कात्तिक २०, २०८०
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
फागुन ५, २०७६
ललितपुरको टीकाथलीस्थित नारायण आधारभूत विद्यालयमा अध्ययनरत छात्राहरूले आफूमाथि शिक्षकले अभद्र व्यवहार गरेको भन्दै प्रधानाध्यापकलाई हस्तलिखित पत्र थमाएका छन् ।
'हामीमाथि अन्याय र आत्याचार भएको छ,' १३ वर्षभन्दा मुनिका छात्राहरूले पत्रमा लेखेका छन्, 'केटीहरूलाई ढाडमा सुम्सुम्याउने, छातिमा छुन आउने जस्ता काम गरिएको छ । नन्द सरले हामीलाई नराम्रो व्यवहार गरेकाले छानबिन गरिदिन अनुरोध गर्दछौं ।'
सामाजिक शिक्षा पढाउने 'नन्द सर'ले आफूहरूमाथि अभद्र व्यवहार गरेकाले छानबिन गरिदिन भन्दै बिहीवार उनीहरूले प्रधानाध्यापकलाई पत्र लेखेका हुन् । पत्रमा कक्षाका १९ छात्राले हस्ताक्षर गरेका छन् ।
पत्र पाएपछि विद्यालय व्यवस्थापन समितिको बैठक समेत डाकिएको थियो ।
स्रोतका अनुसार छात्रामाथि दुर्व्यवहार गर्ने शिक्षक नन्द निरौलालाई सातदोबाटो प्रहरीले पक्राउ गरेको छ, तर समाचार लेख्दासम्म स्कूल र छात्राका अविभावकतर्फबाट कुनै जाहेरी परेको छैन ।
जाहेरी नपरे पक्राउ परेका शिक्षकलाई आफन्तको जिम्मा लगाउने तयारी रहेको प्रहरी स्रोतको दाबी छ ।
'स्कूलको नाम बदनाम हुन्छ भनेर कम्प्लेन गरिएको छैन,' सोही स्कूलमा पढाउने एक शिक्षकले नाम नबताउने शर्तमा लोकान्तरसँग भने ।
महालक्ष्मी नगरपालिकाका शिक्षा शाखा प्रमुख रामबन्धु सुवेदीले औपचारिक रूपमा आफूसमक्ष यो विषय नआएको बताए ।
'अनौपचारिकरूपमा थाहा पाएको हो मैले, शिक्षक र विद्यालय व्यवस्थापन समितिकै बीचमा सहमति भएर टुंगियो होला,' सुवेदीले भने ।
तर छात्राहरूलाई अभद्र व्यवहार गर्ने शिक्षकसँग पनि सहमति हुन्छ र भन्ने प्रश्नमा उनले केही जवाफ दिएनन् ।
'उहाँहरू प्रहरीमा पनि जानुभएको होला,' उनले भने । त्यतैबाट केस समाधान भएकाले आफूसमक्ष नआएको हुनसक्ने उनको भनाइ छ ।
यसबारेमा ललितपुरका जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद बरालले पनि अनविज्ञता प्रकट गरे ।
'हामीसमक्ष कुनै औपचारिक जानकारी आएको छैन, मैले पनि तपाईंहरूले नै भनेर थाहा पाएँ,' बरालले लोकान्तरसँग भन, 'अब थप बुझेर कारवाही गरौंला ।'
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...