चुनावपछि पनि हनुमानजीको शरणमा आम आदमी पार्टी, हरेक महिना सुन्दरकाण्ड पाठ गराउने

हनुमानजीको आशीर्वादले दिल्ली विधानसभा चुनाव जितेको बताउने आम आदमी पार्टी (आप)का नेता अरविन्द केजरीवालले चुनाव सकिएपछि पनि हनुमानजीलाई याद गरिरहेका छन् । 

आप विधायक सौरभ भारद्वाजले हरेक महिनाको पहिलो मंगलवार दिल्लीका फरक फरक ठाउँमा सुन्दरकाण्ड पाठ गराउने जानकारी दिए । 


Advertisement

भारद्वाजले सुन्दरकाण्डका लागि निमन्त्रण पत्र छपाएका छन् । आज मंगलवार अपराह्न साढे ४ बजे प्राचीन शिव मन्दिर चिराग दिल्लीमा सुन्दरकाण्ड पाठ आयोजना गरिने भएको छ । 

राजधानी दिल्लीमा आपले तेस्रोपटक सरकार बनाएको हो । प्रचण्ड बहुमतका साथ आप सत्तामा फर्किएको हो । चुनावमा अनेकौं मुद्दा थिए तर हनुमानजीको चर्चा सबभन्दा बढी रह्यो । 


Advertisement

दिल्लीमा यसपालि आपले ७० मा ६२ सीटमा विजय हासिल गरेको छ । माघ २५ गते मतदानको दिन केजरीवालले हनुमान चालीसा पाठ गरेका थिए र त्यसअघि हनुमान मन्दिर पनि गएका थिए ।
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्