काेराेना भाइरसका कारण सगरमाथा संवाद प्रभावित हुँदैन : परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरसका कारण सगरमाथा संवाद प्रभावित नहुने बताएका छन्।

चीनबाट संक्रमण शुरु भएको कोरोना भाइरसबाट विश्व नै प्रभावित हुँदा अर्थतन्त्रमा नै असर परिरहेका बेला यसको बाछिटा नेपालमा पनि परेको छ।


Advertisement

जस्तो नेपालले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष थालेकोमा असर गरेको छ। त्यो बाहेक चीनबाट हुने आयातमा प्रभाव परेको छ। 

नेपालले चैत २१ र २२ गते सगरमाथा संवादको आयोजना गर्दैछ।


Advertisement

बंगलादेशको तीन दिने भ्रमण सकेर बुधबार स्वदेश फर्किएका ज्ञवालीले भने, ‘यसले सगरमाथा संवादलाई प्रभाव पार्दैन।’ 

भाइरसका कारण चीन आक्रान्त भएको र उक्त समस्या निर्मूल पार्न चिनियाँ सरकार र जनताको उच्च दक्षता र दृढताका साथको कठोर प्रयत्नको उनले सरहाना गरे  

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्