फागुन ३०, २०८०
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
एशियाली विकास बैंक (एडिबी) द्वारा देशका विभिन्न भागमा सञ्चालित भौतिक पूर्वाधार निर्माणका परियोजनाको समग्र प्रगति सुस्त रहेको छ। यद्यपि केही आयोजनामा अपेक्षाकृत सुधार भएको सार्वजनिक भएको छ ।
एडिबीको अनुदान र ऋण सहयोगमा सञ्चालित ३१ आयोजनामध्ये अधिकांशको प्रगति लक्ष्यअनुसार हुन नसकेको तर भुक्तानीमा भने उल्लेख्य सुधार भएको बैंकले सोमबार राजधानीमा गरेको वार्षिक समीक्षा बैठकमा सम्बद्ध पक्षले बताएका छन्।
खानेपानी आपूर्ति तथा शहरी भौतिक पूर्वाधार विस्तार, ऊर्जा र यातायात क्षेत्रमा सर्वाधिक लगानी गरेको बैंकले सन् २०१९ मा पर्याप्त प्राविधिक दक्ष जनशक्तिको अभावमा लक्ष्य पूरा गर्न नसकेको उनीहरु बताउँछन्।
कृषि, प्राकृतिक स्रोत तथा ग्रामीण विकास, शिक्षा, भूकम्पपछिको पुनःनिर्माण तथा वित्तीय क्षेत्रमा पनि लगानी रहेको बैंकले विगतका अनुभवबाट सिक्दै लक्ष्य प्राप्तिमा प्रतिबद्धताका साथ लाग्ने प्रण गरेको छ।
बैंकका देशीय निर्देशक मुख्तोर खामुदखानोभले परियोजनाको ठेक्का समयमा नै लगाउन नसक्दा लक्ष्य हासिल गर्न कठिन भएको, समयमा निर्णय नहुँदा र सम्बन्धित परियोजना तथा अन्तरमन्त्रालय समन्वयको कमीले पनि वार्षिक लक्ष्य भेट्न नसकिएको स्वीकार गरे।
परियोजना कार्यान्वयनमा विलम्ब नगर्ने, कुनै पनि समस्याको समाधान समयमै खोज्न परियोजनाका जिम्मेवार व्यक्तिबाट तत्काल प्रयास गर्नुपर्ने, कर्मचारी र परियोजना कार्यान्वयन गर्ने निकायको क्षमता अभिवृद्धिका साथै उपलब्ध परामर्शदातृ निकायलाई सक्रिय तुल्याउन उनले सुझाए।
अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले अर्थ मन्त्रालयले सहजकर्ताको भूमिका सक्रियतापूर्वक निर्वाह गर्ने तथा कुनै पनि समस्याको समाधानका निम्ति शीघ्र प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्दै निर्धारित समयमा परियोजना सम्पन्न गर्न सम्बद्ध सबैलाई इमानदारीपूर्वक कार्यसम्पादन गर्न आग्रह गरे।
उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सरकारबाट हरसम्भव सहयोग हुने आश्वासन दिँदै सार्वजनिक खरिद, वातावरणीय प्रभाव मूल्याङकनलगायत धेरै ऐनकानून संशोधन भइसकेकाले अब विगतको जस्तो पन्छिने परिपाटीबाट मुक्त हुनुपर्ने बताए।
विशाल र जटिल परियोजना हेर्ने बेग्लै एकाइ गठन, व्यवस्थापन, खरिद, इञ्जिनीयरिङ, लेखा, सुरक्षाजस्ता दीर्घकालीन प्रभाव पार्ने एकाइमा कम्तीमा तीन वर्षसम्म कर्मचारीको फेरबदल हुन नहुने, ठेक्का लगाउने र व्यवस्थापनको पनि संयन्त्र हुनसके लक्ष्य प्राप्तिमा मद्दत पुग्ने अभिमत पनि बैठकमा प्रस्तुत भएको थियो ।
समीक्षा बैठकमा गत वर्ष उत्कृष्ट कार्यसम्पादन गरेका केही परियोजनालाई सम्मान पनि गरिएको थियो। समीक्षा बैठकमा यातायात तथा सञ्चार, दक्षिण एशियाली पर्यटन पूर्वाधार विकासअन्तर्गत दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) सडक सुधार, सासेक राजमार्ग सुधार परियोजना, मानव तथा सामाजिक विकासअन्तर्गत विद्यालय क्षेत्र विकास योजना, विपत्तिबाट नष्ट नहुने विद्यालय भवन परियोजना, आपतकालीन सहयोग परियोजनामा भएका प्रगतिबारे नेपाल सरकार र बैंकका सम्बद्ध पदाधिकारीले जानकारी दिएका थिए।
त्यसैगरी मङ्गलबारको बैठकमा सासेक ऊर्जा प्रणाली विस्तार, विद्युत् प्रसारण विस्तार तथा आपूर्ति सुधार, ऊर्जा प्रसारण तथा वितरण दक्षता अभिवृद्धि, वाग्मती नदी किनार सुधार, ग्रामीण सम्पर्क सञ्जाल सुधार आयोजना, जलस्रोत, मेलम्ची खानेपानी आयोजना, काठमाडौँ उपत्यका ढल व्यवस्थापन, काठमाडौँ उपत्यका खानेपानी आपूर्ति सुधार परियोजना, क्षेत्रीय शहरी विकास आयोजनाको समीक्षा हुनेछ ।
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...