२७ जेठ २०८३, बुधबार

आवधिक योजना र कानुन निर्माणमा प्रदेश ५ पहिलो : मुख्यमन्त्री पोखरेल

आवधिक योजना र कानुन निर्माणमा प्रदेश ५ पहिलो : मुख्यमन्त्री पोखरेल

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आवधिक योजना निर्माण र कानुन निर्माणमा प्रदेश ५ पहिलो भएको बताएका छन्।

प्रदेश स्थापनाको दुई वर्ष पूरा भएको अवसरमा बुटवलमा आयोजित मूल समारोहमा मुख्यमन्त्री पोखरेलले दुई वर्षमा प्रदेश सरकारले आफ्नो महत्वपूर्ण उपस्थितिको जग स्थापना गरेको बताए।

उनले तीन तहको निर्वाचनपश्चात शून्य संरचनामा स्थापित प्रदेश सरकारले स्थापनाको छोटो समयमै सबैले सुन्ने र देख्ने गरी कार्यान्वयन गर्न सफल भएको दाबी गरे। उनले भने, ‘प्रदेश अब सुन्ने मात्र हैन, देखिने अवस्थामा पुगेको छ । जिल्लामा प्रदेश सरकारका मन्त्री र सचिव जाँदा शिलान्यास हैन उद्घाटन गर्ने अवस्थाको सिर्जना भएको छ।’

उनले प्रदेश सरकार अन्तरराष्ट्रिय सम्बन्धको विकासका लागि प्रदेश र प्रदेशअन्तर्गतका विभिन्न स्थानीय तहले मित्रराष्ट्रका विभिन्न प्रान्त र शहरसँग भगिनी सम्बन्ध स्थापना हुनुले अन्तरराष्ट्रियस्तरमा प्रदेश र स्थानीय तह स्थापित हुन सफल भएको बताए।
 

salt training

कमेन्ट गर्नुहोस्