सर्वोत्कृष्ट बर्ष खेलाडीलाई ग्लोबल आइएमई बैंकको नगद पुरस्कार प्रायोजन

ग्लोबल आई एम ई बैंकले नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघद्धारा आयोजित स्र्पोट्स अवार्ड २०७५ मा सर्वोकृष्ट हुने पुरुष र महिला खेलाडीलाई प्रदान गरिने नगद पुरस्कार प्रायोजन गरेको छ ।

पुरुष तर्फ सर्वोत्कृष्ट भएका प्याराग्लाईडिङ्गका विमल अधिकारी र महिला तर्फ सर्वोत्कृष्ट भएका तेकवान्डोकी निमा गुरुङ्गलाई यस बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले जनही रु १ लाखको चेक हस्तान्तरण गरेका छन् ।


Advertisement

नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले नेपाली खेलकुदको विकाश र विस्तारको लागि निरन्तर रूपमा खटि काम गर्ने संघसंस्था, व्यक्तित्वहरू लगाएत राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूको मनोबल बढाउने उद्धेश्यले विगत १३ वर्ष देखि निरन्तर स्पोर्ट्स अवार्ड प्रदान गर्दै आईरहेको छ ।

सोही कार्यलाई निरन्तरता दिदैं १४औं एन.एन.आई.पि.ए स्र्पोट्स अवार्ड यहि मिति २०७६ साल फाल्गुन ०६ गते वसन्तपुरको डवलीमा आयोजना गरिएको थियो ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्