निरन्तर बढ्दै सुनको भाउ, आज कति छ मूल्य ?

नेपाली बजारमा पछिल्लो समय सुनको मूल्यमा क्रमशः वृद्धि भएको छ ।

सोमवार ७६ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन मंगलवार २ सय रुपैयाँले बढेको छ ।


Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार ।  छापावाल सुन प्रतितोला ७६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै तेजावी सुन प्रतितोला ७६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 


Advertisement

मंगलवार चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा काराबार भइरहेको छ । सोमवार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्