२६ जेठ २०८३, मंगलबार

टिप्परको ठक्करबाट २ विद्यार्थीको मृत्यु

फागुन ३, २०७६
टिप्परको ठक्करबाट २ विद्यार्थीको मृत्यु
प्रतिकात्मक तस्वीर

विराटनगर महानगरपालिका–४ को विराटनगर–धरान सडक खण्डमा टिप्परको ठक्करबाट २ जना मोटरसाइकलमा सवार विद्यार्थीको शनिवार मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगरबाट इटहरीतर्फ गइरहेको को१ख ७३०९ नम्बरको टिप्परले र सोही दिशातर्फ गइरहेको प्र२–०१–००१प १६०८ नम्बरको मोटरसाइकललाई महानगर स्वागतद्वारस्थित ठक्कर दिंँदा २ जनाको मत्यु तथा १ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सप्तरीको पतरा निवासी २२ वर्षीय हरेराम साह र सिरहा जिल्ला सुखिपुरका १९ वर्षीय ओजिर रायन र सप्तरीको रुपनी निवासी २० वर्षीय धनराज यादव रहेको प्रहरीले जनाएको छ । ३ जना सवार मोटरसाइकल ओभरटेकका क्रममा ठक्कर खाँदा दुर्घटना भएको हो ।

ती विद्यार्थी गोल्डक पार्क कलेजमा ओभरसिरयरमा अध्ययनरत रहेका छन् । घाइते यादवको प्रादेशिक (कोशी) अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना गर्ने चालक र टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्