×

NMB BANK
NIC ASIA

पाँचखाल र माडी बाग्मती प्रदेशकै उत्कृष्ट नगरपालिका

फागुन ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काभ्रेको पाँचखाल र चितवनको माडी नगरपालिका बाग्मती प्रदेशभित्रकै उत्कृष्ट नगरपालिकाको रूपमा सम्मानित भएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

बाग्मती प्रदेश सरकारको दोस्रो वार्षिकोत्सवको अवसरमा प्रदेशभित्र रहेका स्थानीय तहमध्ये उत्कृष्ट घोषित गर्दै यी २ नगरपालिकालाई सम्मानित गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेशको राजधानी हेडौंडामा आयोजित कार्यक्रममा बाग्मती प्रदेशका प्रमुख विष्णु प्रसाईं, मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेललाई उत्कृष्टताको प्रमाणपत्र प्रदान गरे । 


Advertisment
Nabil box
Kumari

यसैगरी माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकाललाई पनि सो अवसरमा प्रमाणपत्र प्रदान गरियो । 

Vianet communication
Laxmi Bank

प्रदेशभित्रका स्थानीय तहमध्ये राम्रो काम गरेको भन्दै यी नगरपालिकालाई सम्मान प्रदान गरिएको मुख्यमन्त्री डोरमणि पौडेलले बताए । नागरिकलाई प्रभावकारी सेवा प्रवाह गरेको कदरसमेत गरिएको उनको भनाइ थियो ।

सम्मानित भएपछि पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले प्रदेश सरकारले उत्कृष्टका रूपमा छनोट गरेपछि भविष्यमा अझ राम्रो काम गर्न उत्प्रेरणा मिलेको बताए ।

‘यो सम्मान पाँचखालका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, विभिन्न राजनीतिक दल तथा नगरका सम्पूर्ण जनताको हो,’ खरेलले भने । 

सोही कार्यक्रममा पाँचखाल नगरपालिका वडा नं ४ निवासी चञ्चला दनुवारलाई समेत प्रदेश सरकारले सम्मान गरेको छ । 

काठमाडौंमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा रजत पदक विजेता दनुवारलाई सरकारले नगद ५० हजार सहित सम्मान सम्मान गरेको हो । 

रजत पदक विजेता दनुवारलाई पाँचखाल नगरपालिकाले पनि केही दिनमा सम्मान गर्ने जनाएको छ ।

पाँचखाल नगरपालिकाले गरेका राम्रा कामहरूबारे लोकान्तरले समाचार प्रकाशित गरेको थियो ।

पढ्नुहोस्, यो पनि :
पाँचखालका मनकारी मेयर : असहाय वृद्धको ऋण तिरिदिए, कोट फुकालेर लगाइदिए !

अमेरिकाबाट फर्केका 'अपवाद मेयर': नगरमा साढे २ अर्बको खानेपानी, काठमाडौंको विकल्प बनाउने सपना
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x