डिशहोम लक्की ड्र विजेता घोषणा

डिशहोमले ‘डिशहोममा डिलर दाईको डिस्काउन्ट’ योजना अन्तर्गत २०७६ माघ २७ गतेदेखि फागुन १ गतेसम्म ‘फन्ड ट्रान्सफर’बाट वार्षिक रिचार्ज गर्ने ग्राहकलाई समावेश गरेर लाइभ लक्की ड्र सम्पन्न गरेको छ ।

योजना अनुसार फागुन २ गते शुक्रवार साँझ ५ बजे डिशहोमको स–केश च्यानल नम्बर १०० बाट लाइभ लक्की ड्र प्रसारण गरिएको थियो ।


Advertisement

पहिलो लाइभ लक्की ड्रबाट विजयी भएका डिशहोमको सेटअप बक्सको क्यासिड नम्बर ०२५१९१०७४८४ का नवलपरासीको कावासोतीका सुदिप मरासिनी र नम्बर ०२५१९११०६५० की पोखराको कास्कीकी बिनिता गुरुङलाई प्रतिव्यक्ति १ लाख रुपैयाँ नगद उपहार प्रदान गरिनेछ । बिजेतालाई डिशहोमले धेरैधेरै बधाई दिएको छ ।

आगामी लाइभ लक्की ड्र २०७६ फागुन ९ गते शुक्रवार सोही च्यानलबाट सोही समयमा प्रसारण गरिने जानकारी गराइएको छ । फागुन २ गते शुक्रवारदेखि ८ गते बिहीवारसम्म फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकलाई ९ गतेको लाइभ लक्की ड्रमा समावेश गरिने जनाइएको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्