२६ जेठ २०८३, मंगलबार

अत्यधिक हिँउका कारण कालापानी अवलोकन नगरी फर्कनुपर्‍यो : उपप्रम पाेखरेल

फागुन ६, २०७६
अत्यधिक हिँउका कारण कालापानी अवलोकन नगरी फर्कनुपर्‍यो : उपप्रम पाेखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा अतिक्रमित भएको नेपाली भूमि फिर्ता ल्याउने विषयमा दुई देशबीचको कूटनीतिक पहल निरन्तर अघि बढिरहेको बताएका छन्।

युद्धप्रसाद मिश्रको ३०औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले नेपालले भारत सरकारलाई औपचारिक पत्र पठाइसकेपछि कूटनीतिक पहलले गति लिएको बताए। 'राज्यको तर्फबाट विगतमा कहिल्यै पनि आफ्नो भूमिको दाबी गर्ने कार्य भएन,' उनले भने, 'वर्तमान सरकारले भारतद्वारा अतिक्रमित भूमिलाई आफ्नो दाबी गर्दै पत्र लेखी कूटनीतिक समाधान खोज्ने प्रयास गरेको छ।'
 
उनले भूमिको अभिलेख राख्ने निकायको असावधानीका कारण समस्या उत्पन्न भएको भन्दै अहिले सबै प्रमाणसहितको अभिलेख तयार भएको जानकारी दिए। 'देशको भूमि रक्षाका लागि प्रमुख प्रतिपक्षी दलसहित सबै दल एक ठाउँमा आउनुले थप बल पुगेको छ,' उनले भने, 'नेपाली भूमि फिर्ता नभएसम्म हामी निरन्तर लडिरहन्छौँ।' 

उपप्रधानमन्त्री पोखरेलले कालापानी क्षेत्रका विभिन्न ठाउँमा दश किलोमिटरको दूरीमा सशस्त्र प्रहरीको क्याम्प खडा गर्न लागिएको जानकारी दिए। उनले सो क्षेत्रमा ३०-४० किलोमिटरको दूरीमा सुरक्षा पोष्ट राखिएको बताउँदै भौगोलिक असहजताका कारण एक ठाउँबाट अर्को ठाउँमा जान निकै अप्ठ्यारो पर्ने गरेको बताए। उनले विभिन्न विषयमा अध्ययन गर्ने उद्देश्यले आफू केही दिनअघि सो क्षेत्रमा गए पनि अत्यधिक हिँउका कारण हेलिकप्टर ‘ल्याण्ड’ हुनसक्ने अवस्था नआउँदा अवलोकन नगरी फर्कनुपरेको बताए। उनले युद्धप्रसादलाई नेपालको प्रथम गणतन्त्रवादी कवि घोषणा गर्ने विषयमा आवश्यक प्रक्रिया पु¥याइ विधिसंवत् ढङ्गले सरकारसमक्ष आउन प्रतिष्ठानलाई आग्रह गरे।

पोखरेलले युद्धप्रसादको नाममा रहेको अक्षयकोषमा रकम वृद्धि गर्नमा र उनको नाममा कुनै आयोजना निर्माण गर्न सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गरे। –अर्जुन भुसाल/रासस

salt training

कमेन्ट गर्नुहोस्