७९ वर्षमा फेरि सिंगल बने पचीनो, गर्लफ्रेन्डले दिइन् ब्रेकअप

ओस्कर विजेता नायक अल पचीनो ७९ वर्षको उमेरमा फेरि सिंगल बनेका छन्।

अंग्रेजी वेबसाइट एसशोबिजका अनुसार उनकी ४० वर्षीय गर्लफ्रेन्ड मिटेल डोहानले उमेरको कारण भन्दै ब्रेकअप दिएकी हुन्। हालै ओस्कर सेरेमनीमा पचीनोले एक्लै रेड कार्पेटमा वाक गरेका थिए। मिटेल नायिका हुन्।


Advertisement

मिटेलले ब्रेकअप भएको पुष्टि गरेकी हुन्।

लाल्शा म्यागजिनलाई अन्तर्वार्ता दिँदै मिटेलले ७९ वर्षका पचीनो आफ्ना लागि धेरै नै बुजुर्ग रहेको र यति धेरै बुढो मान्छेसँगै बस्न कठीन भएको बताएकी छन्। उनले भनेकी छन्, ‘मैले पहिले नै टाढा हुने कोसिस गरे, तर सकिन्। हामी करीब २ वर्ष रिलेशनशिपमा रह्यौँ।'


Advertisement

मिटेलले आफूहरुको झगडा हुने गरेको पनि खुलाएकी छन्।

यद्यपि मिटेलले उनको सधैँ सम्मान गर्ने बताएकी छन्। र, आफूहरु राम्रो साथी हुने विश्वास रहेको पनि उनले बताएकी छन्। 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्