलपुर नगरपालिकाका विद्यालय निरीक्षक जीवन न्यौपानेले अभिभावकको कमजोरीका कारण विद्यार्थी कमजोर भएको बताए । 'अभिभावकले सामुदायिक विद्यालय भन्ने बित्तिकै मनोबल घटाउनुहुन्छ', उनले भने, 'सामुदायिक विद्यालयको उन्नयन र विकासका लागि सबै अभिभावक सचेत र जागरुक हुनुपर्दछ ।' 

शिक्षकले बालबालिकालाई निरन्तररुपमा शिक्षण क्रियाकलाप नगराएकाले पनि कमजोर भएको उहाँको भनाइ थियो । जनता माध्यमिक विद्यालय मैटहवाका गणित शिक्षक विष्णुबहादुर केसीले गणित विषयलाई केन्द्रीय तहबाटै कमजोर बनाइएको बताए । 'पाठ्यक्रमबाटै गणित विषयलाई हटाउने प्रस्ताव आएपछि हामीले पनि त्यति ध्यान दिएनौँ', उनले भने, 'तर हामीबाट कमजोरी भएको छैनन् ।' 

आफूहरुले ‘इनकोडिङ र डिकोडिङ’ माध्यमबाट विद्यार्थीलाई अध्यापन गराउँदै आएको उहाँको भनाइ थियो । उनले विद्यार्थीलाई विद्यालयको कक्षाकोठाभन्दा बाहिर गणित सिक्ने अवसर नभएको गुनासो गर्नुभयो । 'कक्षाकोठामा मात्र सिकेको सिकाइ कति हुन्छ र ? उनले प्रतिप्रश्न गरे, यसमा न त अभिभावक नै जिम्मेवार छन् न त बालबालिका नै । यसले भविष्यमा गणित शिक्षा क्षेत्रमा झनै चूनौतीको रुपमा सिर्जना हुन्छ', केसीले भने । 

कोहलपुर नगरपालिका शिक्षा शाखाले सार्वजनिक गरेको शैक्षिक उपलब्धि २०७५÷०७६ को अनुसार गणित विषयमा कक्षा १ देखि ३ सम्म ६१ प्रतिशतमात्र उत्तीर्ण भएको तथ्याङ्क छ । कक्षा ४ देखि ५ सम्म २०.९४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने कक्षा ६ देखि ८ सम्म ४९ प्रतिशत उत्तीर्ण भएका छन् । कोहलपुर नगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयमा नेपाली, स्वास्थ्य, सामाजिक विषयमा बढी उत्तीर्ण भएको तथ्याङ्कले देखाएको छ । काशीराम शर्मा,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x