×

NMB BANK
NIC ASIA

‘आर्थिक वृद्धिदर ५ प्रतिशतमा सीमित’

फागुन ८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रिय योजना आयोगले चालु आवमा लक्ष्यअनुसार आर्थिक वृद्धिदर हासिल नहुने जनाएको छ। अर्थ मन्त्रालयले बजेटको मध्यावधि समीक्षामा आर्थिक वृद्धिदर ८.५ प्रतिशत हाराहारीमा हुने अनुमान गरेको थियो।

Sagarmatha Cement
Muktinath Bank

संसद्को अर्थ समितिको बुधबारको बैठकमा आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले चालु आवमा आर्थिक वृद्धिदर उत्साहजनक नहुने बताए। आयोग केन्द्रीय तथ्यांक विभागको तालुक निकाय हो। उनले भने, ‘चालु वर्षमा ४.५ देखि ५ प्रतिशत हुन सक्छ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपाध्यक्ष कँडेलले सरकारको खर्च र राजस्वको अवस्थामा गत वर्षको तुलनामा खासै सुधार नभएको, निजी लगानी उल्लेख्य नबढेको, व्यापारको आकार घटेको अवस्थामा लक्षित वृद्धिदर हासिल नहुने बताएका हुन्।


Advertisment
Nabil box
Kumari

केन्द्रीय तथ्यांक विभागले पहिलो त्रैमासिक तथ्यांकका आधारमा चालु वर्षमा आर्थिक वृद्धिदर ४.५ प्रतिशत हुने प्रक्षेपण गरेको थियो। यद्यपि उक्त प्रक्षेपण सार्वजनिक गरिएन। ‘कमजोर पुँजीगत खर्च र राष्ट्रिय गौरवका आयोजना सम्पन्न नहुँदा बजेटमा लक्षित आर्थिक वृद्धिदर हासिल गर्न नसकिने भएको हो,’ उपाध्यक्ष कँडेलले भने, ‘पुँजीगत खर्चकै कारण समस्या हुने भयो।’ उनले जुन उद्देश्यले अर्थतन्त्रमा नीतिगत परिवर्तन गरिएको थियो, त्यसअनुसार कार्यान्वयनमा जान र निजी क्षेत्रको आत्मविश्वास जित्न नसकिएको बताए।

Vianet communication
Laxmi Bank

अर्थमन्त्री डा. खतिवडाले मध्यावधि समीक्षामा बजेटको आकार घटाउँदा पनि आर्थिक वृद्धिदर लक्ष्य आसपास हुने दोहोर्‍याउँदै आएका छन्। उनले बजेट वक्तव्यमा पनि ८.५ प्रतिशत हाराहारीमा आर्थिक वृद्धिदर हुने अनुमान गरेका थिए।केन्द्रीय तथ्यांक विभागले चालु आवको दोस्रो त्रैमासिक तथ्यांकका आधारमा आगामी महिना चालु आवको आर्थिक वृद्धिदर प्रक्षेपण गर्नेछ।

दोस्रो त्रैमासिक प्रक्षेपण भने सार्वजनिक गर्ने चलन छ। निराशाजनक अवस्था देखिएपछि पहिलो त्रैमासिक आर्थिक वृद्धिदरको प्रक्षेपण सार्वजनिक नगरिए पनि विभागले राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालयलगायतलाई यसबारे जानकारी गराइसकेको छ। सत्तारूढ नेकपाका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले केन्द्रीय तथ्यांक विभागले पहिलो त्रैमासिक आर्थिक वृद्धिको प्रक्षेपण गरे पनि तथ्यांक लुकाएको भन्दै उपाध्यक्ष कँडेलसँग जानकारी मागेका थिए। सोही क्रममा कँडेलले पहिलो त्रैमासिक प्रक्षेपणकै आधारमा उच्च आर्थिक वृद्धिदर नहुने देखिएको बताएका हुन्।

अर्थ मन्त्रालय आफैंले ल्याएको श्वेतपत्रमा उल्लेख गरेको कमजोरीमा समेत सुधार गर्न नसकेको पूर्वअर्थमन्त्री पाण्डेको आरोप थियो। उनले भने, ‘अर्थ मन्त्रालयले सुरुमा श्वेतपत्रमार्फत जुन कमजोरी औंल्याएका थिए, त्यसलाई सुधार गर्न आफैं असफल भएको छ।’

समितिका सदस्य पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुँजीगत खर्चको अवस्थालाई ‘छेपारोको कथा’ को संज्ञा दिए। उनले भने, ‘हरेक वर्ष पुँजीगत खर्च बढाउने विषयमा छलफल गर्‍यो। अन्तिममा छेपारोको घर बनाउने कथाजस्तै सेलाउँछ। त्यसैले समस्या पत्ता लगाएर समाधान गर्नुपर्छ।’

भट्टराईले योजना आयोगको भूमिका नीति निर्माणमा मात्रै सीमित भएको र योजना निर्माणमा पहलकदमी नदेखिएको बताए। उनले आगामी दिनमा योजना आयोगले सिफारिस गरेअनुसार आयोजनामा बजेट विन्यास हुने गरी अधिकार दिने र आयोजना प्रशासनमा सुधार गरी बजेट विश्वसनीय बनाउन सुझाव दिए। अन्नपूर्ण पोस्टमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x