२६ जेठ २०८३, मंगलबार

विमानस्थलमा सारी लगाएर खटिए 'पर्यटन परी'

विमानस्थलमा सारी लगाएर खटिए 'पर्यटन परी'

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा 'पर्यटन परी'ले सेवा दिने भएका छन् । 

बिहीवार एक कार्यक्रम आयोजना गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुईवटा रोबोट जडान गरेको हो । ती रोबोटकाे नाम पर्यटन परी राखिएको छ ।

सारी लगाएर राखिएका ती रोबोटलाई पर्यटनमन्त्री योगेश कुमार भट्टराईले उद्घाटन गरेका छन् ।

पर्यटन परी नाम दिइएको उक्त रोवोटहरु  विमानस्थलको आगमन र प्रस्थान कक्ष गरी दुई स्थानमा रहने छन् । 

उक्त रोवोटहरूले नेपाली अङ्ग्रेजी र चिनियाँ भाषामा सम्वाद गर्ने र पर्यटकलाई नेपालका पर्यटन गन्तव्य भिसा प्रकृया र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संरचना लगायतका पक्षका विषयमा जानकारी गराउने बताइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्