×

NMB BANK
NIC ASIA

कोरियामा नेपाली धमाधम पक्राउ

फागुन ८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

दोलखाका कुञ्जन थापा र मोरङका दिवस राई अघिल्लो बुधबार सोलदेखि ४० किलोमिटर टाढा याङ्जुस्थित कम्पनीमा काम गर्दै थिए । खाना खाएर काममा लागेको केही समयपछि तार बनाउने उनीहरूको कम्पनीमा अध्यागमनले छापा मार्‍यो । दिवसलाई प्रहरीले पक्राउ गरेर लग्यो ।

Muktinath Bank

‘कम्पनीवरिपरि प्रहरी नै प्रहरी थिए, के भएको भन्ने थाहा भएन, दिवसलाई समाएपछि उनीहरू गए,’ कुञ्जनले भने, ‘पछि थाहा भयो अरूले जाँच दिएर भाषा पास गरी आएको आरोपमा उनलाई समातिएको रहेछ । अहिले डिटेन्सन सेन्टरमा राखेर जाँच कसले दिएको हो भनी सोधखोज गरिरहेका छन् भन्दैथ्यो । अर्को हप्ता नेपाल पठाउने रे ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केही समयदेखि अरूले परीक्षा दिएर पास गरी कोरिया आएका र नक्कली परीक्षार्थी बनेर परीक्षा दिने गरेका नेपालीलाई कोरियाली प्रहरीले पक्राउ गर्दै नेपाल पठाउन थालेको छ । ‘कति नेपाली नियन्त्रणमा परेका छन् भन्ने यकिन संख्या थाहा नभए पनि ५० जनाभन्दा बढी नेपाली अहिले नियन्त्रणमा छन्,’ प्रवासी श्रमिक युनियनका अध्यक्ष उदय राईले भने, ‘सबै ठाउँमा अहिले छापा मारेका छन्,’ उनले भने, ‘विभिन्न ठाउँबाट फोन गरेर केही सहयोग हुन्छ कि भन्छन् । यस्तो केसमा हामीले केही गर्न सक्दैनौं ।’


Advertisment
Nabil box
Kumari

नेपाली दूतावासका द्वितीय सचिव उद्धव न्यौपानेले केही नेपालीलाई फिर्ता पठाएको जानकारी कोरियाली अध्यगमन विभागले दिएको बताए । ‘हामीलाई कोरियाली भाषामा अरूका नाममा परीक्षा दिने र अरूले नै परीक्षा दिएर पास भएर आउने चार जनालाई फिर्ता गरेको भन्ने जानकारी आएको छ ।’

Vianet communication
Laxmi Bank

फोटो र हस्ताक्षरका आधारमा पक्राउ
कोरियाली भाषा परीक्षाको प्रवेशपत्रको फोटो र कोरिया प्रवेश गरेर एलियन कार्ड (परिचयपत्र) बनाउने बेला अध्यागमनले खिचेको फोटोका आधारमा धेरै नेपालीलाई पक्राउ गरेको गैरआवासीय नेपाली संघ दक्षिण कोरियाकी निवर्तमान अध्यक्ष लक्ष्मी गुरुङले बताइन् । ‘मैले केही भाइहरूको अध्यागमनमा भाषा अनुवादकका रूपमा काम गरेकी थिएँ, त्यहाँ बुझ्दा फोटोका आधारमा शंका लागेर पक्राउ गरेका रहेछन्,’ उनले भनिन्, ‘जाँचदिने समयको फोटोसँग अहिलेको फोटो फरक पर्दा पक्राउ परेका छन् ।’

अनुहार मिल्ने साथीलाई भाषा परीक्षा लेख्न लगाई कोरिया आएको भन्ने सूचनाका आधारमा एक जनालाई पक्राउ गरिएपछि अध्यागमनले कोरियाभरि यस्ता नेपालीको खोजी बढाएको थियो । पक्राउ परेर फिर्ता हुनेमा कोरिया
आएको तीन महिना भएदेखि साढे तीन वर्ष बसेकासम्म छन् । वइजम्बुमा एक जना कोरियाली भाषा परीक्षा दिँदा र अहिले प्रयोग गरेको हस्ताक्षर नमिलेका कारण पक्राउ परेका छन् । सोही क्षेत्रमा भाषा अनुवादकको काम गर्दै आएका मुक्त गुरुङले पक्राउ गर्नुअघि प्रहरीले विभिन्न तरिकाले शंकास्पद व्यक्तिहरूको पहिचान गर्ने गरेको बताए । ‘मैले चिनेको भाइलाई हस्ताक्षर नमिलेका आधारमा पक्राउ गरी केरकार गरेका रहेछन्, पछि उनले अरूलाई जाँच दिन लगाएको स्वीकार गरेपछि नेपाल फर्काइएछ ।’

रामेछापका सुमन बस्नेत दुई महिनादेखि इन्छनमा अध्यागमनको नियन्त्रणमा छन् । कोरियाली भाषा राम्रो भएको एक जना साथीलाई मात्र सहयोग गरेको उनले स्विकारेका छन् । अध्यागमन विभागले उनले पैसा लिएर धेरैको परीक्षा दिएको हुन सक्ने भन्दै अनुसन्धान गरिरहेको छ । बस्नेतसँगै कम्पनीमा काम गरेका सरोज केसीले दुई पटक अध्यागमनमै गएर उनलाई भेटे । ‘मैले भेट्दा अनुसन्धान हुँदै छ भन्छन्, अध्यागमनले पनि त्यही भनेको भनेकै छ रे,’ केसीले भने, ‘कहिले अदालतमा जान्छ ? कहिले फैसला हुन्छ ? केही थाहा भएको छैन ।’ कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x