×

NMB BANK
NIC ASIA

म चलचित्र क्षेत्रमा प्रवेश गर्दा परिवारले रुचाएका थिएनन् : राजेश हमाल

फागुन ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

‘नेपाल अन्तर्राट्रिय फिल्म फेस्टिभल’ (निफ) मा आफ्नो कथा सुनाइरहेका थिए, महानायक राजेश हमालले। आइतबार राष्ट्रिय सभागृहको प्रेक्षालयमा उनले आफ्नो अभिनय फिल्म यात्रासँगै पारिवारिक पृष्ठभूमि पनि खोतल्न भ्याए।

Muktinath Bank

नेपाली फिल्म क्षेत्रबाट आफूले नाम, दाम अनि पहिचान बनाउन सकेकोमा हमालले गर्व गरे। तर फिल्म क्षेत्रमा आफ्नो प्रवेश परिवारले नरुचाएको सुनाए, ‘पाकिस्तान हिँड्ने बेलामा बुवाले मलाई बिदाइको हातसम्म हल्लाउनु भएन। किनकि मेरो फिल्म रोजाइप्रति उहाँ सन्तुष्ट हुनुहुन्नथ्यो।’ फिल्म यात्राको सफलता बुवालाई देखाउन नपाएकोमा अनि बुवासँगको चिसो सम्बन्धले हमाललाई आज पर्यन्त पोलिरहेको छ। ‘मलाई विश्वास थियो कि एक दिन बुवालाई मेरा रोजाइ र छनोटप्रति विश्वास दिलाउन सक्छु।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मेरो कर्मले बुवालाई खुसी बनाउन सक्छ भनेर,’ उनले भने, ‘अफसोच मैले मेरो कामप्रति विश्वास दिलाउन नपाउँदै बुवाले सधैंका लागि छाडेर जानुभयो।’ उनका बुवा पाकिस्तानमा राजदूत छँदा त्यही बित्नु भएको थियो। उनी त्यसबेला आफू फिल्म गोपीकृष्णको छायांकनस्थलमा रहेको स्मरण गरे।


Advertisment
Nabil box
Kumari

केही समयपहिले बितेका चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईलाई सम्झिए हमालले, ‘अस्ति केशव भट्टराईको निधनमा पनि बुवाको याद आयो। उहाँहरूको निधन मिल्दोजुल्दो थियो। भट्टराई झैं मेरा बुवाको पनि गाडीमा श्वासप्रश्वासमा समस्या आएर भएको थियो। उहाँहरूको उमेर पनि उस्तै उस्तै ५६ को।’ बुवासँग राम्रो सम्बन्ध हुन नसके पनि उनले आफ्नो सफलताको श्रेय भने बुवाआमालाई नै दिन चाहन्छन्। वर्तमानमा पनि आफ्नो क्रेज रहिरहनुमा त्यही भावनात्मक बुझाइ रहेको महसुस गर्छन्। अन्नपूर्ण पोस्टमा खबर छ ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x