स्टेजमा गाउँदागाउँदै गायकको टाउकोमा लाग्यो आगो (भिडियो)

अमेरिकाको आयोवास्थित सिउक्स सिटीमा हेयरबल कभर ब्यान्डमा केआईआईएस (किस) सांगीतिक समूहको गीत डेट्रोइट रक सिटी गाइरहेका गायक बबी जेनसनको कपालमा आगो लागेको छ । 

किस समूहको गायक–गितारवादक पल स्ट्यान्लीको वस्त्र लगाएका जेनसनले आगो लागे पनि रक गीत गाइरहे । 
हेयरबल एक कभर ब्यान्ड हो जसले क्लासिक रक गीतहरू गाउने गर्छ । ब्यान्डका सदस्यहरू गीतअनुसारको लुगा परिवर्तन गरिरहेका हुन्छन् । त्यसक्रममा जेनसनले किस ब्यान्डको मेकअप गरेर डेट्रोइट रक सिटी गीत गाएका थिए । 
जेनसनको कपालमा आगो झरेपछि हुरुरु बलेको थियो । तर उनले नआत्तिइकन गाइरहे र उनका साथीले आगो निभाउने कोशिश गरे । पछि अन्य सदस्य पनि मञ्चमा गए र आगो निभाए । 


Advertisement

भिडियो सार्वजनिक भएपछि किस ब्यान्डका सदस्यले जेनसनसँग सम्पर्क गरेर हालचाल सोधेका थिए । 

जेनसनले आगो लागेको कपाल वास्तविक भएको र विग नलगाएको पनि जानकारी दिए । 
 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्