माघ २४, २०८०
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
‘हेलो, बुवा हामी आयौं।’ एमबीबीएस अध्ययन गर्न चीन गएकी मीमांशाको बोली सुनेपछि उनका बुवा डा. मोहन खतिवडाले ओढिरहेको सिरक फाले। घरमा ओच्छयानमै रहेका डा. खतिवडा र त्रिभुवन विमानस्थलमा ओर्लिएकी मीमांशाबीच आइतबार बिहान ४ बजेर २५ मिनेटमा फोनमा कुराकानी भएको हो। उनले कोरोना भाइरस (कोभिड–१९) को सामना गरेर स्वदेश फर्किएकी छोरीको सुस्वास्थ्यको कामना गरे।
मीमांशाले चीनको वुहानबाट उद्धार, त्यसपछि नेपाल आउँदाको क्षणबारे संक्षेपमा सुनाइन्। डा. खतिवडाले पनि भक्तपुर खरिपाटीस्थित क्वारेन्टाइनमा बस्ने बन्दोबस्त भएको सुनाए। यसका लागि डा. खतिवडाले सरकार र सञ्चारमाध्यमलाई धन्यवाद दिए। ‘कोरोना भाइरस संक्रमणको डरबाट मुक्त भयौं। ढुक्कजस्तै भइयो’, उनले साँझ भने, ‘तर, चिसो ठाउँमा क्वारेन्टाइन रहेकाले मौसमी फ्लुको डर लागिरहेको छ।’
चीनको हुपै प्रान्तको वुहान सहरबाट नेपालीको उद्धारपछि उनीहरूका अभिभावक खुसी छन्। भाइरस संक्रमणको त्रासबीच उद्धारका लागि सरकारसँग हारगुहार गरेका उनीहरू सन्तानको मुहार हेर्न आतुर देखिएका छन्। १४ दिनसम्म बस्ने क्वारेन्टाइनमा कुनै संक्रमण नहोस् भनेर उनीहरूले कामना गरिरहेका छन्।
राष्ट्रिय ध्वजावाहक विमानमार्फत स्वदेश आएका १ सय ७५ मध्ये अधिकांश विद्यार्थी छन्। सामान्य ज्वरो आएर उतै छुटेका नेपालीप्रति मीमांशाले चिन्ता व्यक्त गरेको डा. खतिवडाले बताए।
चीनमा एमबीबीएस अध्ययनरत भतिज अनिल यादवको उद्धारमा ढिलाइ नहोस् भनेर हारगुहार गर्ने क्रममा मीना यादव सञ्चारकर्मीसामु रोएकी थिइन्। स्वदेश फर्किएका भतिजसँग कुराकानी गरेको उनले सुनाइन्। ‘तपाईंहरूले मेरो रुवाइलाई हाइलाइट गर्नुभयो। मिडिया र मानवअधिकार आयोग धन्यवादका पात्र हुन्’, उनले भनिन्, ‘ढिलो भए पनि सरकारले उद्धार गर्यो।’ भतिज यादवसँग आइतबार दुईपटक फोनमा कुराकानी भएने उनले सुनाइन्। क्वारेन्टाइनमा नास्ता र खानासमेत खाएको उनले बताइन्।
एनेस्थेसिया (बेहोस पार्ने विधि)मा पोस्ट ग्र्याजुएट अध्ययनरत छोरीले विमानस्थलबाट फोन गर्दा ललितपुरका नेमकृष्ण ताम्राकार दंग परे। ‘ढिलो उद्धार गरे पनि सरकारलाई धन्यवाद दिनै पर्छ। क्वारेन्टाइनको व्यवस्था गरेको छ’, उनले भने, ‘यो अवधिमा पनि छोरीलाई स्वस्थ नै देख्न पायौं।’
अभिभावक र परिवारका सदस्यसँग भेट्ने प्रबन्ध नगरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए। ‘सुरक्षा संवेदनशीलता एवं उच्च स्वास्थ्य जोखिमका कारणले गर्दा भेटघाटको प्रयास नगर्न अपिल गरेका हौं’, प्रवक्ता श्रेष्ठले भने। मन्त्रालयको अपिलअनुरूप अभिभावकहरू त्रिभुवन विमानस्थल र खरिपाटीस्थित क्वारेन्टाइन स्थलमा नगई फोनवार्तामै रमाए।
भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र भवनमा क्वारेन्टाइन बनाइएको छ। त्यहाँ उनीहरूलाई २४ सै घण्टा स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ। आइतबार दिउँसो घाँटीको र्याल निकालेर प्रयोगशालामा लगिएको छ। शंकास्पद रोगको लक्षण देखिए तुरुन्त उपचारका लागि अस्पताल लैजान एम्बुलेन्सको व्यवस्था गरिएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले तोकेको मापदण्ड एवं अन्तर्राष्ट्रिय स्वास्थ्य नियमअनुरूप क्वारेन्टाइन व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ। अन्नपूर्ण पोस्टमा खबर छ ।
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...