अब आर्थिक क्रान्तिको युग : प्रवक्ता श्रेष्ठ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले अबको नेपालको आर्थिक क्रान्तिको युग हुने बताएका छन्।

गोरखाको सिराचोक गाउँपालिका–६ मा आज आयोजित  कार्यक्रममा उनले राजीतिक परिवर्तनलाई माध्यम बनाएर आर्थिक क्रान्तिको प्रक्रिया अगाडि बढाउन दृढतापूर्वक सरकार अगाडि बढिरहेको बताए।


Advertisement

प्रवक्ता श्रेष्ठले सरकार बनेको दुई वर्षमा सबै कुराको विकास सम्भव नभएको पनि बताए। जनताको जीवनस्तर नै परिवर्तन गर्न दुई वर्षको समय पर्याप्त नभएको उनको भनाइ थियो ।

‘नेपाली जनताले देशको आर्थिक परिवर्तनका लागि नेपाल कम्युनिष्ट पार्टीलाई दुई तिहाइको मत दिएर सरकारमा पठाएको हो,’ प्रवक्ता श्रेष्ठले भने, ‘यसमा जनताको ठूलो आशा र भरोसा छ तर त्यो अहिले नै सबै पूरा गर्न सजिलो छैन।’ 
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्