२६ जेठ २०८३, मंगलबार

नेप्सेमा झिनो अंकको सुधार

फागुन ६, २०७६
नेप्सेमा झिनो अंकको सुधार

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलवार झिनो अंकले मात्रै बढेको छ ।

सोमवार उच्च अंकले बढेको बजार आज केही सुस्ताएर झिनो अंकले मात्रै वृद्धि भएको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा १.७७ ले वृद्धि भई १ हजार ४००.०१ मा पुगेको छ । लामो समयपछि नेप्सेले १ हजार ४०० माथि पुगेको हो ।

सेन्सेटिभ परिसूचक १.०९ ले वृद्धि भई २९४.९५ मा पुगेको छ । नेप्सेमा झिनो सुधार देखिए पनि कारोबार  रकम भने २ अर्ब माथि पुगेको छ । कूल १८१ कम्पनीका ५४ लाख ६८ हजार ४८३ कित्ता शेयर २ अर्ब १२ करोड ५९ लाख ७७ हजार ३४ बराबरको कारोबार भयो ।

नेप्सेमा अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये मंगलवार ५ उपसमूहको मात्रै शेयर उकालो लाग्दा ७ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ ७.५३, व्यापार २.९५, विकास बैंक १४.५५, उत्पादन ३०.७५ र सामूहिक लगानी कोष ०.२ विन्दुले बढेको छ । होटल ३३.२६, जलविद्युत् १७.६२, वित्त ५.८५, निर्जीवन बीमा ११.१५, अन्य २.३५, लघुवित्त १३.१ र जीवन बीमा ४५.९३ ले घटेको छ । 

कारोबारका आधारमा मंगलवार एनआईसी एसिया बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको १० करोड ६५ लाख १५ हजार ६६२ रुपैयाँ बराबरको कारोबार भयो । एनएमबी बैंक ९ करोड ५९ लाख १६ हजार ७३, हिमालयन डिस्टिलरी ९ करोड १४ लाख ९३ हजार ७६२, शिवम् सिमेन्ट ७ करोड ५६ लाख ६९ हजार ४९१ रुपैयाँ, नेपाल लाइफ इन्सुरेन्स कम्पनी ६ करोड ९५ लाख ८६ हजार ६२८, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक ६ करोड ६१ लाख ७१ हजार ५७३ रुपैयाँ बराबरको कारोबार गरी शीर्ष स्थानमा रहे । 

कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक ९.८७, घलेम्दी हाइड्रो ९.५२, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक ७.१७, माउन्टेन हाइड्रो ४.३०, राष्ट्रिय बीमा कम्पनी ४.२४ र बोटलर्स नेपाल तराईका शेयरधनीले ४.१८ प्रतिशतले कमाए । लक्ष्मी लघुवित्त वित्तीय संस्था ५.६८, पाँचथर पावर कम्पनी ४.५१, सेन्ट्रल फाइनान्स ३.८४, गुह्येश्वरी मर्चेन्ट बैंक ३.६७ र नेपाल फाइनान्सका शेयरधनीले ३.६४ प्रतिशतले गुमाए । 

salt training

कमेन्ट गर्नुहोस्