एमसीसीका कारण ५ वर्षपछि ऊर्जा उपयोगको तस्वीर बदलिने छ : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को कार्यान्वयनले ५ वर्षपछि नेपालको वैदेशिक व्यापार र ऊर्जा उपयोगको तस्वीर बदलिने बताएका छन् । 

शनिवार प्रतिनिधिसभा बैठकमा सरकारका २ वर्षे कामको उपलब्धि सुनाउने क्रममा ओलीले एमसीसी कार्यान्वयनको प्रतिबद्धता दोहोर्‍याका हुन् ।


Advertisement

‘एमसीसी अन्तर्राष्ट्रिय दीर्घकालीन महत्त्वको आयोजना मात्र नभइ ऊर्जा व्यापारको लागि कोशेढुङ्गा सावित हुनेछ । राष्ट्रिय गौरवको आयोजनाको हैसियतमा ५ वर्ष पूरा भइसक्दा वैदेशिक व्यापार ऊर्जा उपयोगको तस्वीर बदलिने छ,’ ओलीले भने ।

ओलीले नेपालमा टुकी र दियालो युग सधैंका लागि अन्त्य भएको बताए ।  


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्