×

NMB BANK
NIC ASIA

उद्योगीले मात्र होइन, सरकारले समेत ढाँट्यो उखु किसानलाई, पाएनन् भुक्तानी

फागुन ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

उखु बिक्रीको करिब डेढ अर्ब रुपैयाँ भुक्तानी नपाएपछि गत पुसमा काठमाडौं आएर आन्दोलन गरेका उखु किसानलाई रकम दिलाउन सरकारले चिनी मिललाई कागज गरायो । किसानलाई ७ माघसम्म सम्पूर्ण भुक्तानी दिलाउने बाचा गरेर जिल्ला फर्कायो । तर, म्याद नाघेको एक महिनासम्म उखु किसानले मिलबाट अझै एक अर्ब भुक्तानी पाएका छैनन् । त्यति मात्र होइन, सरकारले नै किसानलाई अनुदानबापत दिनुपर्ने १ अर्ब ३२ करोडसमेत नदिएर धोका दिएको छ ।  

Muktinath Bank

किसानलाई सरकारले उखु काट्ने बेलामा (मंसिर, पुस) मा अघिल्लो वर्षको अनुदान दिइसक्नुपर्ने हो । तर, सरकारले आर्थिक वर्ष ०७४–७५ को २ करोडसहित १ अर्ब ३२ करोड रुपैयाँ अनुदान रकम दिन बाँकी छ । चिनी उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले भने, ‘त्यसमध्ये ९२ करोड जिल्ला–जिल्लामा पुगेको जानकारी आएको छ, तर अधिकांश किसानले पाएका छैनन्, बाँकी ४१ करोड ३९ लाख रुपैयाँ त केन्द्रबाट निकासा नै भएको छैन ।’ उद्योगीले रकम दिन अटेर गरिरहँदा पनि सरकारले हस्तक्षेप नगरेको महासंघका अध्यक्ष मैनालीले दुखेसो गरे । ‘उद्योगीले बाचा गरेअनुसार भुक्तानी नगरेको र सरकारले समेत अनुदान नदिएपछि देशभरका किसान पुनः आन्दोलन गर्नुपर्ने अवस्थामा पुगेका छन्’, उनले भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 कसले कति भुक्तानी गर्न बाँकी ? 
सरकारको ४१ करोड ३९ लाख अनुदान निकासामा पनि ढिलाइ गरेको छ । सरकारले उखु किसानलाई प्रतिक्विन्टल ६५ रुपैयाँ अनुदान उपलब्ध गराउँछ । तर, गत वर्षको ४१ करोड ३९ लाख रुपैयाँ निकासा अझै गरिदिएको छैन । यो रकममा अघिल्लो आव ०७४–७५ को २ करोड रुपैयाँसमेत जोडिएको छ ।  यो अनुदान रकम उपलब्ध गराउन कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बल्ल गत आइतबार अर्थ मन्त्रालयलाई पत्राचार गरेको थियो । तर, अर्थले अहिलेसम्म निर्णय गरेको छैन । उखु किसानलाई उपलब्ध गराउनुपर्ने १ अर्ब ३३ करोड रुपैयाँमध्ये अर्थले दसैँअघि ९२ करोड रुपैयाँँ निकासा दिएको थियो ।


Advertisment
Nabil box
Kumari

‘लालपुर्जाका आधारमा अनुदान रकम उपलब्ध गराउन गत मंगलबार कृषि र उद्योग मन्त्रालयबाट निर्णय भएको छ,’ मैनालीले भने, ‘सबै किसानलाई पत्राचार पनि भएको छ । तर, सरकारले जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयमा पैसा पठाएको छैन ।’ चालू सिजनको उखु क्रसिङ सकिन लागेको छ । तर, किसानले रकम पाएका छैनन् । सर्लाहीको महालक्ष्मी सुगर मिलले किसानलाई ७ करोड रुपैयाँँ दिन बाँकी छ । केही दिनअघि मात्र ३ करोड रुपैयाँँ वितरण गरेको थियो । सो उद्योगले यसअघि ११ करोड २८ लाख रुपैयाँँ दिएको थियो ।

Vianet communication
Laxmi Bank

 सर्लाहीको अन्नपूर्ण सुगर मिलले सबैभन्दा धेरै रकम किसानलाई दिन बाँकी छ । उक्त उद्योगले ४२ करोड रुपैयाँँ दिन बाँकी छ । उद्योगीले उद्योग नै बन्द गरेर बसेका छन् । रौतहटको श्रीराम सुगर मिलले २६ करोड ७७ लाख रुपैयाँँ किसानलाई भुक्तानी गर्न बाँकी छ ।  नवलपरासीको लुम्बिनी सुगर मिल र इन्दिरा सुगर मिलले ११–११ करोड भुक्तानी गर्न बाँकी छ । सिराहाको हिमालयन सुगर मिलले २० लाख ६४ हजार र कन्चनपुरको महाकाली सुगर मिलले ६२ हजार रुपैयाँँ भुक्तानी गर्न बाँकी छ ।

 किसानको भुक्तानी गर्न दबाब दिइरहेका छाैं : मन्त्रालय 
वाणिज्य मन्त्रालयका सहसचिव ध्रुव घिमिरेले उद्योगीलाई दबाब दिएर किसानको बक्यौता तिर्न दबाब दिइरहेको जानकारी दिए । ‘किसानको पैसा नदिई उद्योगीलाई सुखै छैन,’ उनले भने, ‘बिस्तारै तिर्न थालेका छन् । हामीले पनि उद्योगीमाथि दबाब बढाइरहेका छौँ ।’ नयाँ पत्रिकामा खबर छ ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x