×

NMB BANK
NIC ASIA

‘कोरोना क्वारेन्टाइन’मा तैनाथ डाक्टरको भोगाइ : घरपरिवार आत्तिए, नेपालीले धन्यवाद दिए !

फागुन ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

चीनको कोरोना प्रभावित क्षेत्रबाट १७५ जना नेपालीलाई उद्धार गरेर भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखेको छ ।

Muktinath Bank

उद्धार गरिएका नेपालीलाई घर पठाउनुअघि कोरोना संक्रमण नभएको सुनिश्चित गर्न ‘कोरोना क्वारेन्टाइन’मा राखिएको छ । क्वारेन्टाइनमा पर्याप्त सतर्कता र सुविधाको व्यवस्था गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

क्वारेन्टाइनमा नियमित स्वास्थ्य परीक्षणको व्यवस्था समेत गरिएको छ । चीनबाट उद्धार गरिएका सबै जनाको पहिलो स्वास्थ्य परीक्षणका लागि नमूना संकलन फागुन ४ गते आइतवार गरिएको थियो ।


Advertisment
Nabil box
Kumari

काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झाको अगुवाइमा १० जना विज्ञको टोलीले नमूना संकलन गरेर परीक्षण गरेको छ । परीक्षणको प्रतिबेदन भने अहिले सम्म गोप्य नै राखिएको छ । 

Vianet communication
Laxmi Bank

डा. झालाई नमूना संकलनमा डा. रंजित साह, डा. महेश अधिकारी, बिमलेश कुमार झा, स्विटी उपाध्याय, स्मृति श्रेष्ठ, त्रिभुवनप्रसाद साह, सुनी डंगोल, अविना ओझा र अर्जुन चौधरी सहितले सघाएको चिकित्सकीय टोलीका सदस्य बिमलेश झाले बताए ।

कोरोना भाइरसको संक्रमणबारे जाँच गर्न नमूना संकलन गर्नु सामान्य काम थिएन । भाइरसको संक्रमणबाट चीनमा चिकित्सककै निधन भएका खबर सार्वजनिक भइरहेका बेला नेपाली डाक्टरले साहस र हिम्मतका साथ कसरी नमूना संकलनको काम गर्न सके ?

टोलीमा सहभागी भाइरस सम्बन्धी वैज्ञानिक समेत रहेका भाइरोलोजिस्ट बिमलेशकुमार झाले लोकान्तरसँग कुराकानी गर्दै आफ्ना भोगाइ सुनाएका छन् । झासँग गरिएको कुराकानीको सम्पादित अंश उनकै शब्दमा –

उद्धार गरिएका नेपाली आउनुअघि खरिपाटीस्थित क्वारेन्टाइन कार्यालय नेपाली सेनाको पूर्ण नियन्त्रणमा थियो । कुनै पनि व्यक्तिलाई भित्र प्रवेश थिएन ।

चीनबाट विद्यार्थी आउनुअघि वातावरणीय अवस्था निरीक्षणका लागि हाम्रो टोली शुक्रवार नै त्यहाँ पुगेको थियो । नेपाली सेनाले त्यहाँ एउटा कन्ट्रोल रुम बनाएको थियो । हाम्रो टोलीले सबै बन्दोबस्ती हेर्‍यो र त्यहाँ ४ वटा ल्याब कक्ष निर्माण गर्न सेनालाई भनेको थियो ।

उद्धार गरिएका नेपाली पुगेपछि आइतवार बिहान ९ बजे हामी त्यहाँ नमूना संकलनका लागि पुग्यौं । नेपाली सेना भने कन्ट्रोल रुममा बसेको थियो । त्यसअघिसम्म सेना पनि विद्यार्थी बसेको ठाउँसम्म पुगेको थिएन । सेनाको पहुँच कन्ट्रोल रुमसम्म मात्र थियो ।

क्वारेन्टाइनमा बसिरहेका विद्यार्थी भने चिन्तित देखिएका थिए । त्यसअघिसम्म खाना वा खाजासम्म दिइएको थिएन । नमूना संकलनपछि मात्रै दिने कुरा तय गरिएको थियो ।

हाम्रो टोलीका १० जना तयार भएर गएका थियौं । सबै जनाले आफ्नो सुरक्षाका लागि पोशाक लगाएका थियौं । अन्तरिक्षमा यात्रा गर्दा लगाउने पोशाक जस्तै देखिन्छ हाम्रो पोशाक । त्यसलाई मेडिकल टर्ममा हामीले ‘पर्सनल प्रोटेक्सन इक्विपमेन्ट’ (पीपीई) भन्छौं । त्यो लगाएपछि संक्रमण हुने सम्भावना हुँदैन ।

प्रयोगशालामा पनि जोखिमपूर्ण भाइरसको परीक्षण गर्दा हामी त्यो पोशाक लगाउने गर्छौं । आर्मीको कन्ट्रोल रुममा पुगेर हामीले माइकिङ गरेर तपाईंहरूको नमूना संकलन गर्न आएका हौं, सहयोग गर्नुहोला भनेर भनेका थियौं । आत्तिनुपर्ने कुरा छैन, नमूना संकलन गरेर त्यसको परीक्षण गर्ने भनेका थियौं । तपाईंहरूको मुखको र्‍याल ‘थ्रोट स्वाब’ र नाकको र्‍याल ‘नेजल स्वाब’ लिनेछौं भनेर माइकिङ गरेर काउन्सलिङ गरेका थियौं । ४ वटा ल्याब कक्ष बनाइएको छ । सबै जना पालैपालो आ–आफ्नो नमूना दिन सहयोग गर्नुहोला भनेर भनेका थियौं ।

हाम्रो टोलीका २–२ जना सदस्यहरू ४ वटा टीममा विभाजित भयौं । १ जना भने सबै टोलीलाई सुपरीवेक्षण गर्नका लागि बस्नुभयो । सबै जनाको मुखभित्र हात समेत पसाएर थ्रोट स्वाब लियौं । आमनेसामने बस्ने मान्छे डराइरहेको अवस्थामा हामीहरू उहाँहरूको ठीक सामुन्ने मात्रै बसेनौं, उहाँहरूको मुखभित्र हात पसाएर स्वाब निकालेका थियौं ।

आफ्नै हातले नमूना झिकेर ‘भाइरल ट्रान्सपोर्ट मिडिया’ कन्टेनरमा ती नमूना राख्यौं । नमूना संकलन गरेर राख्दा पनि हामीले धेरै नै सावधानी अपनाएका थियौं । कन्टेनरमा लिक्विड र नमूना राखेका थियौं । ३ तहमा ‘ट्रिपल प्याकेजिङ लेयर’ले नमूनालाई बेरेका थियौं । ४ डिग्री सेन्टिग्रेड तापक्रममा मेन्टेन गर्नुका साथै स्वाब लिकेज नहोस् भनेर ३ तहमा बेरेका थियौं । चुहावट भएपनि त्यसै कन्टेनरभित्र रहोस् भन्ने सावधानी अपनाएका थियौं ।

हामीले जब नमूना संकलन गरेर फर्किन लाग्दा त्यहाँ उपस्थित रहेका सबै १७५ जनाले एकैपल्ट ताली बजाएर हामीलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । तपाईंहरूको हिम्मत र साहसका लागि धन्यवाद दिन चाहन्छौं र देशको लागि यसरी नै काम गर्दै रहनुस् भनेर उहाँहरूले ताली बजाएर धन्यवाद ज्ञापन दिँदै बिदाइ गर्नुभएको थियो । जोखिमपूर्ण काम भएपनि देशको लागि र नेपाली जनताको रक्षाका लागि हाम्रो टोली खट्नुपर्दा हामी सबै जना खुशी छौं ।

उहाँहरूलाई त्यहाँ एउटा कोठामा ३ वटा बेड दिइएको छ । ३/३ मिटरको दुरीमा ती बेडहरू लगाइएको छ । भित्र पनि उहाँहरू मास्क लगाउनुहुन्छ । बिहान खाजा, दिउँसो खाना र बेलुका खाजा दिने गरिएको छ । उहाँहरूलाई बाहिर आउन दिइएको छैन । न त उहाँहरूको कुनै आफन्तलाई नै भेट्न वा प्रवेश दिइएको छ । उहाँहरूलाई समय बिताउनका लागि त्यहाँ वाईफाईसहित इन्टरनेटको सुविधा, टेलिभिजन समेत प्रदान गरिएको छ । खेल्नका लागिभित्रै ब्याडमिन्टन दिइएको छ । भित्रको व्यवस्थापनबाट उहाँहरू पनि सन्तुष्ट हुनुहुन्छ ।

हाम्रो मेन्टर डा. रुणाले हामीलाई नमूना संकलनका लागि तयार पार्नुभएको थियो । देशको सवाल भएका कारण हामीले यस्तो संवेदनशील अवस्थामा कुनै पनि किसिमले आफ्नो खुट्टा कमाउनु हुँदैन भन्ने प्रतिबद्धताका साथ नमूना संकलनका लागि पुगेका थियौं । एक त भाइरस सम्बन्धी हामीले सधै नै काम गर्दै आएको तथा मेडिकल एथिक्सका साथ जागिर खाँदा लिएको शपथलाई ख्याल गर्दै हामी खुशीखुशी त्यो कामका लागि तयार भएका थियौं । 

हामीले आ–आफ्नो घरपरिवारका सदस्यलाई त्यसबारे केही पनि जानकारी दिएका थिएनौं । नमूना संकलन गरेर प्रयोगशालामा राखेर परीक्षण गरिसकेपछि मात्र आ–आफ्ना घरपरिवारलाई भनेका थियौं । धेरैजसो घरपरिवारका सदस्यहरू त्यसपछि ‘सरप्राइज’ हुँदै आत्तिएका थिए । पछि सम्झाउँदै जाँदा देशको लागि भनेर परिवारका सदस्यले स्याबासी पनि दिएका थिए । देशको लागि यस्तो काम गर्न हामी कहिल्यै पछि पर्ने छैनौं । हाम्रो सम्पूर्ण टीम त्यसको लागि पूर्ण रुपमा देशप्रति प्रतिबद्ध छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x