२७ जेठ २०८३, बुधबार

सवारी दुर्घटनामा १ जनाको मृत्यु

फागुन ३, २०७६
सवारी दुर्घटनामा १ जनाको मृत्यु

मकवानपुरको मनहरीमा शनिवार बिहान ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रूपन्देही धकदही गाउँपालिका–३ घर भएका २६ वर्षीय अकबर खान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

नारायणगढबाट हेटौंडातर्फ आउँदै गरेको ना६ख २३७ नम्बरको गोरु बोकेको ट्रक मनहरी गाउँपालिका–६ सुनाचुरीमा भएको सो दुर्घटनामा खानको मृत्यु भएको हो ।

दुर्घटनामा रुपन्देही रोहनी गाउँपालिका–६ घर भएका ४० वर्षीय मकबुल महरु मुसलमान गम्भीर घाइते भएका छन् । उनको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले बताए ।

ट्रक चालक र सहचालक फरार रहेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्