×

NMB BANK
NIC ASIA

कोका–कोला नेपालद्वारा चितवन राष्ट्रिय निकुञ्जको फोहोर व्यवस्थापनमा सहयोग

फागुन ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

चितवन राष्ट्रिय निकुञ्जलाई देशकै पहिलो प्लास्टिक मुक्त संरक्षित क्षेत्र बनाउने पहललाई निरन्तरता दिँदै बोटलर्स नेपाल (तराई) लिमिटेड (कोका–कोला कम्पनीको अधिकृत बोटलर्स) ले डब्लुडब्लुएफ नेपालको समन्वयमा चितवन राष्ट्रिय निकुञ्जलाई २५ वटा ठूला पीईटी बोतल कलेक्शन बिन सहयोग गरेको छ ।

Muktinath Bank

वन तथा वातावरण मन्त्रालयको अगुवाइमा २०१९ जनवरीमा शुरूवात गरिएको अभियान चितवन राष्ट्रिय निकुञ्जले कार्यान्वयनमा ल्याएको थियो भने नेपाल आर्मी, वल्र्ड वाइल्डलाइफ फन्ड नेपाल (डब्लुडब्लुएफ नेपाल), हिमालयन क्लाइमेट इनिसिएटिभ (एचसीआई), राष्ट्रिय प्राकृति संरक्षण कोष, स्थानिय समुदाय र पर्यटन उद्यमी लगायतले सहकार्य गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रिय निकुञ्जको विभिन्न स्थानबाट पीईटी बोतल नियमित रुपमा कोका–कोला नेपालको सस्टेनेब्लीटी पार्टनरमार्फत संकलन गरिन्छ, जहाँ रिसाइक्लर साथीले विशेषगरी नैतिक तथा कानुनी रिसाइक्लिङका लागि काम गरिरहेको छ । यो अभियान कोका–कोला नेपालको सस्टेनेब्लीटी पार्टनर क्रियशनले नेपालको फोहोर व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले अगुवाइ गरिरहेको छ ।


Advertisment
Nabil box
Kumari

कोका–कोला कम्पनीको वल्र्ड वीथआउट वेस्ट भिजन अन्तर्गत सन् २०३० सम्म विश्वव्यापी रुपमा आफ्नो प्याकेजिंगको १००% बराबर संकलन र रिसाइकल गर्ने प्रतिज्ञा गरेको छ र देशप्रतिको प्रतिबद्र्धताका रुपमा कोका–कोला नेपालले हिमालयन क्लाइमेट इनिसिएटिभ र क्रियशनसंग सहकार्य गरेर रिसाइकिलंग सुविधाका लागि काठमाडौं र भरतपुरमा दुईवटा पीईटी बोटल कलेक्शन स्थापना गरेको छ ।

Vianet communication
Laxmi Bank

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख वार्डेन नारायण रुपाखेतीले भने, ‘हाम्रो देशको गौरव र विश्व सम्पदा चितवन राष्ट्रिय निकुञ्जमा विभिन्न प्रजातिका वन्यजन्तु र चराचुरुङ्गी छन् । यो संयुक्त प्रयासले वन्यजन्तु र प्रकृति संरक्षणमा सहयोग गर्नेछ । हाम्रो उद्देश्य भनेकै देशको प्राकृतिक वासस्थानलाई यथावत राखेर एउटा उदाहरण बन्नु हो ।’

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक तथा बोटलर्स नेपाल (तराई) लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रदीप पाण्डेले भने, ‘हामी विश्वास गर्दछौं कि जिम्मेवार अभ्यासको माध्यमबाट वातावरणको राम्रो रेखदेख गर्नु सदाझै हाम्रो व्यवसाय हो । बोटलर्स नेपाल (तराई) यो अभियानको हिस्सा बन्न पाउँदा गर्व गर्दछ र हामी नेपाल सरकार र हाम्रा पार्टनरहरुलाई जारी साझेदारीका लागि आभार प्रकट गर्न चाहन्छौं । हामी विश्वस्त छौंैं कि एकसाथ काम गर्नु नै समस्या समाधान गर्ने उत्तम उपाय हो र आशा गर्दछौं कि यस्ता प्रभावकारी कार्यक्रमहरुको हिस्सा बन्न जारी रहनेछ जुन सर्कुलर अर्थ व्यवस्था दृष्टिकोणले स्वच्छ राष्ट्रका लागि योगदान पुर्‍याउँछ ।’

‘फोहोर प्रदूषणलाई रोक्ने विश्वव्यापी पहलको कार्यान्वयन गर्दै नेपालले सन् २०१९ मा चितवन राष्ट्रिय निकुञ्जलाई प्लास्टिक मुक्त क्षेत्र घोषणा गरेको थियो । अब यी पहलहरूलाई अन्य राष्ट्रिय निकुञ्जहरूसम्म पुर्‍याउने दिशामा प्रयास गर्नु पर्दछ । फोहोर व्यवस्थापनको सन्दर्भमा विशेषगरी राष्ट्रिय निकुञ्जहरूको नदीहरूमा फोहोर फाल्ने मुद्दालाई सम्बन्धित अधिकारीहरूले कारबाही गर्नुपर्‍यो,’ डब्लुडब्लुएफका तर्फबाट नेपालका प्रतिनिधि डा. घनश्याम गुरुङले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x