×

NMB BANK
NIC ASIA

भ्रमण वर्षलाई लक्षित गरी पहिलो पटक ‘पैदलयात्रा’

फागुन ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

भ्रमण वर्ष २०२० लाई लक्षित गरी पहिलोपटक पैदलयात्रा हुने भएको छ ।

Muktinath Bank

कालीगण्डकी बेँसी पाल्पाको रामपुर नगरपालिका र स्याङ्जाको चापाकोट नगरपालिकालाई जोड्ने गरी सीताकुण्डदेखि रामडाँडासम्म पैदलयात्रा हँुदैछ । ‘उइ लभ पिपुल’ नामक संस्थाको आयोजनामा रामपुर नगरपालिकाले समन्वय गरी पैदलयात्रा गर्न लागेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पर्यटनको प्रचुर सम्भावना बोकेको रामपुर चापाकोट क्षेत्रमा पर्यटकलाई पैदलयात्रामा सहभागी गराएर यहाँको पर्यटकीय, धार्मिक, ऐतिहासिक क्षेत्रको अवलोकन गराउन पैदलयात्रा कार्यक्रम आयोजना गरिएको हो । रामपुर नगरपालिकाको पर्यटकीय सीताकुण्डदेखि स्याङ्जा चापाकोट नगरपालिकाको पर्यटकीय रामडाँडासम्म पर्यटकलाई पैदलयात्रा गराउने कार्यक्रम तय भएको छ ।


Advertisment
Nabil box
Kumari

दोस्रो रामपुर पर्यटन महोत्सव २०७६ को सन्दर्भ पारेर यही फागुन २४ गतेदेखि हुने साताव्यापी पर्यटन महोत्सवका अवसरमा पैदलयात्रा कार्यक्रम सञ्चालन गरिने तयारी भइरहेको हो । 
कालीगण्डकीको वारिपारि रहेको रामपुर र चापाकोट क्षेत्र पर्यटनका हिसाबले अत्यन्तै राम्रो भूगोल रहेको हँुदा भ्रमण वर्षलाई लक्षित गरी आयोजना गरिएको पैदलयात्रा कार्यक्रमले कालीगण्डकी बेँसी क्षेत्रको पर्यटन विकासमा ठूलो टेवा पुग्ने रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बताए ।

Vianet communication
Laxmi Bank

“पैदलयात्रा गराएर आन्तरिक पर्यटकका अतिरिक्त बाह्य पर्यटक भित्र्याउने हाम्रो लक्ष्य हो, पैदलयात्रामा सहभागीलाई रामपुर र चापाकोटका हेर्न लायकका तथा लोपोन्मुख ठाउँहरू अवलोकन गराउने व्यवस्था छ, यसबाट पनि यो क्षेत्रको पर्यटन विकासमा राम्रो प्रभाव पर्नेछ”, नगरप्रमुख थापाले भने ।

पैदलयात्रामा कम्तीमा २५ पर्यटकलाई सहभागी गराइनेछ । सहभागीका लागि खाना र आवासको व्यवस्थापन नगरपालिकाले गर्नेछ । नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भलाई सफल बनाउन र रामपुर चापाकोटको पर्यटन विकासलाई माथि उकास्न रामपुर नगरपालिकासँगको सहकार्यमा पहिलोपटक पैदलयात्रा कार्यक्रम गर्न लागेको ‘उइ लभ पिपुल’ संस्थाका अध्यक्ष निर्मल शाहीले बताए ।

“यो क्षेत्रको पर्यटन विकासमा नयाँपन दिन र विशेषतः प्रदेशले दुई भागमा विभाजन गरे पनि रामपुर र चापाकोट क्षेत्रलाई पर्यटन विकाससँगसँगै अगाडि बढाउन, दुई ठाउँबीचको सम्बन्ध बढाउन यो कार्यक्रम गर्न लागेका हौँ”, उहाँले भन्नुभयो । चापाकोटको रामडाँडाबाट शुरु गरी चापाकोट क्षेत्रका विभिन्न पर्यटकीय धार्मिक क्षेत्रको अवलोकन गराउँदै रामपुरको पर्यटकीय क्षेत्र भुजात सिद्धबाबाधाम, तालपोखरा, राम्चे दृश्यावलोकन स्तम्भ हँुदै सीताकुण्डसम्म पुग्ने कार्यक्रम तय भएको छ ।

दुई वर्षअघि स्थापना भएको यस संस्थाले सामाजिक कार्यमा काम गर्दै आइरहेको छ । सामाजिक सञ्जालमार्फत गठन भएको यो संस्थामा १४ जिल्लाका युवा आबद्ध छन् । यो क्षेत्रमा नै पहिलोपटक पैदलयात्रा हुने भएपछि यहाँका स्थानीयवासी उत्साहित भएका छन् । सुशीला रेग्मी,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x